All Posts By कोशी प्रेस

    Showing ५,३८१-५,३९० of १३,५७३ items.
  • ताप्लेजुङको फुङलिङमा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख रुपियाँको क्षति

    इटहरी।  ताप्लेजुङको फुङलिङमा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख रुपियाँको क्षति भएको छ । फुङलिङ नगरपालिका २ स्थित  पुरानो जिल्ला प्रशासन कार्यालयको माथिल्लो भेगमा सञ्चालित ताप्लेजुङ बाइकर्स जोनमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । स्थानीय गोमादेवी गुरुङको घरमा आशिषहाङ पालुङ्वाले सञ्चालन गर्नु भएको वर्कसपमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीका कारण वर्कसपमा मोटरसाइकल मर्मतका लागि राखिएका आवश्यक उपकरणहरू, पुरानो बाईक तथा पाट्र्सहरु

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • २४७ पटक पढिएको
  • पुवाखोलामा बेलिब्रिज जडान, मन्त्री दाहालद्वारा उद्घाटन

    इटहरी ।  केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ४५३ पटक पढिएको
  • अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम

    भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ८७२ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकामा तीज विशेष छलफल कार्यक्रम सम्पन्न

    भोजपुर । अरुण गाउँपालिकामा महिलाहरुको महान् पर्व तीजलाई लक्षित गरी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाबाट हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएकोमा यस वर्ष पनि तीजलाई भव्य र सभ्य बनाउन योजना सार्वजनिक गरिएको हो ।गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जितमान जिमीले तीज केवल नाच–गान मात्र नभई मौलिक संस्कृति झल्काउने बौद्धिक कार्यक्रमका रुपमा मनाउनुपर्ने बताएका छन् । उनले भड्किलो, अश्लील र समाजलाई नकारात्मक असर पर्ने खालका गतिविधि नगरी मौलिक संस्कृतिलाई जोगाउँदै उत्सव मनाउन आग्रह गरे ।भेलामा विभिन्न प्रस्ताव तथा निर्णयसमेत पारित भएका छन् । प्रस्ताव अनुसार २०८२ साल भाद्र ६ गत

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ५०८ पटक पढिएको
  • पिङ खेल्दाखेल्दै डोरीमा अल्झिएर बालिकाको मृत्यु

    इटहरी । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–८, पधेरीमा पिङ खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । मेखबहादुर राईकी तीन वर्षीया छोरी मेरिका राई पिङ खेल्ने क्रममा डोरीमा अल्झिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • २८१ पटक पढिएको
  • इटहरी–२ मा पाठेघर मुखको क्यान्सर परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिए

    इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ को सहकार्यमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिएका छन् । वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संगीत सामुदायिक भवनमा आयोजित उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गरेको थियो । कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको हो । संस्थाका अध्यक्ष विकास भण्डारीले महिलालाई समयमै स्वास्थ्य परीक्षण गरेर रोगको जोखिम कम गर्न कार्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ४७९ पटक पढिएको
  • मोरङको कटहरीमा झगडामा धारिलो हतियार प्रहार, एक युवक घाइते

    इटहरी । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति भएको झगडामा १ जना युवक घाइते भएका छन् । कटहरी–४ का २७ वर्षीय शेख आजममाथि धारिलो हतियार प्रहार हुँदा घाँटीमा चोट लागेर उनी घाइते भएका हुन् । घाइते आजमलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको भए पनि त्यहाँ सम्भव नभएपछि विराट नर्सिङ होममा रेफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । प्रहरीका अनुसार कटहरी–३ का २० वर्षीय विभीषण सहनी र आजमबीच विवाद भएपछि घटनाको सुरुआत भएको हो । आजम करिब ८–१० जना युवासहित सहनीसँग झगडा गर्न पुगेपछि सहनी पक्षका मानिसहरू भेला भएर प्रतिका

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३३६ पटक पढिएको
  • उराँव समुदायको करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रमको तयारी

    इटहरी । सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ । सुनसरीमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा भदौ २२ गते पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा उराँवहरूले जातीय पहिरनमा  र्‍यालीसहित नगर परिक्रमा गर्ने, प्रतिष्ठानको कार्यालय इनरुवा २ करम टोंकामा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको जनाएको छ । उराँवको महान् पर्वको बारेमा जानकारी दिन, मौलिक कला तथा भाषाको संरक्षण गर्ने र उराँव मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने प्रतिष्ठानक

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३८४ पटक पढिएको
  • भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

    इटहरी । पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउछन् । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३८८ पटक पढिएको
  • दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

    इटहरी ।  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा उ

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]