All Posts By कोशी प्रेस

    Showing ५,३६१-५,३७० of १३,५७४ items.
  • भद्रपुर राजस्व कार्यालयले पहिलो महिनामा रु ३० करोड सङ्कलन

    इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत रु १४ करोड ४५ हजार र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो । गत आव २०८१र८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • २५८ पटक पढिएको
  • विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन

    इटहरी । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।नाटकको नेपाली रूपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो ।  नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मू, पुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रिष्मा लिम्बू र प्रसुना

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३६९ पटक पढिएको
  • ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र धान रोपाइँ

    इटहरी । ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो । यहाँ जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा सबै ठाउँमा रोपाइँ हुन सकेन । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा कुल ७९.७८ प्रतिशत मात्र रोपाइँ भएको छ । धान खेती लगाउने समय सकिएकाले जिल्लामा यस वर्षको रोपाइँ पनि करिब सकिएको ज्ञान केन्द्रले जनाएको छ । भदौयता रोपिएको धान नफल्ने हुँदा जिल्लाका किसानले साउनभर मात्र रोपाइँ गर्ने गर्छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अन

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३०४ पटक पढिएको
  • संखुुवासभामा लामखुट्टे नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सुरू

    इटहरी । डेंगुको बढ्दो जोखिमलाई रोकथाम गर्न संखुुवासभामा लामखुट्टे नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सुरू गरिएको छ । “घरभित्र वा वरिपरि जमेको पानी हटाऔँ, लामखुट्टेको लार्भा नष्ट गरौँ” भन्ने नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय संखुुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त पहलमा सञ्चालन गरिएको अभियानअन्तर्गत टायर, फूलदान, पानी ट्याङ्की, फोहरमैला, कुचो राख्ने ठाउँ, झाडी वा खुला भाँडामा जमेको पानी हटाइयो । सम्भावित प्रजननस्थलमा भेटिएका अण्डा र लार्भा नष्ट गरिनुका साथै स्थानीयलाई नियमित सरसफाइ गर्न आग्रह गरिएको थियो । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्य

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • १८३ पटक पढिएको
  • पाथीभरामा १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु

    इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् । अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ । यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो । भेटी गणनाका लागि ८ जना

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३१९ पटक पढिएको
  • बेलका नगरपालिकामा तिज विशेष कार्यक्रम सम्पन्न

    उदयपुर । बेलका नगरपालिकाको आयोजना तथा सक्रिय सहभागितामा तिज विशेष शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भएका आमादिदीबहिनी, महिला समूह, समुदायका प्रतिनिधि तथा नगरवासीहरूको उपस्थिति उल्लेखनीय थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले तिज पर्व केवल रमाइलोका लागि नाचगानमा मात्र सीमित नराखी यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई त्रिकोणात्मक दृष्टिकोणबाट लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वर्षभरि घरेलु तथा सामाजिक जिम्मेवारीले व्यस्त रहने महिलाहरूका लागि तिज पर्व आत्मीयता बाँड्ने, खुसी साट्ने र सन्देश प्रवाह गर्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३७३ पटक पढिएको
  • धरानमा ‘तीज स्पेशल–२०८२’ सम्पन्न, अग्रणी महिलाहरूलाई सम्मान

    धरान / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटी धरानले सोमबार लुलु होटलमा ‘तीज स्पेशल–२०८२’ कार्यक्रम सम्पन्न गरेको छ।सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ प्रमुख अतिथि तथा पूर्व प्रदेश सभा सदस्य साबित्री जोशी विशिष्ट अतिथि रहनुभएको थियो।कार्यक्रममा पूर्व अध्यक्ष नरमाया तामाङ, उद्यमी पूर्णकला मास्के, कलाकार अम्बिका दवाडी, समाजसेवी शीला बज्राचार्य, धार्मिक अभियान्ता दुर्गा काफ्ले र शिक्षासेवी कोपिला भट्टराई लगायतलाई सम्मान गरिएको थियो।समाजमा विभिन्न क्षेत्रमा रहेका महिलाहरूलाई सम्मान गर्दै उनीहरूको पेशा व्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • १,१५८ पटक पढिएको
  • अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

    भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री प्रमुख अतिथिको उपस्थितिमा भवन उद्घाटन गरिएको हो ।उद्घाटनसँगै स्वास्थ्य चौकीले सेवा सुचारु गरेको छ । कार्यक्रममा अरुण गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पालिका वासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका स्थानीय नागरिकको आवश

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ४५९ पटक पढिएको
  • अखिल नेपाल महिला संघ ९ नम्बर वडा समिति इटहरीद्वारा हरितालिका तिजको शुभकामना कार्यक्रम

    इटहरी | अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिद्वारा इटहरी हरितालिका तिज पर्वको शुभकामना कार्यक्रम गरेको छ ।अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिकी  अध्यक्ष तिलमाया तामाङको अध्यक्षता तथा अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी अध्यक्ष बिना खनालको प्रमुख अतिथिमा  तिज विशेष कार्यक्रम गरिएको थियो ।कार्यक्रमको विशेष आकर्षणको रूपमा लोकप्रिय गायिका अन्जु गौतमले प्रस्तुत गरेका साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीत र रमाइ गरेका थिए।प्रमुख अतिथि खनालले तीज केवल नाचगान र रमाइलोको पर्व

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ५८६ पटक पढिएको
  • सुष्मा गोदावरी कलेजमा ‘मिस्टर एण्ड मिस सुष्मा’ अडिसन सम्पन्न

    इटहरी । सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको मिस्टर एण्ड मिस सुष्मा कार्यक्रममा पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनमा ५० जना महिला र २० जना पुरुष विद्यार्थीहरूले सहभागिता जनाएका छन्।कार्यक्रमको ग्रान्ड फिनाले कलेजको स्वागत समारोहकै दिन हुने भएको छ। यसअन्तर्गत विभिन्न प्रतियोगितामार्फत विद्यार्थीहरूलाई छनोट गरिँदै अगाडि बढाइने कलेजले जनाएको छ।ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले सहभागी विद्यार्थीहरूलाई सम्पूर्ण खर्च कलेजले बेहोर्ने जानकारी दिनुभयो। साथै, विशेष तालिममार्फत विद्यार्थीहरूलाई अझ तयार पार्ने योजना रहेको उहाँको भनाइ छ।कलेजका बीबीएस कोअर्डिने

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ९११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]