इटहरी । मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगितामा कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ । दोश्रोमा बिष्णु पाञ्चायन भजन समूह,तृतीय पाथिभरा भजन समुह र लालीगुराँस भजन समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी संयोजक निर्मला फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद, सहित प्रशंसापत्र वितरण गरिएको संयोजक फुयालले बताउनुभयो । कार्यक्रमम
इटहरी । बराह किर्तन टोली, इटहरी–९ ले तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको यस किर्तन टोलीको अध्यक्षता जेष्ठ नागरिक यशोदा देवी रेग्मीले गर्नुभएको थियो । उहाँले तीजलाई भड्किलो खर्च र देखावटीपनमा सीमित नगरी, धार्मिक र सामाजिक भावना सहित सरल तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा किर्तन टोलीका सदस्यहरूले बालगीत, भजन तथा तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सहभागी महिलाहरूले परम्परागत पोशाकमा सजिएर गीत, नृत्य र उल्लासपूर्वक तीजको रमाइलो गरेका थिए । समुदायका विभिन्न व्यक्तित्वहरूले तीज पर्वलाई खर्चिलो प्रतिस्पर्धा भन्दा आ
इटहरी । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कोसीका अध्य
इटहरी । सुनसरीबाट प्रहरीले गुडिया भित्र लुकाइएको ठूलो परिमाणमा गाँजा बरामद गरी एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२ भदौ ५ गते साँझ करिब ६ः३० बजे कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ यात्रुवाहक बस रोकी जाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला परेको थियो। ती डलहरू खोलेर जाँच गर्दा १०।९४ किलोग्राम (दश किलोग्राम नौ सय चालिस ग्राम) तौल भएको गाँजा जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ। सोही बसमा सवार धनकुटा जिल्ला, सहिद भूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्र
इटहरी । जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं। १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेक
इटहरी । बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो । बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा।सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् । बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग
इटहरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिनुभयो । पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्
इटहरी । खोटाङ जिल्लास्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट बिहीबार उहाँहरूलाई सम्मान गरिएको हो ।‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्क
इटहरी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रूपमा विरोध जनाउँदै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।एपेन, हिसान, प्याब्सन र एन–प्याब्सनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै “नाफारहित संस्था” भन्ने शब्द हटाउन, विद्यालयलाई आवश्यक सामग्री आपूर्ति गर्ने अधिकार जोगाउन, शुल्क निर्धारण गर्ने अधिकार विद्यालयकै जिम्मामा राख्नुपर्ने लगायतका मागहरू अघि सारेका छन्।संयुक्त विज्ञप्तिमा भनिएको छ, “विधेयक यथावत पारित भएमा शिक्षा नीतिमा गम्भीर असर पर्नुका साथै निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पर्ने भएकाले आन्
इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। चालु नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा जिल्ला प्रशासन कार्यालयले उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन महिनामा कुल दुई हजार ८४१ जना सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरिएको छ। सबैभन्दा बढी एक हजार ११८ जना सेवाग्राहीलाई राष्ट्रिय परिचपयपत्र विवरण दर्तासम्बन्धी सेवा प्रवाह गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो। यस्तै साउन महिनामा ५८५ जनालाई ना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.