इटहरी । सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्करडिएमजी) का अनुसार भूकम्पको धक्का जिल्लाको विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
इटहरी । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो । ३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक
इटहरी । ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित भएका छन् । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेको र नयाँ अलैँचीले आकर्षक मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४) किलोग्राम ८८ हजार रुपियाँमा कारोबार हुन थालेको छ । गत वर्षभन्दा यसवर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका हुन् । अलैँचीको नयाँ उत्पादनले सुरुमै मनको ८८ हजार रुपियाँमा कारोबार हुनु आकर्षक मूल्य भएको अलैँची व्यवसायी सङ्घले जनाएको छ । गत वर्ष नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा क
इटहरी | हरितालिका तीजको अवसर पारेर महिला सशक्तिकरण समूह इटहरीले मंगलबार एक विशेष दर खाने कार्यक्रम आयोजना गरेको छ।समूहकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरूको सांस्कृतिक पर्व तीजलाई सामाजिक सद्भाव र सशक्तीकरणको अभियानमा जोड्ने विषयलाई विशेष महत्व दिइएको थियो।अध्यक्ष घिमिरेले संस्थाले निरन्तर रूपमा समाजमा महिलाको पहिचान र अग्रसरतालाई प्रोत्साहित गर्दै आएको बताइन्। सोही अवसरमा प्रमुख अतिथि चौधरीले तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै
इटहरी | किरात राई यायोक्खा वडा कार्य समिति, इटहरी–१९ र २० ले धरानका नगरप्रमुख हर्क साम्पाङ्ले सञ्चालन गरिरहेको श्रम अभियानलाई जनता सम्म पुर्याउन इटहरीमा अभियान सुरु गरेको छ ।धर्म संस्कार सस्कृती, हाम्रो पहिचान भन्ने मुल नाराका साथ, शुक्रबार तरहरा स्थित किरात राई यायोक्खाको भवनमा इन्दिरा राईको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको होे । नगर प्रमुख राईले इटहरीमा आएर वृक्षारोपण गर्दै अभियानको विधिवत् सुरुवात गर्नुभयो । उहाँलाई सम्मान समेत गरिएको थियो । नगरप्रमुख साम्पाङ्ले सञ्चालन गरिरहेको अभियान देशभर फैलाएर श्रमद
इटहरी । तीज तथा जितिया पर्वको अवसरमा पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिले अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले योग भवन निर्माणका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरिने जानकारी दिनुभयो । पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएको कार्यक्रममा मेयर पौडेलले स्वास्थ्य प्रति सचेत समाज निर्माणका लागि योग अभ्यास अत्यावश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यस अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले बुबाको मुख हेर्ने दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उपस्थित अभिभावकहरूलाई टोपी लगाएर सम्मान गरेको छ । शुक्रबार विद्यालयको नवनिर्मित सभाहलमा कार्यक्रमका बीच छात्र छात्राहरूले आ–आफ्ना बुबाहरूलाई टोपी लाइदिएर सम्मान प्रकट गरेका हुन् । वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख अतिथ्यता तथा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना बुबाहरूलाई बुबाको मुख हेर्ने दिवसको सम्झना गर्दै त्यस्तो
इटहरी । मोरङको उर्लाबारीमा “सामाजिक सेवा, सुमधुर सम्बन्ध हाम्रो दायित्व” भन्ने नाराका साथ सामाजिक सञ्जाल टिकटक ग्रुप मित्रताको बन्धन मोरङले उर्लाबारीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ऋषिकेश नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा टिकटकर सिर्जना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि पूर्व जनप्रतिनिधि तथा समाजसेवी शैलेन्द्र श्रेष्ठ, झापाली टिकटकर सपु क्षेत्री लगायत कोशी प्रदेशका विभिन्न स्थानबाट करिब दुई सय जना सहभागी भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, गीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
इटहरी । मोरङको सुन्दरहरैचा–१० मा रहेको हिमालय इङ्गलिस स्कुलले हरितालिका तीजको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ । स्कुलको प्रांगणमा अभिभावक र विद्यार्थीलाई तीजको दर खुवाउँदै मनोरंजन सहित तीज कार्यक्रम मनाईएको हो । विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीलाई संस्कार र संस्कृति सम्बन्धी जानकारी दिने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। खनालले स्कुललाई अन्य विद्यालयभन्दा फरक किसिमले सञ्चालन गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसँगै छुट्टै नमूना विद्यालयको रूपमा अघि बढाएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका
इटहरी । मोरङको पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको हलमा शब्द थिएटरको आयोजनामा “चरणदास चोर“ नामक नाटक भव्यताका साथ मञ्चन भइरहेको छ । गत साउन ३१ गतेदेखि मञ्चन भइरहेको उक्त नाटकमा मोफसलमा रहेर पनि कलाकारहरूले जिवन्त अभिनय गरिरहेको दर्शक तथा श्रोताहरूले बताएका छन् । यस अघि विसं २०७८ मा “अनि देउराली रून्छ“ नामक नाटक मञ्चन गरिसकेको यस शब्द थिएटरले यसपटक पनि आसपासका कला, साहित्य र नाटय प्रेमी दर्शक श्रोताहरूलाई उत्कृष्ट प्रदर्शनका साथै मञ्चन भइरहेको निर्देशक जीवन बरालले जानकारी दिनुभयो । आगामी भदौ १३ गते सम्म मञ्चन हुने उक्त नाटकमा एउटा चोरको ईमान्दार
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.