All Posts By कोशी प्रेस

    Showing ५,३११-५,३२० of १३,५७३ items.
  • पाथीभरा क्षेत्र विकास समितिको ३६ लाखभन्दा बढी बेरुजु बाँकी

    इटहरी । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फर्स्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो । समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१(०७२ देखि आर्थिक वर्ष २०८०(०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्स्योट  हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकम फर्स्योट भएका छन् । हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फर्स्योट  भएको समितिले जनाएक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २९३ पटक पढिएको
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो

    इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलव ५० अङ्कसहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो । नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ।व। २०८०र०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, सङ्गठ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २९७ पटक पढिएको
  • लेखर्कका सुत्केरीलाई पोषण सामग्री वितरण

    इटहरी । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २३४ पटक पढिएको
  • खोटाङको साकेला गाउँपालिकामा जनश्रमदान अभियान

    इटहरी । साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् । अध्यक्ष राईले  स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १९० पटक पढिएको
  • भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना

    इटहरी । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्राकारले बताउनुभयो । सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २७१ पटक पढिएको
  • अरुण गाउँपालिका ‘लिजा’ मूल्याङ्कनमा जिल्लामा दोस्रो

    इटहरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत स्व–मूल्याङ्कन (लिजा) अनुसार भोजपुरको अरुण गाउँपालिका जिल्लामा दोस्रो स्थानमा परेको छ । मन्त्रालयको गुणस्तर मूल्याङ्कनमा अरुण गाउँपालिकाले ७९ दशमलव ५० अंक ल्याएर दोस्रो स्थान हासिल गरेको हो । जिल्लामा रामप्रसादराई गाउँपालिका ८२ अंकसहित पहिलो स्थानमा रहँदा, पौवादुङमा गाउँपालिका ७९ दशमलव २५ अंकका साथ तेस्रो स्थानमा परेको छ । गाउँपालिकाको संस्थागत क्षमता मूल्याङ्कन गर्दा स्थानीय तहको वार्षिक बजेट तथा योजना तर्जुमा, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २९५ पटक पढिएको
  • वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

    इटहरी । नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको) कारबाही गर्न माग गरेको हो।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष सेन्दाङमाथि शनिबार साँझ सदरमुकाम फुङ्लिङ बजारमा सामूहिक आक्रमण भएको थियो। मरणासन्न हुनेगरी सेन्दाङमाथि गुण्डागर्दी शैलीमा साङ्घातिक आक्रमण भएको भन्दै एमाले ताप्लेजुङले आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ। एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २६८ पटक पढिएको
  • लक्ष्मी डान्स स्टुडियोद्वारा तीज डान्सिङ प्रतियोगिता सम्पन्न

    इटहरी । लक्ष्मी डान्स स्टुडियोको आयोजनामा तीज डान्सिङ स्टार सिजन–४ तथा किड्स डान्सिङ स्टार सिजन–२ को प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा गरिएको उक्त प्रतियोगितामा ३० जना महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए ।तीज डान्सिङ स्टार सिजन–४ मा विजेता स्वागत डान्स एकेडेमी (केर्खा), साइनिङ्ग स्टार एकेडेमी इटहरी दोस्रो , ह्याङ्गला डान्स स्टुडियो आपगाछी तेस्रो र द डान्स गार्डेन धरान चौथो बनेका छन् । त्यस्तै ,किड्स डान्सिङ स्टार सिजन–२ मा विजेता गुञ्जन लिम्बु , सिमरन मगर दोस्रो , कृतिका खड्का तेस्रो र सुहारिका कार्की चौथो बनेका छन् । विजेताहरूलाई प्रमाणपत्र र

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ७२० पटक पढिएको
  • नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम

    इटहरी । नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम नेपाल विद्यार्थी संघ, छात्रा विभागकी अध्यक्ष सुप्रिया पुरीको अध्यक्षता तथा नेपाल महिला संघ की केन्द्रीय सदस्य गिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तीजका गीतमा आधारित सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो।अध्यक्ष पुरीले परम्परागत रीतिरिवाजलाई जोगाउँदै महिलाहरूको तीज पर्वलाई संरक्षण गर्न संघले क्याम्पसमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताइन्। प्रमुख अतिथि श्रेष्ठले तीज केवल मनोरञ्ज

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५८३ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय मोरङ सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ बेलबारीमा सम्पन्न

    मोरङ / जिल्ला प्रशासन कार्यालय मोरङले बेलबारी नगरपालिकाको समन्वयमा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले दिने सेवा प्रवाहका विभिन्न विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थितले गरेका सवाल जवाफमा सिडिओ, सहायक सिडिओ जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधि स्थानीय जनता कर्मचारी जनप्रतिनिधि हरूले जिल्ला प्रशासन कार्यालय बाट लिने सेवाहरू मध्ये नागरिकता मा भएका विभिन्न समस्याहरू समाधानका उपायहरूको बारेमा प्रश्न उत

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ४४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]