इटहरी । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग
धरान । शिल्पी स्मार्ट नेपाल धरानको आयोजनामा भएको मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा शिल्पी स्मार्ट नेपालकी अध्यक्ष मिना गजमेरको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।प्रतियोगितामा करिब २५० जना महिलाहरू सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति गर्ने प्रतिस्पर्धीमध्ये शान्ति राई सेकेन्ड रनरअप, लुना कपाली फस्ट रनरअप, मनिषा विश्वकर्मा विजेता तथा सुस्मिता विश्वकर्मा पब्लिक च्वाइस अवार्ड विजेता घोषित भए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । निर्णायक मण्डलले प
इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथ अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा र ओमप्रकाश मास्के, सचिवमा उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै १६ भन्दा बढी सदस्यसहितको कार्यसमिति गठन गरी संघलाई सुदृढ बनाउने संकल्प गरिएको छ ।कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाले
इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिर सम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ । सबडिभिजन वन कार्यालय देखि मन्दिर सम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ । निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ । यस सडक निर्माणका लागि ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो । श्रेष्ठ कन्सट्रक्सन, रामधुनी–६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सनले सम्पन्न गरेको छ
इटहरी । सुन्दरहरैचा मोरङमा जीवन विज्ञान सुन्दरहरैचा–४ को आयोजनामा तीज विशेष तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैचा–४ मा रहेको नेवा सामुदायिक भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता बिमला श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा प्रशिक्षक गणेश ढकाल, सन्तोष ढकाल, शालिग्राम कट्वाल, समाजसेवी नारायण श्रेष्ठ, मेनुका दाहाल सहित स्था नीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र श्रेष्ठले तीज पर्व केवल म
इटहरी । चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको
इटहरी । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउनुभयो । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग
इटहरी । पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भइ चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै आएका अमित महतो भन्ने कृष्ण मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारु र बच्चु गुरुङसँगको मिलेमतोमा साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गरी धेरै पैसा कमाउने प्रलोभनमा देखाइ रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रुपेश तामाङले जा
इटहरी । हरितालिका तीजको अवसर पारेर सञ्चारिका समूह सुनसरीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रन्जना पौडेलले गर्नुभएको थियो भने कोशी प्रदेश योजना आयोग सदस्य प्रमिला गछदार प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष पौडेलले महिलाको सशक्तिकरण र उत्थानका लागि समूह निरन्तर सक्रिय रहेको बताउनुभयो । त्यस्तै प्रमुख अतिथि गछदारले महिला सशक्तिकरण र सामाजिक सहयोगका कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गायिका गंगा गौतम आचार्यले प्रस्तुत गरेका गीत–संगीतले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ सु
सुनसरी | रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक कालोपत्रे भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे भएको छ ।निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिएको छ जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको थियो ।श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको थियो । अहिले उक्त सडक कालोपत्र गर्ने काम श्रेष्ठ कन्सट्रक्सन, ले सम्पन्न गरे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.