इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनदेखि खुलेको छ । मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको हो । सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोलाको प्रशासकीय केन्द्र थलङ जोड्ने सडक गएको मङ्गलबारदेखि अवरुद्ध बनेको थियो । ठुला–ठुला चट्टानसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार पहिरो खसेदेखि नै पहिरो पन्साउन सुरु गरेको भए पनि ठुला चट्टानका कारण समय
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो । दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया इजरायलमा कृषि र केयरगिभरमा बढी कार्यरत रहेको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर
संखुवासभा । संखुवासभाको शिक्षा इतिहास बोकेको श्री मादी माध्यमिक विद्यालय आज आफ्नो ७५ औं जन्मजयन्ती र हीरक महोत्सवको समारोहमा रमाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण हुँदैछ।प्रधानाध्यापक विश्वनाथ सुवेदीका अनुसार महोत्सवको अवसरमा अभिनन्दन तथा सम्मान, वार्षिक प्रतिवेदन र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक, छात्रवृत्ति र पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुति तथा साँझको दीपावली कार्यक्रम समेत हुनेछ।कार्यक्रमलाई ऐतिहासिक र गरिमामय बनाउन विद्यालय समुदाय निरन्तर तयारीमा रहेको व्यवस्थापन
इटहरी । इटहरीकी गायिका अन्जु गौतमले म्युजिक नेपाल र त्यसका प्रमुख सन्तोष शर्माले आफ्नो गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नै स्वरमा रेकर्ड गरिएको गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको हो । आफूले गाएको तीन वटा गीत केही समय अघि आफ्नै युट्युब च्यानल ‘अन्जु गौतम अफिसियल’ मार्फत सार्वजनिक गर्नुभएको थियो । तर ती गीतहरू म्युजिक नेपाल र प्रमुख शर्माले ब्लक गरेको उहाँले बताउनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रतिलिपि अधिकार ऐनको दफा–४ अनुसार प्राचीन लोकभाका जुनसुकैले आफ्ना सिर्जनामा समावेश गरेर गाउन पाउने व्यवस्था रहेको स्मरण गराउँदै लोकगीत–संगीत कुनै
इटहरी । नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसिज तथा इटहरी लेडी जुनियर जेसिजद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा सामूहिक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।मंगलबार इटहरीको संगीतचोकमा सम्पन्न कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।प्रतियोगितामा सहभागी ६ समूहमध्ये बराह टोल समूह प्रथम, जुनतारा टोल समूह दोस्रो तथा पूर्वेली नौ मति बाजा समूह तेस्रो भएका छन् । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।सहभागी महिलाहरूले आ
इटहरी । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङभित्र बुधबार बिहान ३२ वर्षीया महिला कैदी मृत फेला परेकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी राधा भट्टराई (राधिका भनिने)को शव शौचालयभित्र घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार बिहान करिब साढे चार बजे शौचालयभित्र ढोका भित्रैबाट चुक्कुल लगाएर उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो देखिने जानकारी दिइन् । घटनापछि अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने आफन्तलाई खबर गरिएको कारागार प्रशासन
इटहरी । झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मङ्गलबार राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं। को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक शिवसताक्षी ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको थियो । उनको गाडीमै च्यापिएर निधन भएको हो । दुर्घटनमा परी सोही भेनमा सवार शिवसताक्षी–७ बस्ने ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुन
इटहरी । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६, घोराखोरीमा आगामी असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । जिल्लाको पश्चिमी क्षेत्रका भूगोललाई प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय सञ्चालन हुने भएको छ । नयाँ कार्यालय स्थापनासँगै चम्पादेवी र लिखु गाउँपालिकाका हजारौं नागरिकले अब नागरिकता लगायतका प्रशासनिक सेवा घर पाएक बाटै पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै देशभर २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो । यसअन्तर्गत जिल्लाको घोराखोरी पनि परेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । संघीय
इटहरी । कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ । केन्द्रमा बाली र पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।
बराहक्षेत्र | वराहक्षेत्र नगरपालिका वडा नं ८ वागझोडामा रहेको कोशी माध्यमिक बिद्यालयले बिद्यालयमा कार्यरत शिक्षक वालकृष्ण वोहोराले पटक- पटक सामाजिक सञ्जालमा बिद्यालयको प्रतिष्ठा माथि आच आउने आफुले गरेको सहमती तोड्दै गए पछि बिद्यालयको पत्रचार अनुसार नगर शिक्षा समितिले शिक्षक वोहोरालाई तत्काल काजमा सरुवा गर्ने निर्णय गरेको थियो । बिद्यालयले साहायक प्रध्यानाध्यापक नियुक्ती नगरे पछि शिक्षक बोहोरा बिद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारी प्रति रुष्ट र आक्रोसित बनेका थिए । त्यस पछि शिक्षक वोहोराले सामाजिक सञ्जालमा बिद्यालय प्रशासन प्रति लक्षित गर्दै टिप्पणी गर्दै आएका थिए ।त्यस पछ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.