All Posts By कोशी प्रेस

    Showing ५,२७१-५,२८० of १३,५७३ items.
  • विद्यालय पोसाक वितरणदेखि सामाजिक सुरक्षा भत्ता नविकरणसम्म पूर्वी अरुण–६ जरायोटारमा एकीकृत सेवा कार्यक्रम सम्पन्न

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोसाक वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण र जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । भदौ २ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको एकीकृत सेवा कार्यक्रममा वडाभित्रका पाँच आधारभूत विद्यालय, एक माध्यमिक विद्यालय र एक बाल केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत समाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका वृद्ध, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीहरूको विवरण नविकरण गरिएको छ। साथै, वडामा रहेका जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको वडा अध्यक्ष गणे

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ६९० पटक पढिएको
  • संखुवासभाको श्री मादी माध्यमिक विद्यालयमा ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव भव्यताका साथ सम्पन्न

    इटहरी । संखुवासभाको श्री मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव मनाएको छ । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले हीरक महोत्सवको मनाएको हो । सो क्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण गरिएको थियो । हीरक महोत्सवको अवसरमा विद्यालयलाई विभिन्न समयमा आर्थिक, भौतिक र बौद्धिक योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई विशेष अभिनन्दन र सम्मान समेत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संखुवासभा प्राकृतिक सम्पदामा मात्र होइन, शैक्षिक योगदानका हिसाबले पनि धनी रहेको बताउनुभयो । उहाँले विद्यालयले

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ३०४ पटक पढिएको
  • व्यावसायिक ड्रागनखेतीमा भोजपुरका किसान

    इटहरी । सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताए। वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए। बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ । बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए। आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेश

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ३३० पटक पढिएको
  • सङ्खुवासभामा माछा मार्न गएका पुरुषको लडेर मृत्यु

    इटहरी । सङ्खुवासभाको स्थानीय कासुवाखोलामा माछा मार्न गएका मकालु–३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उनको मृत्यु भएको हो । बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताए। उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • २५९ पटक पढिएको
  • झापा र मोरङमा ब्राउनसुगरसहित चार जना पक्राउ

    इटहरी । प्रहरीले झापा र मोरङमा लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–८ गिरीगाउँबाट ३२ वर्षीय अजय मेचे र भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला उत्तरा रथखोला भीमराम नक्सलबारीका ३० वर्षीय टान्टु भन्ने कनकन राहलाई पक्राउ गरेको हो। उनीहरूबाट एक सय ग्राम एक सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले मोरङको उर्लाबारी नगरपालिका–७ पारिजात टोलबाट ४२ वर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूबाट ६९० म

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • २९० पटक पढिएको
  • कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूको धर्ना, विवादास्पद आमसञ्चार विधेयक खारेज गर्न माग

    इटहरी । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई जरिवाना गर्ने प्रावधान खारेज गर्न माग गर्दै बिहीबार प्रदेशका १४ वटै जिल्लामा पत्रकारहरूले एक घण्टा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङका अनुसार महासंघले भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो। उक्त आन्दोलन अन्तर्गत बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कार्यालय अगाडि धर्ना दिइएको हो । भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग गर्दै सन्देश पोस्ट गरेका थिए । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री, स

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • २४० पटक पढिएको
  • प्याब्सन सुनसरीले सीडीओलाई बुझायो ज्ञापनपत्र, प्रशासनअगाडि ¥याली र कोणसभा

    इटहरी । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सुनसरीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार सुनसरीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० धर्मेन्द्रकुमार मिश्रलाई प्याब्सन, ऐनप्याब्सन, हिसानसहितले ज्ञापनपत्र बुझाएको हो । देशव्यापी आन्दोलनको क्रममा सुनसरीमा पनि जिल्ला प्रशासन कार्यालय अगाडि ¥याली र कोणसभा गरी ज्ञापनपत्र बुझाइएको प्याब्सन सुनसरीका अध्यक्ष नेशनल थानेश्वर ढकालले बताए।  उनका अनुसार प्याब्सन र ऐनप्याब्सनले सरकारद्वारा ल्याइएको विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानले निजी विद्यालय सञ्चालकलाई मार पर्ने भएकाले आन्दोलनमा उत्रिनुपरेको हो। कम्पनी ऐनअनुसार दर्ता भएका व

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ३१४ पटक पढिएको
  • ताप्लेजुङमा भदौ २६ गते ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने

    इटहरी  । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिएको तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ५२१ पटक पढिएको
  • भारतको वाणिज्य विभागले मेची र विराटनगर भन्सारमार्ग हुँदै निर्यात भएका नौ वटा प्लाइउड बोकेका ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट प्लाइउड निकासी ठप्प

    इटहरी । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स ९डिआरआई० को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् । मेची भन्सार कार्यालयबाट निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसै गरी विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मङ्गलबार जफत गरिएको हो । मेची भन्सार

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ४८१ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङलाई सदरमुकाम फुङ्लिङसँग जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनपछि खुल्यो

    इटहरी  । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने फुङ्लिङ–लिबाङ–थलङ सडक नौ दिनदेखि खुलेको छ । मिक्वाखोला गाउँपालिका–३ लिबाङको ताखोक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको हो । सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोलाको प्रशासकीय केन्द्र थलङ जोड्ने सडक गएको मङ्गलबारदेखि अवरुद्ध बनेको थियो । ठुला–ठुला चट्टानसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबारदेखि खुलेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार पहिरो खसेदेखि नै पहिरो पन्साउन सुरु गरेको भए पनि ठुला चट्टानका कारण समय

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ३१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]