All Posts By कोशी प्रेस

    Showing ४,९६१-४,९७० of १३,५७३ items.
  • झापाका पालिकामा जलेको भवनमै अति आवश्यक सेवा सुचारु

    इटहरी । जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षीलगायतका पालिकाले सेवा सुरु गरेका हुन् । झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा पालिका रहेकोमा अधिकांशमा तोडफोड, आगजनी भएको थियो । हल्दीबारी र कमल गाउँपालिकाबाहेक सबै पालिकामा आन्दोलनकारीले आगजनी गरेका थिए । कतिपय पालिकामा वडा कार्यालयसमेत ध्वस्त भएका छन् । सामाजिक सुरक्षा भत्ता नवीकरण तथा निकासा, राजस्व सङ्कलन, नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला प्रमाणित जस्ता सेवा पालिकाले सुरु ग

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २५२ पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ

    इटहरी ।  जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १९१ पटक पढिएको
  • धनकुटाको साँगुरीगढीका नौ घर पहिरोको जोखिममा

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् । पहिरोले कारण मोक्तेनका केवलप्रसाद मगर, मोहन मगर, विष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर पूर्णरुपमा जोखिममा परेका छन् । यस्तै, घरहरुसँगै एउटा सामुदायिक चर्चसमेत जोेखिममा छ । रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु जोखिममा परेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १४९ पटक पढिएको
  • दशैँ विशेष : यातायात मजदुरहरुलाई संगठनको अनुरोध यात्रुहरुसंग तोकिएको भन्दा बढी भाडा नलिनुहोस्

    काठमाण्डौं । दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ । आज दशैको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरीका रुट पर्मिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरुसंग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरु विगतमा आउने गरेकाले यस्ता गुनासोहरु आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनैपनि यात्रुसंग नलिन संगठनका अध्यक्ष भीमज्वाला

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २९८ पटक पढिएको
  • उपहार कार्यक्रमको रकम मजदुरको छोरीको शिक्षामा सहयोग

    काठमाण्डौं । सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्किलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ । उग्रचण्डी बोर्डिङ स्कुल नाला कोभ्रेमा कक्षा ७ मा अध्धयनरत १३ वर्षीया कार्कीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रुपमा सहयोग रकम प्रदान गरिएको हो । प्रत्येक वर्ष घटस्थापनाका दिन संगठन बागमती प्रदेश कमिटीले मजदुरहरुमाझ सञ्चालन गर्ने उपहार कार्यक्रम मार्फत बचेको रकम मध्येबाट कार्कीको शिक्षाका लागि सहयोग गरिएको संगठन बागमती अध्यक्ष शंकर थापाले जानकारी गराउनुभयो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३७६ पटक पढिएको
  • बालेन शाहको पहलमा भोजपुर ओख्रे स्वास्थ्य चौकीलाई एम्बुलेन्स

    इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर १, ओख्रेमा रहेको स्वास्थ्य चौकीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट एम्बुलेन्स उपलब्ध भएको छ । बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य महानगरले मंगलबार देखि सुरु गर्दैछ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । जसमा ओख्रे स्वास्थ्य चौकी पनि परेको हो । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको हो । स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएकाले पालिकाले पनि सोही अनुसार से

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ४३२ पटक पढिएको
  • इटहरी चोकको प्रहरी कार्यालय जेनजी आन्दोलनपछि नयाँ ठाउँमा सरेर सेवा प्रवाह

    इटहरी । २०३२ सालमा ९ जना प्रहरीकालागि स्थापना भएको भवनबाट सेवा प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरी तरहरामा सरेको छ । साँघुरो कार्यालयमा उकुसमुकुस भएको प्रहरी प्रशासनले खुल्ला र व्यवस्थित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडमा परेर ध्वस्त भएको इलाका प्रहरी कार्यालय त्यही स्थानमा तत्काल सञ्चालनमा आउने सम्भावना देखिएको छैन । इटहरीको मुख्य चोक (पूर्व लाइन) मा रहेको प्रहरी कार्यालयलाई नयाँ ठाउँमा सार्ने लामो समयदेखिको प्रयासलाई आन्दोलनले सफल बनायो । महिला सेलुकालागी साँघुरो कोठा, अनुसन्धान र अभियोजनको लागि अस्तव्यस्त कोठा, हिरासत देखि क

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३,९४० पटक पढिएको
  • पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर पतिले गरे आत्महत्या

    इटहरी । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ पठा

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ४३४ पटक पढिएको
  • केन्द्रीय कारागारबाट फरार कैदी ओखलढुङ्गामा पक्राउ

    इटहरी । जेनजी आन्दोलनको मौकामा केन्द्रीय कारागार काठमाडौँबाट गत भदौ २४ गते फरार भएका कैदी रुद्रबहादुर तामाङलाई ओखलढुङ्गामा प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ घर भएका तामाङ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । कारागारबाट फरार भएपछि तामाङलाई प्रहरीले खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी प्राप्चाबाट खटिएको टोलीले मोलुङ गाउँपालिका–५ बाट तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २५७ पटक पढिएको
  • झापामा ४ वर्षीया बालिका खोलामा डुबेको अवस्थामा मृत फेला

    इटहरी ।  झापा गाउँपालिका–३ झाँसीकी ४ वर्षीया विष्णुमाया दर्जी खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८२ असोज ५ गते दिउँसो करिब २ बजे मानबहादुर दर्जीकी छोरी विष्णुमाया बेपत्ता भएकी थिइन्। आफन्तले खोजतलास गर्ने क्रममा असोज ६ गते बिहान करिब ७ः१० बजे उनको शव घर नजिकैको सानो माई खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको र मृतकको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]