All Posts By कोशी प्रेस

    Showing ४,८८१-४,८९० of १३,५७४ items.
  • आमा मन्टेश्वरी स्कुलद् वारा महान चाडहरूको शुभकामना आदानप्रदान

    बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, प्रकाशपुर बजारमा रहेको आमा मन्टेश्वरी स्कुलले बडादशैं, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्न एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।यस शुभकामना कार्यक्रमको अवसरमा विद्यार्थी तथा शिक्षकहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्कुल संचालक श्याम कटुवाल, सम्पूर्ण शिक्षक , विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।नेपालीहरूको महान चाड बडादशैं, दीपावली र आगामी छठ पर्व २०८२ सालको अवसरमा शुभकामनाहरूको आदान-प्रदान तथा सांस्कृतिक प्रस्तुतिबाटै कार्यक्रम सञ्चालन गरिएको आमा मन्टेश्वरी स्कुलले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ५३८ पटक पढिएको
  • सार्वजनिक यातायातमा डस्टविन वितरण

    इटहरी । स्वतन्त्र नागरिक समाज मोरङले जनचेतनामुलक कार्यक्रम तथा सार्वजनिक यातायातमा डस्टविन वितरण गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा –७ मा रहेको गछिया चोकमा आयोजित कार्यक्रममा सार्वजनिक यातायातमा यात्रा गर्ने ड्राइभर तथा यात्रुहरुले गाडी भित्र खाएको भोला,चाउचाउ,पानीको बोतल बाहिर सडकमा नफालुन भन्ने उदेश्यले गाडी मै डस्टविन वितरण उपलब्ध गराईएको हो । यात्रा गर्दा यात्रुहरुले उत्पादित फोहोरलाई व्यवस्थापन गर्न डस्टविन वितरण गर्दै स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले “हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर” भन्ने नाराका साथ फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २९५ पटक पढिएको
  • पथरी शनिश्चरेका सबै वडा कार्यालयलाई आवश्यक सामग्री जुट्दै

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय तथा नगरका सबै वडा कार्यालयहरूको मर्मत सम्भार कार्य भइरहेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि नगरपालिका र १० वटै वडाका कार्यालयहरूको फर्निचर , आवश्यक कागजात, अभिलेख, भौतिक संरचनाहरू  तोडफोड सहित जलेर खरानी भएका थिए । सबै वडाहरूले आआफ्नो तवरले वडाभित्रका विभिन्न संघसंस्था , उद्योगी व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले पुनः वडाको कार्यहरू सञ्चालन गर्नका लागि आवश्यक  सामग्रीहरू कुर्सी, टेबल, कम्प्युटर, झ्याल,ढोका, खानेपानी ट्याङ्की, पङ्खा जस्ता विभिन्न आवश्यक सामानहरु सहयोग स्वरुप उपलब्ध गराइरहेको नगरका नगर प

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३११ पटक पढिएको
  • युवा समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

    इटहरी । खोटाङका युवाहरुले यस वर्ष पनि ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएका छन् । आर्थिक अभाव वा यातायात सुविधाको अभावमा माइतीघर जान नसकेका चेलीलाई दसैँ र तिहारका अवसरमा माइतीघर पु¥याउने तथा फर्काउने उद्देश्यसहित निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको हो ।  अभियान संयोजक सञ्जयकुमार राईका अनुसार यस वर्षको अभियान असोज १६ देखि १९ गतेसम्म र तिहारमा कात्तिक ५ देखि ७ गतेसम्म सञ्चालन गरिनेछ । गत वर्ष सञ्चालन गरिएको अभियानबाट दुई चरणमा ४१५ जना चेलीले निःशुल्क सुविधा पाएको र यस वर्ष दोस्रो संस्करण अघि बढाइने जानकारी दिनुभयो । हालसम्म विभिन्न क्षेत्रमा संलग्न २५ जना युवाले स्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३४८ पटक पढिएको
  • आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने र लुटपाटमा संलग्नलाई कानुनको दायरामा ल्याउने अभियान सुरु

    इटहरी । इटहरीका डिएसपी सुवास हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउने अभियान सुरु गरेको दाबी गर्नुभएको छ । भर्खरै सरुवा भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यभार सम्हाल्नुभएका डीएसपी सुवास हमालले शनिबार कार्यक्रममा बोल्दै विध्वंसमा संलग्नलाई कारबाही गर्न दुईमत नरहेको र सरकारी कार्यालय मात्र नभइ निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई पनि कानुन अनुसार कारबाही गरिने बताउनुभयो । साथै उनीहरूले स्थानीयवासीहरूलाई फोटो, भिडियो वा अन्य प्रमाणहरू ह्वाट्सएप, भाइबर वा इमेलमार्फत पठाउन सकिने बताउँदै, प्रमाण उपलब्ध गर

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २४२ पटक पढिएको
  • डा. विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह लोकार्पण

    इटहरी । डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह शनिवार लोकार्पण गरिएको छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमबीच कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा विष्टले सम्झनाको तोरनमा टाँगिएका बा शीर्षकको कविता वाचन गरेपछि पुस्तकको लोकार्पण भएको घोषणा गरियो । पुस्तकभित्रबाट कविहरू सुदीप पाख्रिन, चन्द्र गुरुङ, करुणा राई, सविता फागो लिम्बू, श्रेया खड्काले एक–एक वटा कविता वाचन गर्नुभएको थियो । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द्रबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि टीका आत्रेय र दीपक न्यौपानेले किताबमाथि टिप्पणी गर्नु

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २७५ पटक पढिएको
  • मुन्दुम ट्रेल विषयमा महाकुलुङ गाउँपालिकासँग विशेष छलफल

    इटहरी । महाकुलुङ गाउँपालिकामा जेन्जी आन्दोलनपछि पर्यटन प्रवद्र्धनलाई नयाँ ऊर्जा दिने उद्देश्यले “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ू सम्बन्धी छलफल गरिएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, ट्रेकिङ एजेन्सीज् एसोसिएशन अफ नेपालका कोषाध्यक्ष लाक्पा शेर्पा सहितका पर्यटन व्यवसायीहरूको उपस्थितिमा सो छलफल भएको हो । संस्थातर्फबाट सचिव युवराज नाछिरिङ राई र सदस्य वीरबहादुर राईले विस्तृत प्रस्तुति दिनुभएको थियो । छलफलमा यही डिसेम्बरको अन्तिमतिर महाकुलुङमा “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” को भव्य समापन गर्ने तयारीबारे विचार–विमर्श गरिनुका साथै सप्तकोशीदेखि सगरमाथाको फेदीसम्म फैलिने “ग्रेटर मुन्दुम ट्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २१३ पटक पढिएको
  • बाल सदन एकेडेमीमा दशैंको टीका तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.–९ मा रहेको बाल सदन एकेडेमीले दसैँको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका बालबालिकाहरूलाई विभिन्न देवी–देवताको रुपमा प्रस्तुत गरी सांस्कृतिक झलक देखाइएको थियो । यसै क्रममा शिक्षक तथा विद्यार्थीहरूले टीका र जमरा ग्रहण गर्दै बडादशैंको शुभकामना आदान–प्रदान गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक तथा प्याब्सन नगर सचिव सुर्य दंगालले दशैं पर्वको महत्वबारे प्रकाश पार्दै यसले आपसी सम्बन्ध मजबुत बनाउने र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने बताउनुभएको थियो । साथै, विद्यार्थीलाई दशैंको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे जानकार

    • प्रकाशित मितिः असोज १२, २०८२
    • १८२ पटक पढिएको
  • केराबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–७, केराबारीमा प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक छेउमा बेवारिसे अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजाको तौल ६३७ किलो ४५ ग्राम भएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २७४ पटक पढिएको
  • काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ

    इटहरी । जेनजी आन्दोलनका क्रममा गत २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखु बस्ने २७ वर्षीय ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङ नगरपालिका–६ स्थित साथीको घरमा लुकिछिपी बसेको अवस्थामा पालुङ्वालाई शनिबार पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दामा आठ वर्ष छ महिना कैद सजाय तोकिएका पालुङ्वा जेनजी आन्दोलनका क्रममा भागेका थिए । यता पक्राउ परेका पालुङ्वामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जान

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]