All Posts By कोशी प्रेस

    Showing ४,८६१-४,८७० of १३,५७४ items.
  • दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

    इटहरी । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमक झापाको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । सोमबार फूलपातीको अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिना सहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले स्वागत गर्नुभएको थियो । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो भने प्रह

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ४०४ पटक पढिएको
  • बुढीगङ्गा गाउँपालिकामा हटिया व्यवस्थापनको अभाव, सडक अवरुद्ध र दुर्घटनाको जोखिम

    इटहरी । बुढीगङ्गा गाउँपालिकामा हरेक सोमबार लाग्ने साप्ताहिक हटियाको दिन सडक नै अवरुद्ध हुने समस्या रहेको छ । हटियाका कारण प्रमुख सडकखण्डमा भीडभाड बढ्दा सवारी सञ्चालनमा कठिनाइ हुने र सडकमै व्यापार गरिने भएकाले सवारी दुर्घटनाको जोखिम समेत उच्च छ । स्थानीय निकायले हटिया व्यवस्थापनमा चासो नदिएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले केही समय अघि गाउँ प्रहरी भर्ना गरे पनि हटिया व्यवस्थापनमा उनीहरूको उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ । गाउँ प्रहरीको प्रमुख जिम्मेवारी मध्ये हटिया र सार्वजनिक स्थलहरूको व्यवस्थापन पनि पर्छ तर हालसम्म उनीहरूको सक्रियता देखिएको छैन । स्थानीयवासीहरूले

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ४३३ पटक पढिएको
  • चतराको जंगलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगल नजिक मदन भण्डारी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झण्डाचोकबाट नडाहातर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति ११ः५५ बजेतिर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको हो। मृतक पौडेल बराहक्षेत्र–५ कालाबन्जारका निवासी हुन्। घटनापछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ३२९ पटक पढिएको
  • ‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

    इटहरी ।  ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उहाँको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • ३२१ पटक पढिएको
  • पाथीभरा दर्शन गर्ने भक्तजनहरु घटे

    इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० दर्शन गर्ने भक्तजन घटेका छन् । दसैँ पर्वसँगै मूख्य सिजन ९मौसम० सुरु भएको र यो मुख्य मौसममै पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या घटेको हो । पाथीभरा दर्शन गर्ने मुख्य मौसम दसैँ तिहारको समयलाई लिने गरिन्छ । यो मौसममा पनि दसैँको नवरात्रीको समयलाई निकै महत्व दिएर भक्तजनले पाथीभराको दर्शन गर्ने गर्दछन् । नवरात्रीको समयमा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरा दर्शनका लागि उल्लेख्य रुपमा भक्तजन आउने गरेका थिए । कुनै वर्ष एकैदिन १५ हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको तथ्याङ्क रहेकोमा यसवर्ष भने नवरात्रीक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • २४८ पटक पढिएको
  • सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती

    काठमाण्डौ । सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाण्डौ लगायत तराईका विभिन्न ठाउँबाट उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ । गएको वर्षको असोजमा आएको बाढीले पुल भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिब्रिज समेत खोलिएपछि दसैँको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका

    • प्रकाशित मितिः असोज १४, २०८२
    • २०२ पटक पढिएको
  • दन्तकालीमा भक्तजनको घुइँचो

    इटहरी। सुनसरीको धरानस्थित शक्तिपीठ दन्तकालीमा नवरात्रीको अवसरमा भक्तजनको घुइँचो लागेको छ । दन्तकालीमा नेपाल बाहेक भुटान र भारतबाट समेत दर्शन गर्न भक्तालुहरू आएका छन् । मन्दिरका पुजारी विश्वराज खनालले नवरात्रीका बेला नेपालका अतिरिक्त भारत र भुटानबाट समेत तीर्थालु दन्तकाली आउने गरेको बताए । मन्दिरमा आउने भक्तालुको रेकर्ड राख्ने व्यवस्था नभएका ले कति तीर्थालु आए भन्ने तथ्याङ्क नभएको बताए । भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई दन्तकाली शक्तिपीठको रूपमा स्थापित भएको विश्वास गरिन्छ । दन्तकाली मन्दिरमा सतिदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखिएको छ ।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • २७२ पटक पढिएको
  • एमाले नेतृत्त्वको टोलीद्वारा सुनसरीमा स्थलगत निरीक्षण, जेन्जी आन्दोलनमा तोडफोड र आगजनी, करोडौँको क्षति

    इटहरी । हालै भएको जेन्जी आन्दोलनका क्रममा अराजक तत्वहरूले घुसपैठ गरी देशका विभिन्न संरचना, सार्वजनिक निकाय र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरेका छन् । सुनसरी जिल्लामा मात्रै करोडौँ रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । सो घटनापछि नेकपा (एमाले) स्थायी कमिटि सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, इटहरी उपमहानगर कमिटि अध्यक्ष रुपेस बस्नेत, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी, सचिव मदन कार्की, उपसचिव रन्जु सिग्देल लगायत स्थानीय नेताकार्यकर्ता र युवाहरूले क्षतिको स्थलगत अवलोकन गरेका छन् । निरीक्षण गरिएका स्थानहरूमा नेकपा एमाले इटहरी उपमहानगर कमिटिको कार्यालय, अख्तियार दुरुपयोग अनु

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ४५९ पटक पढिएको
  • कोसी सडक एक महिनादेखि अवरुद्ध

    इटहरी । उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो । सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा  क्षति पुगेको स्थानीयले बताएका छन् । सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ४१३ पटक पढिएको
  • पाथीभरा क्षेत्रमा मदिरा निषेध

    इटहरी । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो ।  समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।  साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ४८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]