इटहरी। जिल्ला प्रशासन कार्यालय उदयपुरले बाढीको जोखिमममा रहेका स्थानीय तहहरुलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले सार्वजनिक विज्ञप्ति जारी गरी शनिवारदेखि सोमवारसम्म मनसुनजन्य विपदको प्रकोप हुनसक्ने भएकाले जिल्लाका आठवटै पालिकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको हो । यसैबिच प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले उदयपुरमा बाढीबाट हुनसक्ने सबैभन्दा उच्च जोखिममा रहेको बेलका नगरपालिकाको वडा १, वडा २ र वडा ३ का आमवासी, बाँनडाडा, भागलपुर, गलफडिया र मानेडाँडा क्षेत्रको शुक्रवार स्थलगत अवलोकन गरी प्रकोप नियन्त्रणका
इटहरी। तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जाकारी दिनुभयो । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको जिप शनिबार दिउँसो करिब १२ बजे दुर्घटनामा परेको थियो । मे १ ज ३०५५ नम्बरको जिप बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिपमा चालकसहित १२ जना यात्रु सवार रहेको र मृतकमध्ये ६ जानको घटना स्थलमै मृत्यु भए
इटहरी। बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो । सम्भावित बाढी पहिरो र बिपद जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालयले आज सडक सञ्चालनमा पूर्णरुपमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्भावित क्षति हुन नदिनका लागि मेची राजमार्गमा साना तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । यसैबिच सडक डिभिजन कार्यालय इलामको मेची राजमार्गको जोरकलशदेखि ताप्लेजुङको सुकेटार बिमानसम्म सडक पूर्णरुपमा बन्द ग
इटहरी । झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी रहेका भारतको नरपतगंज पञ्चायत–७ घर भई हाल सुनसरीको दुहबी नगरपालिका–६ मा डेरा गरी बस्ने २१ वर्षीय अलिसेख मिया पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय दुहबीको टोलीले बिहीवार बिहान ११ः५० बजेतिर दुहबी–६ स्थित शिव मन्दिर छेउबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियालाई आवश्यक कारबाहीका लागि इप्रका दुहबीमा राखिएको छ।
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ७७ प ९४२५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदै भाग्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नम्बर नभएको इभी स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको हरिनगरा–५ का अन्दाजी २७ वर्षीय विराट मण्डलको उपचारका क्रममा विराटनगरस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि सवार २९ वर्षीय कुवेर मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। स्कुटर चालक र साइकल
इटहरी । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म सुनसरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाबासीलाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा सप्तकोशी नदीसहित जिल्लाका अन्य साना–ठूला नदीमा पानीको बहाव बढ्ने र खतरा तह आसपास पुग्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रशासनले विशेषगरी कोशी तटीय क्षेत्र र बाढी सम्भावना रहेका वडाहरूमा उच्च सतर्कता आवश्यक भएको उल्लेख गरेको छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सतर्क रहनुका साथै अत्यावश्यक तयारी गर्न अनुरोध गरि
इटहरी । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई असोज १७ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा संखुवासभासहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन प्रशासनले सचेत रहन आग्रह गरेको हो । प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो वा डुबान जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान राख्न तथा आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न अनुरोध गरिएको छ । त्यस्तै, सडक अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले तत्काल प्रयोग गर्न मिल्ने गरी
इटहरी । ताप्लेजुङमा शुक्रबारदेखि असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा ताप्लेजुङसहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । अत्यन्त जरुरी अवस्थाबाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा वर्षा र बाटोको अवस्था हेरेर मात्र सवारी साधन सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । यस्तै सम्भावित बाढीपहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनश
इटहरी । सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् । जिल्लामा ‘दसँैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताउनुभयो । निःशुल्क सेवा दसँैंको पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन् । दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याइएको छ । आज पनि ब
इटहरी। प्रमुख र सहायक राजमार्ग गरी एक दर्जन भन्दा धेरै सडक बाढी पहिरो र विपद्जन्य दुर्घटनाको जोखिममा रहेको भन्दै पाँचथर प्रहरीले यात्रा गर्नु पूर्व सुरक्षा सावधानी अपनाउन सर्व साधारणलाई आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरिक्षक० रुपेश तामाङले शुक्रबार सार्वनिक सूचना जारी गर्दै जोखिमको पहिचान भएका जिल्ला स्थित,मेची,मध्य पहाडी र तमोर करिडोर सहित भित्री सडकहरुको सूची सार्वजनिक गर्नुभएको हो । पाँचथर प्रहरीद्वारा जारी गरिएको सूचनामा मेची राजमार्गको फिदिम २ स्थित रमिते पहिरो,फाल्गुनन्द ३ को पाङ्ग्रे भीर, फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.