All Posts By कोशी प्रेस

    Showing ४,४३१-४,४४० of १३,५७२ items.
  • पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

    इटहरी ।   भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने सम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४४५ पटक पढिएको
  • सशस्त्र प्रहरी बलले विद्यार्थीलाई न्यानो कपडा वितरण

    इटहरी ।  भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समु

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३७५ पटक पढिएको
  • चौदण्डीगढी नगरपालिकामा सम्पूर्ण ग्रामीण सडक स्तरोन्नतिको काम सुरु

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गर्दै पालिकाभित्रका सम्पूर्ण ग्रामीण सडक स्तरोन्नतिको काम सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गरी आन्तरिक सडक निर्माणको काममा  छुट्टै उदाहरण प्रस्तुत गरेको छ । निर्वाचित जनप्रतिनिधिकोे अबको बाँकी अवधिलाई ‘भौतिक पूर्वाधार वर्ष’ का रूपमा लिँदै आफ्नै बजेटबाट एउटा रोड रोलर, एउटा टिप्पर र एउटा जेसिबी किनेर नगरपालिकाभित्रका आन्तरिक सडक सुधार अभियानलाई तीव्रता दिएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । नगरपालिकाले यसअघिका दुई वर्षमा शिक्षा र स्वास्थ्यमा सुधारको काम सञ्चालन गरी सम्पन्न गरिसकेको छ । नगरका १० वटै वडाला

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३५५ पटक पढिएको
  • ४ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौँ / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ ।धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययन हुन्छ, त्यसपछि मात्र कारण बारे भन्न सकिन्छ,’ उनले भने ।लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थियो भने केही डाइ

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • २५९ पटक पढिएको
  • पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित

    इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार  संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईको अध्यक्षता कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको २८ औं वार्षिक साधारणसभाबाट राजु दंगाल को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ३६५ पटक पढिएको
  • म्याजिक चप्पल कारखानाको प्लास्टिक जन्य फोहोर बुढी खोलामा

    दुहवी / सुनसरीको दुहवी नगरपालिकामा रहेको म्याजिक चप्पल उद्योगले औद्योगिक प्लास्टिकजन्य फोहोर वस्तुहरू मोरङको बुढीगंगा गाउँपालिका क्षेत्रमा पर्ने बुढी खोलामा लगेर फाल्ने गरेको तथ्य खुलेको छ।स्थानीयवासीका अनुसार उक्त उद्योगबाट निस्किने प्लास्टिक, रबर र उद्योगमा प्रयोग हुने फोहोरहरू ढुवानी गरी खोलामा फालिँदै आएको छ। यसबाट बुढीगंगा क्षेत्रको वातावरणीय प्रदूषण, खोलानाला प्रदूषण र स्वास्थ्य जोखिम बढेको बताइएको छ।दुहवी नगरपालिका र बुढीगंगा गाउँपालिकाको सहकार्यमा फोहोर डम्पिङ साइडको लागि स्थान छुट्याएर पालिकाहरूले फोहोर व्यवस्थापनका लागि छुट्टै स्थल तोकिसकेका भए पनि, त्यसको बेवास्ता गर्दै खोलामा फोहोर

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ५३१ पटक पढिएको
  • Afnai Aawaz – Circle of Thoughts सफलतापूर्वक सम्पन्न

    प्रेेक्षा आचार्य इटहरी | महिलाहरूको  विचार, अनुभव र आत्मविश्वासलाई अभिव्यक्त गर्ने उद्देश्यका साथ Ladies of Liberty Alliance (LOLA) Chapter Itahari र Rotaract Club Sunsari को सहकार्यमा “आफ्नो आवाज – Circle of Thoughts” नामक खुला छलफल कार्यक्रम आज Lunar IT Solution Pvt. Ltd., Itahari मा सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रममा करिब २० जना युवा महिलाहरूको सहभागिता रहेको थियो। गोलमेच छलफलको स्वरूपमा सञ्चालन गरिएको यस सत्रमा सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव, सामाजिक परिवेशमा देखिएका समस्याहरू, अवसरहरूमा देखिएका असमानता, तथा त्यसको सम्भावित समाधानबारे खुल्ला रूपमा प्रस्तुत गरेका थिए।छलफलम

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ६५९ पटक पढिएको
  • वंगलादेशमा भएको अन्तर्राष्ट्रिय कुमुते कोशी प्रदेशका सात जनाले स्वर्ण र दुइ जनाले रजत पदक जिते

    इटहरी, कार्तिक २२ । वंगलादेशमा भएको छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा नेपालका तर्फबाट सहभागी कोशी प्रदेश इटहरी र सुन्दर हरैचाका सात जनाले उपाधि जितेका छन् । अक्टोम्बर ९ गतेदेखि दुई दिनसम्म चलेको प्रतिस्पर्धामा नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका हुन भने दुई जनाले रजत उपाधि हात परेका हुन् । उपाधि हात परेका खेलाडीहरुलाई शनिबार इटहरी स्थानीय खेलप्रेेमी, व्यवसायी तथा सञ्चारकर्मी द्वारा सम्मान समेत गरियो । उपाधि विजेता खेलाडी कक्षा ५ देखि माथि विद्यालय तहमा अध्ययनरत छात्रछात्रा हुन् । सो क्रममा छ देशका सहभागीमध्ये ठूलो सफलता ह

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ४८५ पटक पढिएको
  • कांग्रेसको विधानमै युवाका लागि कोटा सुनिश्चित गर्नुपर्छ : राजीव ढुंगाना

    काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीलाई साँच्चिकै युवामुखी र गतिशील बनाउने समय आएको बताएका छन्।नेपाली कांग्रेसको चालू केन्द्रीय समिति बैठकमा शनिबार आफ्ना धारणा प्रस्तुत गर्दै उनले पार्टीभित्र युवाको सहभागिता संस्थागत गर्नुपर्नेमा जोड दिएका हुन्।ढुंगानाले भने, “कांग्रेस मुखले मात्र युवामय भयो भनेर हुँदैन, त्यसको व्यवहारमा पनि प्रमाण देखिनुपर्छ। त्यसका लागि अब पार्टीको विधानमै प्रावधान राख्नुपर्छ — पुराना क्रियाशील सदस्यताको २० प्रतिशत भाग ३० वर्षमुनिका युवाका लागि अनिवार्य रूपमा छुट्याइयोस्।”उनले पा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ४१८ पटक पढिएको
  • सेवा बचत तथा ऋण सहकारी संस्था लि., इटहरीको २५औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी/ सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरी,सुनसरीको २५औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य श्री कमला देवी काफ्ले रहनुभएको थियो। उहाँले सहकारीको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।साधारणसभामा संस्थाको उन्नयनका लागि विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।सम्मानित व्यक्तिहरूमा—पूर्व सञ्चालक श्रीमती रेणुका श्रेष्ठ (के.सी), संस्थापक अध्यक्ष स्व. जंग बहादुर खड्काकी धर्मपत्नी तथा संस्थापक सल्लाहकार शेयर

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ५४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]