All Posts By कोशी प्रेस

    Showing ४,२७१-४,२८० of १३,५७२ items.
  • झापाको रेखा खोलामा शव फेला, दुईजना पक्राउ

    इटहरी। झापाको बिर्तामोड नगरपालिका–७, मियाबारीस्थित रेखा खोलामा शव फेला परेको छ । शव फेला परेपछि प्रहरीले दुईजनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७, मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गए राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले ब

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २६६ पटक पढिएको
  • झापामा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    इटहरी ।  झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं। १५ हेद्लुबारीमा रोकिराखेको प्र।१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र।१–०१–०१३ प। ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बेलुकी भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलले सडकको छेउमा रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा परेर गम्भीर घाइते बनेका मोटरसाइकल चालक राउतको उपचारको क्रममा शनिबार राति नै मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २६८ पटक पढिएको
  • कोशीटप्पु आरक्ष संरक्षणमा बाढी, कटान र व्यवस्थापकीय समस्याबाट बढ्दो चुनौती

    इटहरी  । कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ । सुनसरी, सप्तरी र उदयपुरलाई छोएको आरक्षको दुई तिहाई भाग नदी तटीय जङ्गल क्षेत्रमा रहेको छ । सबै भूभाग कोशीमै पर्ने हुँदा प्रत्येक वर्ष नदीमा आउने बाढी, डुबान र कटानको सामना आरक्षले गर्नु परेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार बर्खाको बाढीले संरक्षित जनावरको बासस्थान नै डुबान र कटानमा पर्दा जनवारको पारिस्थितिक पद्धतिमा ठुलो असर पुग्दै

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २१९ पटक पढिएको
  • चार करोड पेस्की लिएर ठेकेदार फरार, विराटनगरका चार वडालाई जोड्ने सडक ६ वर्षदेखि अलपत्र

    इटहरी । चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन । प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङसँग जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले २०७७ असार ४ गते निर्माण सम्झौता गरेको थियो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई जोड्दै सीमा क्षेत्र रानीसम्म ९।३८ किलोमिटर सडकको शिलान्यास २०

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २८० पटक पढिएको
  • अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

    इटहरी ।  उत्पादित अलैँचीले  मूल्य पाउन थालेपछि भोजपुरका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन ९४० किलोग्राम० रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो । केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उहाँको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उहाँले बताउनुभयो । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९०

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २६० पटक पढिएको
  • म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति

    इटहरी ।  म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताउनुभयो । नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • १७५ पटक पढिएको
  • अमाह सिमसारमा दैनिक हजारौँ पर्यटक आकर्षित

    इटहरी ।  बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३२२ पटक पढिएको
  • आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले पाए रोजगार

    इटहरी । ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् । एकेडेमीको दोस्रो वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी गराइएको छ । एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूका अनुसार हालसम्ममा एकेडेमीबाट एक सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रदेखि विश्व बजारमा रोजगारी पाएका छन् ।कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको हो । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २१८ पटक पढिएको
  • अलैँची निर्यातमा न्यून बीजकीकरणमार्फत करोडौँ कर छलिएकामा खुलासा

    इटहरी ।  ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ । किसानले प्रतिमन (४० किलो) एक लाख रुपियाँभन्दा बढी मूल्य पाइरहेको अलैँची निर्यात गर्दा व्यापारीले वास्तविक मूल्यभन्दा आधा कमको बिल (न्यून बीजकीकरण) बनाउने गरेको भन्सार विभागको तथ्यबाट फेला परेको छ । यसले गर्दा नाफामा लाग्ने करोडौँ रुपियाँको आयकर सिधै छली हुनुका साथै निर्यातबाट प्राप्त हुने अतिरिक्त मुद्रा अवैध मानिएको हुन्डीमार्फत ल्याइने गरेको समेत पाइएको छ । यसले अलैँची निर्यातसँगै अवैध कारोबारले

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २५२ पटक पढिएको
  • नेपाल–भारत पारवहन सन्धि संशोधनले पूर्वाञ्चलमा कार्गो रेल सेवा सहज, उद्योगी उत्साहित

    इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले नेपाल–भारत द्विपक्षीय पारवहन सन्धि संशोधनले उद्योग–व्यापारमा सहजीकरणको बाटो खोलेको बताएका छन् । बल्क कार्गो रेलसेवा सञ्चालनका लागि संरचना तयार भए पनि पारवहन सन्धिका कारण भइरहेको अवरोध हटेपछि त्यसले सहज बनाएको उद्योगीले बताएका हुन् । सन्धि संशोधनसँगै तेस्रो मुलुकबाट आयात हुने सामानसमेत कार्गो रेलबाट विराटनगर–१८ स्थित नेपाल कस्टम यार्डसम्म ल्याउन सकिने छ । उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले पूर्वका उद्योगीले कार्गोरेलबाट सामान ढुवानी हुँदा उत्पादन लागत कम हुने बताउनुभयो । तेस्रो मुलुकबाट आइरन उद्योगका लागि आवश्यक पर्ने कच्चा सोझै भन्सारसम्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]