All Posts By कोशी प्रेस

    Showing ४,२६१-४,२७० of १३,५७२ items.
  • स्थानीय भत्ता नपाएको भन्दै शिक्षक महासङ्घद्वारा फिदिममा ध्यानाकर्षण

    इटहरी । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् । फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ । महासंघले आर्थिक कार्य

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ३६७ पटक पढिएको
  • दाउरा विवादमा कान काटिँदा एक जना गम्भीर घाइते

    इटहरी । सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा काट्ने विषयलाई लिएर झडप भएको छ। सोमबार दाउरा सगोलमा काटेका स्थानीय आयुष विश्वकर्मा र दिपु परिवारबीच दाउरा बिक्रीको विषयमा विवाद चर्किएपछि झडप भएको हो। बटुलेर राखिएको दाउरा आयुषले तीन भारी दाउरा दिपुलाई जानकारी नदिएर बेचेपछि झडप भएको जनाइएको छ। झडपमा दिपुले धारिलो हतियार प्रयोग गरी आयुषको बायाँ कान काटेको प्रहरीले जनाएको छ।  कान काटिएका आयुष गम्भीर घाइते भएका छन्। उनको बायाँ कान तर्फको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट घोपाका प्रमुख प्रहरी नायव निरीक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २७४ पटक पढिएको
  • तेम्बा बजार आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

    इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागीपीडितलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । मिक्वाखोल

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २६७ पटक पढिएको
  • पौवादुङमाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान

    इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । यहाँ पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ । यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २४३ पटक पढिएको
  • एक अर्ब क्षतिपछि पनि रोकिएन सेवा, टेन्टमै १० मुद्दा फस्र्योट

    इटहरी ।  गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवनमा आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब रुपियाँ बराबरको क्षति पुग्यो । भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्यसम्पादन लयमा फर्कन सकेको छैन । घर नक्सा शाखा कागजातविहीन हुँदा लयमा फर्कन हम्मे हम्मे परिरहेको छ । सहरी विकास तथा पूर्वाधार महाशाखाले पनि बहुवर्षे ठेक्का प्रणाली र भुक्तानी दिन बाँकी रहेका योजनाको कागजात जुटाउन समस्या परिरहेको गुनासो कर्मचारी गर्छन् तर महानगरपालिकामा आगजनी हुँदा स्थानीय न्यायिक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • १८४ पटक पढिएको
  • गाईघाट बजार क्षेत्रको सडकमा कालोपत्रे गर्न सुरु

    इटहरी  । उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको कालोपत्रे सुरु भएको हो । विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यव्रmम ९युजिआइपी० अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ समेत चार वटा वडालाई जोड्ने गरी निर्माणाधीन विभिन्न नौ वटा सडकको कालो पत्रेको गरिएको हो । नगरको महìवपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माण

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ३०८ पटक पढिएको
  • निवृत प्रहरीलाई मजदुरको माया

    धरान । प्रहरी सेवामा उत्कृष्ठ काम गरेबापत धराने जनताले सिंघमको उपाधी दिएको धरान वडा प्रहरी कार्यालयका प्रमुख हाल निवृत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मान सहित विदाइ गरेको छ । यही मंसिर १ गतेदेखि तीस वर्षे प्रहरी सेवाबाट निवृत हुनुभएका खत्रीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मान र खदा पहिरियाइदिएर विदाइ गर्नु भएको थियो । २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरीमा इन्चार्ज भएर आउनु भएदेखिनै वहाँले यातायात मजदुरहरुलाई गर्नु भएको सहयोग र साथका लागि संगठनको तर्फबाट सम्मान र विदाई गरिएको संगठनका धरान उपम

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३१७ पटक पढिएको
  • विराटनगरमा खानेपानी सुधार आयोजना तीव्र: ५८ मध्ये ५० किलोमिटर पाइप बिछ्याइँदा ९०% काम सम्पन्न

    इटहरी। विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिका क्षेत्रमा ५८ किलोमिटर दूरीमा पाइप बिछ्याउने काम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापित गर्न २ अर्ब ५४ करोड रुपियाँको आयोजना चालु अवस्थामा रहेको हो । नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को अनुदानमा एक लाख नगरवासीलाई शुद्ध पिउने पानी पुर्‍याउने लक्ष्यसहित आयोजना अघि बढेको छ । निर्माण सम्पन्नपछि अबका ११ महिनामा नगरवासीले पानी पिउने अवसर पाउने अपेक्षा राखिएको छ । हालसम्म म्याद अव

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३१० पटक पढिएको
  • विराटनगरमा टेन्टकै इजलासबाट दश वटा मुद्दा फछ्र्यौट

    इटहरी । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब बराबरको क्षति पुग्यो।  भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्य सम्पादन लयमा फर्कन सकेको छैन । घरनक्सा शाखा कागजातविहीन हुँदा लयमा फर्कन हम्बे परिरहेको छ । सहरी विकास तथा पूर्वाधार महाशाखाले पनि बहुवर्षे ठेक्का प्रणाली र भुक्तानी दिन बाँकी रहेका योजनाको कागजात जुटाउन समस्या परिरहेको गुनासो कर्मचारी गर्दछन् । तर महानगरपालिकामा आगजनी हुँदा स्थानीय न्यायिक समितिको इजलास समेत ज

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २५७ पटक पढिएको
  • विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवक पक्राउ

    इटहरी । मोरङको विराटनगरमा आइतबार नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन्। एयरपोर्ट लाइनको बाटोमा सडक किनाराबाट दौडिँदै आएको एक युवकले बस्नेत सवार गाडीमा रातो रङ फ्याँकेपछि गाडी केही क्षण रोकिएको थियो। प्रहरीले घटनापछि विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । प्रहरी भ्यानमा लगिँदै गर्दा पनि कुँवरले बस्नेतविरुद्ध नारा लगाइरहेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतमाथि सांकेतिक विरोध जनाउने उद्देश्यले रङ छ्यापेको बयान दिइएको छ। बस्नेत युवा संघको कोशी प्रदेशस्तरी

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]