इटहरी। जिल्ला अस्पताल सङ्खुवासभामा शुक्रबार सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सङ्खुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारण लाभान्वित भएका छन् । दूरदराजका बासिन्दालाई सहज र नजिकै विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा एकै दिन तीन सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पताल प्रशासनका अधिकारीले जनाएका छन् । शिविरमा नशा तथा मानसिक स्वास्थ्य सेवाका ३० जना, नाक, कान र घाँटी ९इएनटी० का ८२ जना तथा छाला रोगका ७४ जना बिरामीले विशेषज्ञ परामर्श तथा उपचार लिएका छन् । शिविरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा। रोशन
इटहरी। नेकपा ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो । कार्यालयमा तालाबन्दी गर्ने क्रममा दुई समूहबिच विवाद भएको छ । महाधिबेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुने बताइएको छ । तालाबन्दी र मतपत्र च्यातिए पनि निर्वाचन भइरहेको निर्वाचन अधिकृत नहकुल राईले जानकारी दिनुभयो ।
इटहरी। आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सदरमुकाम शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू लगायतले खेल तालिका सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गरिएको सिरिजङ्गा गोल्डकपको खेल तालिका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लब र इलामको रेडहर्ष फुटबल क्लबबिच उद्घाटन खेल हुने छ। दोस्रो खेल न्युस्ट
इटहरी । रोटर्याक्ट स्व. सचिन श्रेष्ठको १२औं स्मृति दिवसको अवसर पारेर देशभर सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम अन्तर्गत इटहरीमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी र रोट्र्याक क्लब अफ इटहरीको संयुक्त आयोजना तथा रोटरी क्लब अफ युगल र रोट्रयाकट क्लब अफ सुनसरीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। इटहरी–विराटनगर लाइनस्थित राधाकृष्ण मन्दिर अगाडि आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, विद्यार्थी ल
इटहरी । विराटनगर महानगरपालिका–८ मा रहेको मोरङ कारागारभित्र राखिएका कैदीबन्दी तथा थुनुवामा छाला रोगको समस्या अत्यधिक देखिएको छ। मोरङ सहकारी अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश कैदीबन्दी छालासम्बन्धी रोगले पीडित रहेको तथ्य बाहिरिएको हो। चिकित्सकका अनुसार छाला चिलाउने, खस्रो हुने, फुट्ने, फोका देखिने, डाबर बन्ने जस्ता समस्या धेरै कैदीबन्दीमा एकसाथ देखिनु कारागारभित्र सरसफाइ, पानी तथा स्वास्थ्य सुरक्षाको अपर्याप्ततासँग जोडिएको हुनसक्छ। छालाको समस्या एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो सर्ने पनि उनीहरुले बताए। मोरङ कार
इटहरी । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ । शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि
धरान । विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु. एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।अन्तिम प्रतिष
काठमाण्डौ । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएको औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन ९ब्याच नं। सिटी २७२३० बजारबाट फिर्ता अर्थात् ९रिकल० गर्न भनिएको छ । त्यस्तै विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । क्युरेक्सले उत्पादन गरेको रेक्सामोल ९पारासिटामोल ट्याब्लेट० को ब्याच नम्बर टिआरए
इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इ
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार करिब साढे ४ बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर समेत रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.