All Posts By कोशी प्रेस

    Showing ४,१८१-४,१९० of १३,५७२ items.
  • भूमि अधिकार तथा श्रमिक संगठन सुनसरीद्वारा भूमि आयोग खारेजीविरुद्ध प्रधानमन्त्रीलाई ज्ञानपत्र

    सुनसरी | भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला कमिटी सुनसरीले प्रधानमन्त्रीका नाममा  जिल्ला प्रशासन कार्यलय सुनसरीलाई ज्ञानपत्र बुझाएको छ। संगठनका प्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मनत्रपरिषद् कार्यलयका लागि जिल्ला प्रशासन कार्यलय सुनसरी सिडिओ बासुदेश घिमिरेलाई  ज्ञानपत्र हस्तान्तरण गरेका हुन्।२०८२ असोज २३ गते मन्त्रिपरिषद्ले आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकारमाथि प्रत्यक्ष प्रहार भएको संगठनको आरोप छ। संगठनका अनुसार आयोग खारेजी जनविरोधी, असंवै

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ६३५ पटक पढिएको
  • अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

    इटहरी । नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका लागि पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विद्यार्थीहरुले शनिबार बिहानदेखि साँझसम्म पदयात्रा गरे ।  जनता बहुमुखी क्याम्पस पूर्वकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा स्थापित भइरहँदा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, साँस्कृतिक, विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्नका निम्ति सम्मेलन गर्न लागिएको हो । यसका

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ४६० पटक पढिएको
  • फिक्कल बजारमा कपडा बैँक स्थापना

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैँक स्थापना गरी उद्घाटन गरिएको हो । कपडा बैँकको कार्यक्रमबिच सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमार बरालले उद्घाटन गर्नुभयो । जाडोयाममा लुगा अभावमा कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बैँकमा घरमा प्रयोग नभएका कपडा डोनेसन गर्न आह्वान गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख बरालले गरिबीको रेखामुनी रहेका नागरिकलाई कपडा बैँक स्थापना भएपछि सहज भएको बताउनुभयो । कार्यक्रमका संयोजक राजन प्रधानले बैँकलाई चाँडै कानुनी

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३४४ पटक पढिएको
  • गुफापोखरीमा तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको हो ।फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो ।  छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिक

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २३३ पटक पढिएको
  • लागुऔषध मुक्त बनाउन काम गर्छु : वडा प्रहरी प्रमुख दाहाल

    १४ मंसिर २०८२धरान । धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् । आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए । बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २७८ पटक पढिएको
  • मिक्लाजुङमा सुन्तला खेतीको सफलता,सन्तोष राईपछि गाउँभरि किसान आकर्षित

    इटहरी ।  उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्लला रोप्नु भएको थियो । तर व्यवसायीक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुु पर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारिमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३३७ पटक पढिएको
  • अरुण तेस्रो साइटमा कामदारबीच विवाद, चक्कु प्रहारमा एक घाइते

    इटहरी ।  सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको साइटमा दुई जना कामदारबिच भएको विवाद चक्कु प्रहारसम्म पुगेको छ। पटेल कम्पनीमार्फत निमा निर्माण सेवामा कार्यरत दुईजना बिच  सामान्य भनाभन झगडामा बदलिँदा एक जना घाइते भएका छन्। भोजपुर साल्पा सिलिछो गाउँपालिका–०४, खाटाम्माका २४ वर्षीय विनोद कुमार राई र खाँदवारि नगरपालिका– ६, खानिडाँडाका ३७ वर्षीय देवबहादुर तामाङ बिच विवाद चर्किएपछि विनोदले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते तामाङको दाहिने कान र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र परियोजना परिसरकै मेडिकलमा प्रारम्भिक उपचारप

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २७६ पटक पढिएको
  • काबेली इनर्जीले १ अर्ब ५ करोड बराबरको संस्थापक शेयर खुल्ला

    इटहरी । काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो । शुक्रबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले शेयर खुल्ला बारे जानकारी गराएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य एक लाख रुपियाँ बराबर कायम गरिएको छ । एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर सङ्कलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली इनर्जी कम्पनी लिमिटेडले जनाएको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३४८ पटक पढिएको
  • मदन भण्डारी राजमार्गमा रुख कटान तीव्र, निर्माण कार्य गति लिँदै

    इटहरी ।  राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ । यसअघि सरकारले रुख काट्ने निर्णय गरे पनि काम सुरु हुन सकेको थिएन । मोरङ खण्डमा साढे नौ किमी सडकले वन क्षेत्रको २०।९४३ हेक्टर जग्गा ओगटेको थियो । मोरङका मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा पर्ने एक हजार ३३३ वटा रुख काटेर निर्माण क्षेत्र खाली गरिसकिएको छ भने झापा, इलाम र सुनसरीमा रुख काट्ने काम धमाधम भइरहेको छ ।  नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ साल मङ्सिर ६ गतेको बैठकले निर्णय गरे अनुसार डिपिआर गरिएको क्षेत्रका

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३०५ पटक पढिएको
  • त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु

    इटहरी ।  उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षौंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन विभिन्न नौ वटा स्थानीय सडकमा ४० एमएम मोटाइरहेको उच्च गुणस्तरको अस्फाल्ट कङ्व्रिmटको कालोपत्रे सुरु गरिएको त्रियुगा नगरपालिकाका इन्जिनियर शैलेन्द्रकुमार मण्डलले बताउनुभयो । विश्व बैङ्कले नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]