All Posts By कोशी प्रेस

    Showing ४,१७१-४,१८० of १३,५७२ items.
  • श्री शारदा माध्यमिक विद्यालयको ७४ औँ वार्षिकउत्सव एवं अभिभावक दिवस भव्यरूपमा सम्पन्न

    भोजपुर | भोजपुरको अरूण गाँउपालिकामा रहृको श्री शारदा माध्यमिक विद्यालयको ७४औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मङ्सिर १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमसहित भव्यरूपमा  सम्पन्न भएको छ । वार्षिकोउत्सवको अवसरमा विद्यालयले सांस्कृतिक नृत्य, खेलकुद (हाइ जम्प, लङ्ग जम्प, रनिङ, छेलो) लगायतका प्रतियोगिताहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रम सँगै वडा नं. ३ भित्रका प्रावि तह (कक्षा १ देखि ५) का विद्यालयबीच हाजिरी-जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।मूल समारोहको प्रमुख अतिथि अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्री रहेका थिए  भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्की, गाउँपालिका

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ५३८ पटक पढिएको
  • कोसी साहित्य–कला परिषद् नेपालद्वारा एक करोडको अक्षयकोष गठन अभियान शुरू

    इटहरी । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभियान सुरु गरिएको हो । कला, साहित्य र संस्कृति क्षेत्रमा काम गरिरहेको बेलबारी क्षेत्रका दर्जन बढी सङ्घ, संस्थाहरू आवश्यक कोषको अभावमा स्थापना हुँदै दुई–चार वर्षपछि बन्द हुन थालेपछि अक्षयकोषको अभियान सुरु गरेको कोसी साहित्य–कल

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २४८ पटक पढिएको
  • ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व(पश्चिम एशियन राजमार्गको निरीक्षण

    इटहरी । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ । मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीस

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ३१५ पटक पढिएको
  • दमक बजारमा बिक्री हुने रायोको सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो

    इटहरी । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो । दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट््टराइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ। केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भए

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २९१ पटक पढिएको
  • इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्धा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो । सदरमुकाम इनरुवादेखी सीमावर्ती कप्तानगञ्जसम्मको करिव २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलिपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सर्घष समिति गठन भेला सहित आन्दोलन सुरु गरेको हो । पूर्व संघीय प्रतिनिधि सभा सदस्य असोक चौधरी सहित स्थानीय तहका

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ३४३ पटक पढिएको
  • जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी स् पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ

    इटहरी ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ । अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र ९हाल नेकपा०का सांसद अमनलाल मोदीका स्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ३०४ पटक पढिएको
  • सुनसरीको रामधुनीबाट शैक्षिक भ्रमण गएको गाडी दुर्घटना

    इटहरी । सुनसरीको रामधुनीबाट विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा गएको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा तेह्रथुम पुगेर सुनसरीतर्फ फर्किदैँ गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आफैं अनियन्त्रित भएर आइतवार दिउँसो ४ः२५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बस सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले भ्रमणमा लगेको हो । बसमा चालकसमेत गरेर अन्दाजी ४१ जना रहेको जनाइएको छ । सडकबाट तल खसेको बसमा सवार व्यक्तिहरू घाइते भएपनि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा परेर घाइते भएकालाई

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २२८ पटक पढिएको
  • मोरङ कारागारमा पाँच महिनामा १४ थुनुवाको मृत्यु

    इटहरी । मोरङको जिल्ला कारागारमा अर्का थुनुवाको मृत्यु भएको छ। लागूऔषध मुद्दामा थुनामा रहेका उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न कठिन भएको उनीलाई मंसिर ७ गते आईसीयूमा भर्ना गरिएको थियो। साउन ३० देखि पुर्पक्षका लागि कारागारमा राखिएका दर्जीको मुद्दा अझै विचाराधीन थियो। यससँगै वैशाखयता मोरङ कारागारमा मृत्यु हुने कैदी–थुनुवाको संख्या १४ पुगेको छ। दुई दिनअघिमात्रै तेजबहादुर राई र हर्कजंग लिम्बूको पनि उपचारका क्रममा मृत्यु भएको थियो। कारागारमा कैदी–थुनुवामध्ये शरीर सुन्निने, सास फेर्न गाह्रो हुने र छाती दुख्न

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २३५ पटक पढिएको
  • धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि

    इटहरी। नेकपा ९एमाले० को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो । खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित हुनुभयो। युवातर्फ सरोज राई निर्वाचित हुनुभयो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । यसैबिच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २४० पटक पढिएको
  • पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

    इटहरी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२(८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।  गत आवको सोही अवधिको तुलनमा आयातमा १२।१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]