All Posts By कोशी प्रेस

    Showing ४,००१-४,०१० of १३,५७२ items.
  • मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    इटहरी । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरका सहचालक २६ वर्षीय अतीत राई गम्भीर घाइते हुनु भएको थियो । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, ग्रामथान गाउँपालिका–२, झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २७२ पटक पढिएको
  • संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    इटहरी  । संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका(६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन्।उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएका थिए। निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकार गरेका हुन्। ‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्र

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २३९ पटक पढिएको
  • ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका

    इटहरी। इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका लागि इलाम नगरपालिकाले ट्राफिक व्यवस्थापन सुरु गरेको छ। नगरपालिकाले इलामबाट झापा जाने सवारीहरु, विभिन्न पालिकाबाट आउने सवारीहरुलाई अलग–अलग स्थानमा पार्किङ स्थल तयार गरि सवारीहरुलाई व्यवस्थित गर्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा विभिन्न छ स्थानमा पार्किङ् स्थलको तयारी गरेको छ । पुरानो बसपार्कस्थित बहुुतले पार्किङ्, पुुरानो ट्याक्सी स्टेन्ड, सानो टुुडिखेल, ठूलो टुँडीखेलको छेउ र पुरानो सब्जी बजारमा सवारी पार्किङको व्यवस्था गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम संयोजक गृष्म सुब्बाले बताउ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २५१ पटक पढिएको
  • मोरङमा साना तथा लघुउद्योग धमाधम बन्द, स्वरोजगार र स्थानीय उत्पादन सङ्कटमा

    इटहरी  । मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ । साना तथा लघुउद्योग कार्यालय मोरङको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा १९ हजार १९५ साना तथा उद्योग दर्ता भएका छन्, जसमा १७ हजार २५६ प्राइभेट फर्म, ८९४ साझेदारी र ८६१ प्राइभेट लिमिटेड छन् । पछिल्लो चार वर्षयताको अवस्था हेर्दा लगानीको वातावरण खस्किएको छ । आर्थिक वर्ष २०७७र७८ मा दुई

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २३३ पटक पढिएको
  • ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने

    इटहरी । ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो । वि।सं। २०३१ सालदेखि लाग्दै आएको पुसे मेलामा खेल, कृषि प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सञ्चलन हुने शनिबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, र्‍याफ्टिङ, कृषि प्रदर्शनी मेला र सांस्कृतिक कार्यक्रमको आयोजना हुने पु

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २७५ पटक पढिएको
  • मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घट्यो

    इटहरी  । मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २९७ पटक पढिएको
  • मानवबस्ती छेउमा अस्फाल्ट प्लान्ट, कानेपोखरी–५ का स्थानीयद्वारा तत्काल बन्दको माग

    इटहरी  । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग) राखेको भन्दै मोरङ, कानेपोखरी–५ को सचेत नागरिक समूहले प्लान्ट तत्काल बन्द गर्न माग गरेको  छ ।  कानेपोखरी–५, जहदा सिरानमा चिसाङखोलाको पूर्वपट्टि बी एन्ड बी कन्स्ट्रक्सन प्रालिले अस्फाल्ट प्लान्ट निर्माण गरी २०७९ सालदेखि सडक कालोपत्रे गर्ने सामग्री उत्पादन र बिव्रmी गरिरहेको छ । चिसाङखोला किनारमा रहेको दुर्गाबहादुर राजभण्डारीको पाँच कट्ठा जग्गा लिजमा लिएर प्लान्ट निर्माण गरिएको हो । प्लान्ट मानवबस्तीको छेउमा निर्माण भएको भन्दै स्थानीयले उसबेला नै अन्यत्र सार्न स्थानीय

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • १९३ पटक पढिएको
  • मुआब्जा नदिएको भन्दै स्थानीयले बन्द गरे जलविद्युत आयोजना

    इटहरी । मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् ।  केपिलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् ।  विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनी आन्दोलनमा उत्रिएपछि तीन मेगावाट क्षमताको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । गत मङ्सिर ६ गते कम्पनीका प्रतिनिधि र जग्गाधनीबिच मङ्सिर २५ गतेभित्रमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि स्थानीयले पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका छन् । जलविद्युत् आयोजना सञ

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • २९३ पटक पढिएको
  • भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

    इटहरी।   सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । वडाको छ लाख र प्रदेश सरकारको १० लाख गरी कुल १६ लाखमा यहाँ दुईतिरबाट बारा ९रेलिङ० सहितको पदमार्ग, धारा, शौचालय र वनभोज  स्थल निर्माण गरिएको छ । यसवर्ष थप संरचना निर्माणका लागि वडाले एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमा

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • २४५ पटक पढिएको
  • कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता हुँदै

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा आइतबार प्रदेशस्तरीय हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । शनिबार मोरङको सुन्दरहरैंचाको विराटचोकमा पत्रकार सम्मेलनमा बोल्दै नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष खनालले कोशी प्रदेशमै पहिलो पटक प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिताले  विद्यार्थीहरूको जीवनमा आत्मविश्वास, विचार व्यक्त गर्ने क्षमता, र नेतृत्व कौशलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि कार्यक्रम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ३०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]