All Posts By कोशी प्रेस

    Showing ३,९७१-३,९८० of १३,५७२ items.
  • कामधेनु सहकारीमा कारबाहीपछि विवाद चर्कियो, अध्यक्ष ढकालमाथि अनियमितता आरोप

    इटहरी । कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवादमा फसेको छ । संस्थाका अध्यक्ष यादप ढकालले मनोमानी र एकपक्षीय रुपमा संस्थाको संस्थापक सेयर सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका अध्यक्षसहित दुईजना सेयर सदस्य र संस्थामा कार्यरत एक स्थायी कर्मचारीमाथि कारबाही गरेको भन्संदै संस्था विवादमा फसेको हो । संस्थामा पछिल्लो समय  विकृति विसंगति, आर्थिक अनियमितता र संस्थाका अध्यक्ष यादप ढकालको मनोमानी भएको भन्दै संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सेयर सदस्य कृष्णप्रसाद अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्

    • प्रकाशित मितिः पुस २, २०८२
    • १७५ पटक पढिएको
  • निर्माण भएर पनि चल्न सकेन हिलेको शीतभण्डार

    इटहरी ।  धनकुटाको हिलेमा उच्च क्षमताको शीतभण्डार निर्माण भएको सात वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । कृषिजन्य उत्पादन भण्डारण गरी बेमौसममा बिव्रmी गर्ने उद्देश्यसहित निर्माण गरिएको थियो । निर्माण भएर पनि सञ्चालनमा नआउँदा कृषक र उपभोक्ता दुवै निराश छन् । शीतभण्डार सञ्चालनमा नआउँदा दाताको लगानी बालुवामा पानी जस्तै भएको छ । यो शीतभण्डार करिब तीन करोड २९ लाख रुपियाँमा २०७५ सालमै  बनेको हो । यस परियोजनामा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यव्रmम र उद्योग वाणिज्य सङ्घ धनकुटा तथा नेपाल अलैँची व्यवसायी महासङ्घ धनकुटाको संयुक्त लगानी रहेको छ । अलैँची भण्डारण पहिलो प्रा

    • प्रकाशित मितिः पुस २, २०८२
    • १९२ पटक पढिएको
  • बराहक्षेत्र–११ मा बाललैङ्गिक, अपाङ्गमैत्री आधुनिक शौचालय निर्माण सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ JFPR प्रयोजनाअन्तर्गत बाललैङ्गिक, अपाङ्गमैत्री तथा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य सम्पन्न भएको छ । सार्वजनिक शैचालय निर्माण कार्य सम्पन्न भएको  नगर प्रमुख रमेश कार्की  साथमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , स्थानिय जनप्रतिनिधि , प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई , वडा अध्यक्ष कृष्ण कुमार महतोसहित अन्य जनप्रतिनिधिहरूले अनुगमन गरेका छन्। शौचालय परियोजना विशेषगरी बालबालिका, दिव्याङ्ग र सर्वसाधारणलाई लक्षित गरी सहज, सुरक्षित र स्वच्छ शौच सुविधा उपलब्ध गर

    • प्रकाशित मितिः पुस २, २०८२
    • ३८८ पटक पढिएको
  • तरहरा गोल्डकप पुस ५ देखि तरहराको बहुभाषी खेलमैदानमा हुने

    इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो । गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुट

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३५५ पटक पढिएको
  • द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को उपाधि वन क्रू ओडिशालाई

    सुनसरी | स्पिन्स डान्स स्कुलद्धारा आयोजित द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ । सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न ग्रान्ड फिनालेमा उपाधि वन क्रू ओडिशाले जितेको हो। उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । यस्तै दोश्रो स्थान हासिल गर्दै बुटवलका साजन गुरुङले नगद ५० हजार र मुम्बईका किशन आउजीले तेश्रो स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३१४ पटक पढिएको
  • सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

    इटहरी ।  झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फ०ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो । गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३१५ पटक पढिएको
  • स्टिकर अभियान रोकिँदा पर्यटकलाई सास्ती‘कोशी पर्यटन वर्ष २०८२’ लक्षित सुरक्षा जाँच स्टिकर अभियान तीन महिनामै रोकियो

    इटहरी । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ । भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खप

    • प्रकाशित मितिः पुस १, २०८२
    • २६० पटक पढिएको
  • स्थानीय पहल, श्रम र सहयोगमा भोजपुरको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण

    इटहरी। स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो । हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर न

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३४४ पटक पढिएको
  • पर्यटन र इतिहास प्रवर्द्धनका लागि ‘निसान पदमार्ग’मा चारदिने पदयात्रा हुँदै

    इटहरी।  नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उहाँको भनाइ छ । इलाम नगरप्रमुख केदार

    • प्रकाशित मितिः पुस १, २०८२
    • २३४ पटक पढिएको
  • धनकुटाको सल्लेरीस्थित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालबाट वार्षिक १५ हजार बिरामीलाई सेवा, दैनिक ५०–७० परीक्षण र एक हजार शल्यक्रियाको लक्ष्य

    इटहरी। धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित  डा। रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो । आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक ५० देखि ७० जनासम्मलाई बहिरङ्ग सेवा दिने गरेको बताउनुभयो । त्यस्तै वार्षिक एक हजार जनाको शल्यव्रिmया गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका सात वटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर सञ्चालनसमेत गर्दै आएको जनाइएको छ । अस्पतालले

    • प्रकाशित मितिः पुस १, २०८२
    • २६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]