All Posts By कोशी प्रेस

    Showing ३,९२१-३,९३० of १३,५७२ items.
  • दोस्रो तरहरा गोल्डकप, बेलकालाई हराउँदै पानबारी विजयी

    इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उदयपुरबिच भएको खेलमा पानबारीले २१ गोल गदै विजयी भएको हो । खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बुले दोस्रो गोल गरे । यता दोस्रो हाफको २१ औ मिनेटमा भने बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल गरेका थिए । आइतबारको खेलमा प्रदीप राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख ११

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ३३६ पटक पढिएको
  • सोलुखुम्बुको टाप्टिङमा वडा कार्यालयको आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु

    इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको नयाँ प्रशासनिक भवन तयार भएपछि आफ्नै भवनबाट सेवा दिन थालिएको छ। विगत ९ वर्षदेखि भाडाको घरबाट सेवा प्रदान गर्दै आएकोमा भवन बनेपछि सेवा सुरु भएको हो। जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले प्रशासनिक भवनको उद्घाटन गर्दै जिल्लाका स्थानीय तहहरूको भौतिक पूर्वाधार विकासमा आफू सकारात्मक रहेको बताउनुभयो। त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट नागरिकलाई थप व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। ग्रीनतारा कन्स्ट्रक्सन कम्पनी प्रा।लि।द्वारा निर्माण

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २९२ पटक पढिएको
  • नेपाल पत्रकार महासङ्घद्वारा स्थानीय तहलाई सञ्चार ऐन जारी गर्न माग

    इटहरी। नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरूसँग आग्रह गरेको छ । जिल्लाको कुम्मायक गाउँपालिका केन्द्र यासोकस्थित धार्मिक तथा पर्यटकीय स्थल कुम्मायकमा आयोजित घुम्ती बैठक पश्चात यासोक घोषणा पत्र जारी गर्दै महासङ्घले यस्तो आग्रह गरेको हो । घोषणा पत्रमा सञ्चार ऐन मार्फत स्थानीय सञ्चार गृहको प्रवलीकरण, पत्रकारको व्यवसायिक विकास,विज्ञापन वितरण र जवाफदेहि र जिम्मेबार पत्रकारिता सम्भव हुने उल्लेख छ । घोषणापत्र मार्फत पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षा प्रति विशेष ध्यान दिन, सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहार, दुर

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २११ पटक पढिएको
  • तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने

    इटहरी । तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो । प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरि सात टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २७८ पटक पढिएको
  • मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाद्वारा ५० भन्दा बढी महिलालाई वित्तीय साक्षरता सम्बन्धी दुईदिने कार्यक्रम आयोजना

    इटहरी । मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जनाभन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी जानकारी गराएको छ । बैंकले धनकुटामा दुईदिने कार्यक्रमको आयोजना गरी महिलाहरुलाई बैकिंङ साक्षरतासम्बन्धी जानकारी गराएको हो । जिल्लामा विभिन्न संस्थामा आबद्ध महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ । कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाका प्रमुख हरि दाहालले जानकारी दिनुभयो । यस्तै बैंकले बैंकिङ साइबर क्राइम फ्रोडसम्बन्धी, कर्जा, बचत परिच

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २४८ पटक पढिएको
  • “अनेकतामा एकता : तरहरा–२० को विशेषता” कार्यक्रम पुस ९ गते आयोजना हुने

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले “अनेकतामा एकता : वार्ड नं. २० तरहराको विशेषता” भन्ने मूल नारासहित पुस ९ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।आइतबार वडा कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै वडा कार्यालयले तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको  हो ।कार्यक्रमअन्तर्गत पुस ९ गते तरहरा बजार परिक्रमा गरिनेछ भने त्यसपछि सगरमाथा खेलमैदानमा विविध सांस्कृतिक प्रस्तुति तथा औपचारिक कार्यक्रम सञ्चालन गरिनेछ।वडा अध्यक्ष मणिराम श्रेष्ठले तरहरामा सबै भाषा–भाषी त

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ४७१ पटक पढिएको
  • भोजपुरको पूर्वी अरुण गाउँपालिकामा सेवा प्रवाह सहजीकरण र लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न

    इटहरी। भोजपुरको पूर्वी अरुण गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सेवा प्रवाहमा सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाई कार्यक्रम साथै सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नं। २,का वडा अध्यक्ष इन्द्र पुलामी मगर, वडा नं। ३ का वडा अध्यक्ष कुमार कार्की, कार्यपालिका सदस्यहरू, समाजसेवी, कर्मचारी तथा अन्य सरोकारवाला र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २६५ पटक पढिएको
  • कोसी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण

    इटहरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण र सचेतना सुरु गरेको छ । कोसी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय नेमुवाले सडकमै स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । प्रहरीका अनुसार सडकमा खटिएका प्रहरीले चाल तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । यसमा यातायात व्यवसायीले समेत सकारात्मक सहयोग गरिरहेका छन् । प्रहरीले कोसी राजमार्गको नेमुवा, खनार, दुहबीलगायत क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ । यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २०७ पटक पढिएको
  • भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु

    इटहरी । बारुद भरेका बेला भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार ९पुस ६० बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २०६ पटक पढिएको
  • धनकुटामा बलात्कार आरोपमा युवक पक्राउ

    इटहरी। धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८, सान्ताङका २९ वर्षीय मानबहादुर राई छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार ९पुस ५० साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । मानबहादुरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]