All Posts By कोशी प्रेस

    Showing ३,८२१-३,८३० of १३,५७२ items.
  • मालपोत कार्यालय ताप्लेजुङ द्धारा पाँच महिनामा एक करोड १० लाख राजस्व सङ्कलन

    इटहरी। मालपोत कार्यालय ताप्लेजुङले पाँच महिनाको अवधिमा एक करोड दश लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको पाँच महिना अर्थात् साउन महिनादेखि मङ्सिर मसान्तसम्ममा मालपोत कार्यालयले उक्त राजस्व रकम सङ्कलन गरेको हो। मालपोत कार्यालयले मङ्सिर मसान्त सम्ममा राजिष्ट्रेसन दस्तुरबापत र पुँजीगत लाभकर दुवै गरी कुल एक करोड १० लाख ८६ हजार १३२ रुपियाँ राजस्व सङ्कलन गरेको छ। चालु आवको मङ्सिर सम्ममा रजिष्ट्रेसन दस्तुरबापत ५७ लाख ८६ हजार ६४४ रुपियाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो। कार्यालय प्रमुख शेर्पाका अनुसार मङ्सिर सम्ममा पुँजीगत लाभकरब

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २६८ पटक पढिएको
  • साथीभाइले जित्यो पदमबहादुर गुरुङ स्मृति कप

    इटहरी । तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधी साथीभाइ स्पोर्टिङ क्लबले जितेको छ । मङ्गलबार भएको फाइनलमा आयोजक ‘बि’ लाई ३–० गोलले पराजित गर्दै साथीभाइले उपाधी जितेको हो । तमु ल्होसार मूल आयोजक समिति तथा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । उपाधि जितसँगै साथीभाइ स्पोर्टिङ क्लबले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजकले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सोमबार भएको सेमिफाइनलमा नेपाल प्रहरी क्लब ताप्लेजुङलाई पराजित

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २३२ पटक पढिएको
  • माछापोखरी मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    इटहरी। आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु भएको उद्घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २६५ पटक पढिएको
  • अंग्रेजी नयाँ वर्ष मनाउने पर्यटकले कन्याम र अन्तु भरीभराउ

    इटहरी। अंग्रेजी नयाँ वर्ष २०२६ मनाउने पर्यटकले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइका गन्तव्य कन्याम र अन्तु भरीभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरीभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ वर्ष मनाउन यस पटक पनि पर्यटक उल्लेखीय सङ्ख्यामा आउदा यहाँका पर्यटकीयस्थल भरीभराउ भएका हुन् । कन्याम र अन्तु आउने पर्यटकले अग्रिम होटल तथा होमस्टे बुकिङ गरेका छन् । नेपाल र भारतीय पर्यटकले अग्रिम रुपमा होटल, होमस्टे बुकिङ गरिसकेका छन् । गत वर्ष पनि अंग्रेजी नयाँ वर्षमा पर्यटकले यी क्षेत्र भरीभराउ थिए   । सधैँ भिड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको चाप बढने र  कोठा नपाइन

    • प्रकाशित मितिः पुस १६, २०८२
    • १५७ पटक पढिएको
  • ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या

    इटहरी । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ । स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या भएको हो । बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीले बोलाउँदा प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । प्रारम्भिक अनुसन्धानबाट दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । घटनास्थल र शवको अवस्था विश्लेषण गरी थप अन

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३१५ पटक पढिएको
  • गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी १, १९ र २० तरहराको आयोजनामा तमु ल्होसार पर्व

    इटहरी। गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी  १, १९ र २० तरहराको आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा मनाइने तमु ल्होसार पर्व धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाएका हुन्। कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रम गुरुङ बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।ल्होसार विशेष कार्यक्रममा गुरुङ समुदायको मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो। साथै, उच्च शिक्षा हासिल गरेका चार जना

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४८७ पटक पढिएको
  • धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र

    इटहरी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदानस्थल कायम भएका छन् । एक सय ६६ मतदान केन्द्र कायम भएका छन् ।  जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटामा अघिल्लो निर्वाचनमा एक सय १९ मतदान स्थल र एक सय ६२ मतदान केन्द्र रहेका थिए । जिल्लाको धनकुटा नगरपालिकामा १५ मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रिबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् । यस्तै, साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र कायम रहेको

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २८६ पटक पढिएको
  • पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

    इटहरी । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङस्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको हो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ‘बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगकोे भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार रुपियाँसहित ट्रफी म

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३१२ पटक पढिएको
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा  विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३०२ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पाँचमहिनामा र तीन अर्ब ८० करोड राजस्व सङ्कलन

    इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५।८० प्रतिशत हिस्सा ओगटेको छ ।  त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४।१४ प्रतिशत, या

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]