All Posts By कोशी प्रेस

    Showing ३,६४१-३,६५० of १३,५७२ items.
  • धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

    इटहरी । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच  जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो । बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ । 

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २६४ पटक पढिएको
  • कोशी प्राइड लिगको खेलाडी अक्सन सम्पन्न

    इटहरी।  कोशी प्राइड प्रा।लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग ९केपिएल० तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ ।  विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन् । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका छन् । आयोजक कोशी प्राइड प्रा।लीका निर्देशक अफजल हुसैनका अनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २५० पटक पढिएको
  • धनकुटामा निर्वाचन प्रहरीका लागि ११ सय २६ जनाको आवेदन

    इटहरी । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो । नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मका लागि दरखास्त आह्वान गरेको थियो । सो अवधिमा धनकुटामा कुल ८ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गते सम्मलाई म्याद थप गरिएको थियो । थप गरीएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २१९ पटक पढिएको
  • ताप्लेजुङको सिंवामा आज प्रथम मागेमेला गोल्डकपका दुई सेमिफाइनल खेल हुँदै

    इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आइतबार सेमिफाइनलको खेल हुने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आज सेमिफाइनलको खेल हुने भएको हो । आज हुने पहिलो सेमिफाइनल खेलमा ड्रिम बोइज एफ.सि. धनकुटा र आयोजक सिंवा स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यता आयोजक सिंवा स्पोर्टिङ क्लबले भने बिहीबार भएको उद्घाटन खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफ

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २०८ पटक पढिएको
  • विद्यालय शिक्षामा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय शिक्षामा रूपान्तरण सम्बन्धी प्रदेशस्तरीय एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका–३ स्थित सखुवा चोकमा सम्पन्न कार्यक्रमले विद्यालय शिक्षामा व्यवहारिक तथा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले बताउनुभयो । एन–प्याब्सन कोशी प्रदेश कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर अधिकारीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २६३ पटक पढिएको
  • कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बूद्वारा लामाटोली– भोटे घुम्ती सडक खण्डमा कालोपत्रे गर्न शिलान्यास

    इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं ७ को लामाटोली – भोटेघुम्ती सडकमा कालोपत्रेका लागि विधिवत् शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले लामाटोलीमा सडकको  शिलान्यास गर्नुभएको हो। शिलान्यासका क्रममा उहाँले वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका स्थानीयवासीको मागअनुसार नै संघीय संसदका पूर्व सांसद डाक्टर सुनिल शर्मा र आफू कोशी प्रदेश सांसद भएको बेला पहल गरिएको उल्लेख गर्दै तीन चरणमा  सडक खण्डका लागि ८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। उहाँले भौतिक पूर्वाधार मन्त्रालयबाट ३ करोड र सहरी विकास मन्त्रालयबाट

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २१२ पटक पढिएको
  • इटहरीस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको पहिलो वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । सुनसरीको इटहरी २ आयुर्वेदिक टोल स्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशले शनीबार पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । केन्द्रकी कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले भावी योजना पेश गर्दै बिभिन्न समिति गठन गरेको छ । सुवेदी कल्याण परिषदका केन्द्रिय सदस्य भुलराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आगामी फागुन ३ गते शिवरात्रीको अवसर पारेर इटहरी २ को १०८ शिवलिंग परिषरलाइ त्रिनेत्र मोक्षधाम नामाकरण सहित भब्य समुदघाटन गरिने निर्णय गरिएको छ । सोहि कार्यक्रममा बिभिन्न समिती बनाएर दिगो रूपमा काम गर्ने प्रतिवद्धता समेत गरिएको १०८ शिव

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २७० पटक पढिएको
  • बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

    इटहरी। गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९, सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप १२ लाख प्रदान गरिने भएको छ । ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१, गुरुङ बस्तीका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल व्यवसायीले ११ लाख र गाउँपालिकाले  एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज  शव बुझ्ने सहमति भएको छ । प्रति मृतक  १२ लाख प्रदान गर्ने सहमति भएको हो ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २५५ पटक पढिएको
  • मोरङमा जुवाको खालबाट ३ लाख १३ हजार नगदसहित चार जना नियन्त्रणमा

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका–४ जुरीखोला छेउस्थित बाँसझ्याङमा जुवाको खाल बनाई पैसाको हारमार हुने जुवाजन्य खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। शुक्रबार बेलुका ६ बजेको समयमा  इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाजन्य खेल खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। सो क्रममा जुवाको खालबाट १६ थान कौडा र नगद तीन लाख तेह्र हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जय किशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई हाल सुनसरी धर

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २०५ पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल रहनुभएको छ। जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ । क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]