All Posts By कोशी प्रेस

    Showing ३,६११-३,६२० of १३,५७२ items.
  • निवर्तमान सभामुख घिमिरेको उम्मेद्वारी दर्ता

    इटहरी । निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। नेकपा एमालेको तर्फबाट उहाँले उम्मेद्वारी मनोनयन गराउनु भएको हो। घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन गराउनु भएको थियो। उहाँ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले लोकतन्त्र सुदृढीकरण, स्थायित्व र विकासका लागि जनताको विश्वास आवश्यक रहेको उल्लेख गर्नुभयो। निवर्तमान सभामुख घिमिरेको उ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २६८ पटक पढिएको
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवारको मनोनयन दर्ता

    इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको हो । यसअघि नेकपा एमालेसँग तालमेल गरेर उहाँ यहि निर्वाचन क्षेत्रबाट निर्वाचित बन्नु भएको थियो । राप्रपाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै मनोनयन गर्ने निर्णय गरेको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको अस्तित्व, राष्ट्रियता

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २३५ पटक पढिएको
  • इलाम २ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

    इटहरी । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम(२ मा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । अघिल्लो पटक उप निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम(२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ् गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनु भएको थियो । नेम्वाङका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायत दलहरूको गठबन्धनलाई

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २७३ पटक पढिएको
  • एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

    इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले मंगलवार दिउसो निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं। ५ मा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । ओली पटक पटक यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको छ । मनोनयन पछि ओलीले यो निर्वाचन देश बनाउने र भत्काउने बीचको प्रतिस्पर्धा भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भयरहित अवस्थामा निर्वाच

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २७७ पटक पढिएको
  • दमकमा रास्वपा–एमाले कार्यकर्ताबीच झडप

    काठमाडौँ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो। घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ‌ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • १८८ पटक पढिएको
  • इलाममा उम्मेद्वारको मनोनयन दर्ता सुरु

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ । जनमुक्ति पार्टीका उम्मेद्वार याम योङहाङ लिम्बूले इलाम क्षेत्र नम्बर–२ का लागि पहिलो उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो ।  अहिले मङ्गोल नेशनल अर्गनाइजेशनको उम्मेद्वारी दर्ताको लागि तयारी भएको बताइएको छ । इलाममा दुुईवटा निर्वाचन क्षेत्र छन् । इलाम सदरमुकाममा इलाम क्षेत्र नम्बर –२ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय छ भने इलाम क्षेत्र नम्बर–१ का  लागि सूर्योदय नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय छ । अहिलेसम्ममा इलाम क्षेत्र

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २०१ पटक पढिएको
  • रास्वपाबाट बालेन्द्र शाह र इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

    इटहरी । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं। ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनु भएको छ । एक चुनावी र्‍यालीसहित मतदान अधिकृतको कार्यालय दमक ८ मा गएर १२ बजे उहाँले उम्मेद्वारी मनोनयन गर्नु भएको हो । यसैगरी, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहिबाट उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारहरूलाई समय तोकेर त्यसै अनुसार उम्मेदवारी दर्ताका लागि तालिका मिलाएको जनाइएको छ। यसैगरी निवर्तमान उपसभामुख इन्दिरा राना मगरले झापा निर्व

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २१६ पटक पढिएको
  • श्रमसंस्कृति पार्टीका अध्यक्ष राईद्वारा मनोनयन दर्ता

    इटहरी । धरान उपमहानगरमा आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान(८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको प्रमुखमा निर्वाचित हुनुभएको थियो।उहाँले २० हजार ८ सय २१ मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । यो नतिजाले धरानमा दलगत राजनीतिभन्दा फरक, वैकल्पिक सोच र व्यक

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २०१ पटक पढिएको
  • अध्यक्ष ओलीले गर्नु भयो ध्वस्त संरचनाको अवलोकन

    इटहरी। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाको आज स्थलगत अवलोकन गर्नु भएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुग्नु भएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नुअघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनु भयो । जेनजी आन्दोलनको क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गर्नु भएको छ। यसै क्रममा उहाँले आजै दमक टावर, नगरपालिका कार्या

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २०० पटक पढिएको
  • कांग्रेसले १ र नेकपाले २ बजे मनोनयन दर्ता गर्ने

    इटहरी । नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस सुनसरीले चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला, ३ मा वेदनारायण गच्छदार र  मा ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेकपा सुनसरीले पनि यहाँको चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्दैछ ।पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्य भट्टराई ९मन

    • प्रकाशित मितिः माघ ६, २०८२
    • १६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]