All Posts By कोशी प्रेस

    Showing ३,५५१-३,५६० of १३,५७२ items.
  • प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्ने कार्य धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको काम सकेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको छपाइ सुरु भएको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १३१ पटक पढिएको
  • सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा मंगलबार प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थान सिफलमा स्मृति सभा गरिएको हो । सहिद धर्मभक्तको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विगतको शासनमा नागरिकले भोग्नु परेका क्रुरता, असमानता तथा कुष्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको संघर्ष र बलिदानी म्सरण गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । धर्मभक्तले

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १३९ पटक पढिएको
  • इपिएस परीक्षा पास गरेकालाई छिटो कोरिया पठाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहे

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १६९ पटक पढिएको
  • सुनसरी र झापाबाट लागू औषधसहित ७ जना पक्राउ

    विराटनगर । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान-१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट

    • प्रकाशित मितिः माघ १३, २०८२
    • ११८ पटक पढिएको
  • सुनसरी क्षेत्र नं। ४ मा विकासको नेतृत्व जगदीश कुसियैत

    सुनसरी । सुनसरी क्षेत्र नं। ४ मा प्रतिनिधिसभा निर्वाचनको रौनक छाएको छ । संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् ।कुल १ लाख २८ हजारबढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यस पटक पनि नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले टक्कर दिदैछ । प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका यी चार पार्टीमध्येका नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका जगदीश कुसियैतको पक्षमा आमनागरिक खुल्न थालेका छन् । कुसियैतलाई यस अघि प्रदेशसभा सदस्यका रुपमा रहँदा सुनसरी क्षेत्र ४ का ले यसपटक साथ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ५३१ पटक पढिएको
  • खोटाङको बंशिलाघाटमा बेलिवृज जडान हुँदै

    इटहरी । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाको बिचमा पर्ने वंशिलाघाटमा सुनकोशी नदीमाथि  पहिलो पटक बेलिब्रिज राख्ने कार्य भइरहेको छ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा मंसिरबाट बेलिब्रिज जडान सुरु गरिएको थियो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज छिट्टै जडान सम्पन्न गर्ने गरी काम भइरहेको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुप

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २५८ पटक पढिएको
  • चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै हर्क साम्पाङविरुद्ध उजुरी

    इटहरी। चुनावी प्रचार कार्यक्रममा बालबालिकाको प्रयोग गरेको भन्दै श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विरुद्ध उजुरी परेको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका साम्पाङ विरुद्ध निर्वाचनमा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । साम्पाङ सो पार्टीका केन्द्रीय अध्यक्ष समेत हुन् । धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ । उम्मेदवार साम्पाङले निर्वाचन आचारसंहिता र बालबालिका सम्बन्धी कानुनको धज्जी उडाएको सञ्जालको ठहर छ । सञ्जालले दर्ता गरेको उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २५८ पटक पढिएको
  • एमाले उम्मेदवार भगवतीको निर्वाचन परिचालन संयोजकमा बस्नेत

    इटहरी । एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नु भएकी भगवती चौधरीको निर्वाचन परिचालन समिति संयोजकमा लिलम बस्नेतलाई जिम्मेवारी दिईएको छ ।नेकपा एमाले सुनसरी ३ ले दुई हजार दुई सय एक सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । परिचालन समितिको सहसंयोजकमा ओम प्रकाश मेहता र उपसंयोजकहरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी हुनुहुन्छ भने परिचालन समितिको सचिबमा मिलिराम चौधरीलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ । सुनसरी ३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचनमा जुटने संयोजक बस्नेतको भनाई छ । सुनसरी ३ वाट अघिल्लो चुनावमा नेपाली कांग्रेसका प्रतिस्पर्धी बिजय कुमार गच्छेदारलाई पाँ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ३४४ पटक पढिएको
  • रामधुनीमा चौथो नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

    इटहरी । नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो रामधुनी–४ मानपुरको आयोजनामा एक दिवसीय चौथो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता कार्यक्रम संयोजक तथा कराते प्रशिक्षक हरिबहादुर राउतको अध्यक्षतामा तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक हरिबहादुर राउतले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै खेलाडीहरूको उत्साहले आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नगरप्रमुख शंकरल

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २५० पटक पढिएको
  • इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना हुँदै

    इटहरी । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको आयोजनामा यही माघ १६ र १७ गते इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ आयोजना गरिने भएको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको प्राङ्गणमा हुने कन्क्लेभमा २५ वटा विद्यालयका ३२५ जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहनेछ। उपशाखाका सभापति उमेश राईका अनुसार प्रत्येक विद्यालयबाट विद्यार्थीका साथै शिक्षक नायक र सहनायक गरी १३ जनाको सहभागिता रहनेछ। उनका अनुसार विद्यालय तहमा रेडक्रसको महत्व, उद्देश्य र मानवीय सेवाप्रति सचेतना बढाउनु कन्क्लेभको प्रमुख लक्ष्य हो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न तालिम तथा सेमिनारसमेत आयोजना गरिने राईले बताए।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]