All Posts By कोशी प्रेस

    Showing ३,५४१-३,५५० of १३,५७२ items.
  • धनकुटाका दुई उम्मेदवार जसले आफैंलाई मत हाल्न पाउँदैनन्

    इटहरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका दुई जना उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरूले कानुनी व्यवस्थाका कारण आफैँलाई मत हाल्न नपाउने भएका हुन् । फरक निर्वाचन क्षेत्रमा मतदाता नामावली भएकाले उम्मेदवार बन्न पाउने भए पनि मत हाल्न नपाउने कानुनी व्यवस्था रहेको छ । तर, उनीहरूको फरक निर्वाचन क्षेत्र मात्रै नभएर फरक जिल्लामा मतदाता नामावली रहेको छ ।एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा दुई जना उम्मेदवार आफैँलाई मत हाल्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य जिल्लामा मतदाता

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १८५ पटक पढिएको
  • मोरङमा हतियार बुझाउन प्रशासनको आग्रह, अटेरी गरे कारबाही गर्ने चेतावनी

    इटहरी ।  मोरङमा इजाजत (लाइसेन्स) प्राप्त हातहतियार बुझाउन हतियारधनीहरूले अटेरी गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मोरङले व्यक्तिगत रूपमा राखिएका सबै लाइसेन्स प्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीको जिम्मामा बुझाउन आग्रह गरेको थियो । तर पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि अपेक्षित रूपमा हतहतियार संकलन हुन नसकेको प्रशासनले जनाएको छ । प्रशासनले पहिलोपटक पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै माघ १० गतेसम्म हतियार बुझाउन समयसीमा तोकेको थियो । सो अवधिमा कसैले

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २६३ पटक पढिएको
  • उदयपुर–१ मा नयाँ अनुहारसहित त्रिपक्षीय प्रतिस्पर्धा, चुनावी समीकरण फेरिँदै

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं। १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ । विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ । यस पटक अधिकांश दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएर अगाडि सारेकाले परम्परागत मतधार, सङ्गठन क्षमता र परिवर्तनको चाहनाबिच बढ्दो द्वन्द्वले निर्वाचनलाई बहुआयामिक बनाएको हो । विगत लामो समयदेखि नेपा

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २५२ पटक पढिएको
  • १२ वर्षपछि धनकुटाका नेकपा मतदातालाई आफ्नै चुनाव चिन्हमा मतदान गर्ने अवसर

    इटहरी ।  नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नेपाली कम्युनिष्ट पार्टी बनेपछि हुन लागेको निर्वाचनमा नेकपाका मतदाताले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउँने भएका हुन्  । नेकपाको सबैभन्दा ठुलो घटक नेकपा माओवादी केन्द्र धनकुटामा २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेशका उम्मेदवारलाई सघाएको थियो । तत्कालीन माओवादी केन्द्र यसअघिका दुई निर्वाचनमा एमाले र कांग्रेसस

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २७७ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    इटहरी।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २२८ पटक पढिएको
  • प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान हुने

    इटहरी ।  प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो । उक्त प्रतियोग

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २९५ पटक पढिएको
  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    इटहरी ।  सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २७४ पटक पढिएको
  • झापाली उम्मेदवार घरदैलोमा व्यस्त

    इटहरी । आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ । यहाँका पाँच निर्वाचन क्षेत्रबाट पाँच जनाका लागि ९० जनाले उम्मेदवारी दर्ता गराएको झापाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले बताउनुभयो । झापामा सबैभन्दा कम क्षेत्र नम्बर १ मा १५ जना र सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  झापाको क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २२३ पटक पढिएको
  • सुनसरी क्षेत्र नं ३ मा पुरानै प्रतिस्पर्धी मैदानमा

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा ९एमाले० का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ । अघिल्ला सात निर्वाचनमा निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदारलाई २०७९ सालको निर्वाचनमा भने नेकपा ९एमाले० का नेतृ एवं पूर

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २६५ पटक पढिएको
  • ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या

    इटहरी । एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफ

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]