All Posts By कोशी प्रेस

    Showing ३,५३१-३,५४० of १३,५७२ items.
  • इटहरीमा “हिसान स्पोर्ट्स मिट २०८२” माघ १५ देखि, २५ सय विद्यार्थी सहभागी

    इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले खेल उत्सवको रूपमा मनाउँदै आएको प्रतियोगिता सुरु हुन लागेको छ । २०६९ सालदेखि खेल उत्सवको रूपमा परिचित "हिसान स्पोर्टस् मिट २०८२" माघ १५ देखी २८ गतेसम्म तय भएको हो । सुनसरी जिल्लाभरिका २५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने भएका छन् । १२ औँ संस्करणको स्पोर्ट्‌स मिटमा कक्षा १० सम्म १० विधामा ४१ खेल र कक्षा ११ र १२ का विद्यार्थीको लागी ११ विधाका ३४ खेल हुँदैछ्न् । स्पोर्ट्स मिटलाई विद्यार्थी, अभिभावक र विद्यालयले उत्सवकै रूपमा ग्रहण गर्ने गरेको हिसान सुनसर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ३१४ पटक पढिएको
  • ताप्लेजुङका समानुपातिकतर्फ १८ जनाको नाम बन्दसूचीमा समावेश

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो । निर्वाचन आयोग नेपालले यसअघि सार्वजनिक गरेको बन्दसूची विवरणअनुसार ताप्लेजुङबाट विभिन्न १२ राजनीतिक दलका १८ जनाको नाम बन्दसूचीमा समावेश भएको छ । बन्दसूचीमा पर्ने नामअन्तर्गत नेपाली कांग्रेसकी गीताकुमारी सेन्दाङ रहनुभएको छ । सेन्दाङको नाम आदिवासी जनजाति महिलातर्फ बन्दसूचीको १ नम्बरमा रहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र पोमु (आरसी) को नाम पनि बन्दसूचीमा परेको छ । आ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २२१ पटक पढिएको
  • सुनसरी ३ मा भगवति चौधरी , स्थानीय विकासदेखि गरिवको सारथीसम्म

    इटहरी । राजनीति गर्ने मान्छेमा राजनेता हुने गुण चाहिन्छ । यही भनाईलाई सार्थकता दिँदै आएकी भगवती चौधरीलाई सुनसरी ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले अघि सारेको छ । उनी महिला शशक्तिकरणका लागि निकै सक्रिय मानिन्छिन् । जसका कारण एमाले समर्थकले मात्रै होइन हरेक तह तप्का र हरेक पार्टीमा आश्था राख्नेहरुले उनलाई मन पराउँछन् । त्यसमाथि कैयौं युवाहरु त उनको पथ पच्छाएर उद्यमशीलताको बाटोमा अग्रसर छन् ।यस अघि सांसद हुँदा भगवती चौधरी बेलायतमा सम्मानीत भएकी थिइन् । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रम

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ३७३ पटक पढिएको
  • राइजिङ इनरुवा युथ क्लबद्वारा सुनसरी बहुमुखी क्याम्पसलाई पुस्तक वितरण

    इटहरी । सामाजिक उत्तरदायित्व अन्तर्गत राइजिङ इनरुवा युथ क्लबले सुनसरी बहुमुखी क्याम्पसलाई उपहार स्वरूप पुस्तक वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययन(अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले क्याम्पस पुस्तकालयका लागि विभिन्न विधाका उपयोगी पुस्तकहरू प्रदान गरिएको हो। क्लबका अध्यक्ष श्री महेश्वर शाह, सल्लाहकार लालबहादुर पण्डित, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। क्याम्पस प्रशासनले यस्तो सहयोगले शैक्षिक वातावरण अझ सुदृढ हुने बताउँदै राइजिङ इनरुवा युथ क्लबप्रति धन्यवाद व्यक्त गरेको छ । क्लबका प्रतिनिधिले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २५० पटक पढिएको
  • इटहरीका नगर प्रमुखलाई आरोप प्रमाणित गर्न निजी विद्यालय सञ्चालकको चुनौती

    इटहरी । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर आगजनी गर्न उक्साएको भन्ने आरोपको कडा शब्दमा खण्डन गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले नगर प्रमुख पौडेलका अभिव्यक्ति कपोलकल्पित र आधारहीन भएको दाबी गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती पनि दिएका छन् । नगर प्रमुख पौडेलले भदौ २३ र २४ मा भएको देशव्यापी जेनजी आन्दोलन र प्रदर्शनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको भन्ने आशयको अभिव्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ७२२ पटक पढिएको
  • सुनसरी रोटर्याक्ट क्लबद्वारा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण

    इटहरी । सुनसरी रोटर्याक्ट क्लबद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरिएको छ। जेन–जि  आन्दोलनका क्रममा भएको आगलागी पश्चात् भइ आउने समस्याहरूलाई मध्यनजर गर्दै, रोटर्याक्ट क्लब अफ सुनसरीले इन्टर्याक्ट क्लब अफ विश्व आदर्श स्कूलसँग सहकार्य गर्दै उक्त उपकरण हस्तान्तरण गरेको रोटर्याक्ट क्लब अफ सुनसरीकी अध्यक्ष आरटिआर सृचा पराजुलीले बताइन्। पराजुलीले क्लबका युवा सदस्यहरूको सामाजिक उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धता स्वरूप आगो नियन्त्रण र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त उपकरणहरू हस्तान्तरण गरिएको बताइन्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ३२८ पटक पढिएको
  • प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरको कुम्मायक कुसायकलाई

    इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ ।  साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङलाई फाइनल खेलमा ४–२ गोलअन्तरले पराजित गर्दै कुम्मायक कुसायकले उपाधि जितेको हो । उपाधि जितसँगै कुम्मायक कुसायकले तीन लाख दुई हजार ८२ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको साथीभाइ सामाजिक युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँ तथा ट्रफी, पदक र प्रमाणपत्र पायो ।  बसन्त पञ्चमीको अवसरमा स्थानीय प्रगतिशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता माघ ९ गते सुरु भई मङ्गलबार सम्पन्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २२६ पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

    इटहरी । झापाको मेचीनगर नगरपालिका–७, नमुना टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएकी बिर्तामोड नगरपालिका–७ निवासी ५४ वर्षीया कल्पना भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ निवासी ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन् । काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारका लागि बी एन्ड सी अस्पताल भर्ना गरिएको र उपचारकै

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १९१ पटक पढिएको
  • इलामका बाढीपीडित चिया किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत वितरण

    इटहरी । गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ । संघले आफ्नो आन्तरिक श्रोतबाट सहकारीमा आवद्ध साना चिया किसानलाई प्रतिपरिवार नगद दश हजारका दरले राहत उपलब्ध गराएको संघका महासचिव रविन राईले बताउनुभयो । राईका अनुसार हिलटप चिया सहकारी सस्था देउमाइ –३ का नरबहादुर तामाङ, देउराली चिया सहकारी सस्थाका देउमाई –८ का नरबहादुर मगर, अजम्बरे चिया  सहकारी संस्था देउमाई –८ का  निर्मला खनाल भण्डारी, रत्नचोक चिया सहकारी संस्था सूर्योदय –१० का सोमबहादुर लिम्बु, सुन्दरपानी चिया सहकारी संस्था सूर्योदय –९ का प्रेम लामा

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २६४ पटक पढिएको
  • धनकुटालाई नमुना जिल्ला बनाउने राजेन्द्र राईको प्रतिबद्धता

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा ९एमाले० धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी उहाँले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।  त्यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने तथा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालि

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]