इटहरी । नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने मुन्दुम पदमार्ग पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको छ । पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढेको छ । भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लालाई जोड्ने यो पदमार्गले नेपालको पूर्वी पहाडी क्षेत्रको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई संसारभर चिनाउदै छ । पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । करिब १५६ किलोमिटर लामो यो ट्रेल किराँत समुदायको संस्कृति, इतिहास र परम
इटहरी । सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत बर्जु गाउँपालिकामा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीप्रति स्थानीय महिलाको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ। बाढी, विपद् र अन्य कठिन परिस्थितिमा सधैँ जनताको साथमा उभिँदै आएकी चौधरीलाई पुनः संसद् पठाउने प्रतिबद्धता महिलाहरूले व्यक्त गरेका छन्।बर्जु–३ की लक्ष्मी बुढाथोकीले भनिन्, “बाढी पीडित हुँदा होस् वा अन्य समस्या पर्दा, दिदी सधैँ आइपुग्नुहुन्छ। एक फोन गर्दा पनि तुरुन्तै आउनुहुन्छ। अरू नेताहरू कहाँ देखिन्छन् ?” उनले थपिन्, “आफ्नो मान्छे आफ्नै हुन्छ। हामी छातीमा हात राखेर भन्छौँ—दिदीलाई जसरी पनि जिताएर पठाउँछौँ।”चुनावका बेला ठूला आश्वास
इटहरी । झापा क्षेत्र नं। ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ र ३ मा लागू हुने गरी नेकपा ९एमाले० र राप्रपाबिच तालमेल रहेको थियो । यो क्षेत्रमा तत्कालीन अवस्थामा सत्ता गठबन्धनका रूपमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच तालमेल रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा शीर्ष नेताहरूबिच तालमेल हुने हल्लाका कारण मतदाता अन्योलमा रहेका छन् । तर स्थानीय राजनीतिक दल तथा केन
इटहरी। भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् । भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुस
इटहरी। सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको छ । गौरादह–४ भित्री सडकखण्डमा पर्ने रामचन्द्रे खोलाको पुलबाट ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीय
इटहरी । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिसक्नु भएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको हो । बराल यस अघि उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो । तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प
इटहरी। सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसा
इटहरी । प्रदेशसभा सचिवालयले आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्न विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह भाडामा लिएको छ । आगामी ६ महिनाका लागि प्रदेशसभा सचिवालयले सभागृह भाडामा लिएको हो । कोशी प्रदेशसभा सचिवालय र सभाहल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरी सम्पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । त्यसपछि विराटनगर नजिकै रहेको कटहरी गाउँपालिका १ स्थित तरकारी तथा फलफूल थोक बजारको भवनमा सचिवालय स्थानान्तरण गरिएको छ । यस अवधिमा प्रदेशसभा सञ्चालन गर्न आवश्यक सभाहल निर्माण भएको छैन । त्यसैले सचिवालयले महानगरपालिकासँग मासिक ८ लाख रुपियाँ भाडा तिर्ने गरी ६ महिनाका लागि सभाहल भाडाम
इटहरी । मोरङको रङ्गेली–५, बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका(५, बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५, धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए । मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबिच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आउनुभएको थियो । श्रीमानले चक्कुले प्रहार गर्
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । यहाँ प्रमुख राजनीतिक दलमध्ये नेपाली कांग्रेसले कुनै पनि क्षेत्रमा महिला उम्मेदवार बनाएको छैन भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एमालेले चारमध्ये एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक, जनता समाजवादी पार्टीले एक, नेपाली कम्युनिस्ट पार्टीले एक जना महिला उम्मेदवार बनाएको छ । जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा कुल १०८ जनाको उम्मेदवारी दर्ता हुँदा १९ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । यो सङ्ख्या कुल उम्मेदवारको करिब १७।६ प्रतिशत मात्रै हो ।प्रमुख राजनीतिक दलबाट नेकपा ९एमाले० ले निर्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.