All Posts By कोशी प्रेस

    Showing ३,३६१-३,३७० of १३,५७२ items.
  • इलाममा फागुन २१ को निर्वाचनअघि आचारसंहिता कार्यान्वयन र उम्मेदवार सुरक्षामा जोड

    इटहरी। आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ । निर्वाचन नजिकिंदै गर्दा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा छलफल गरेको हो । कार्यक्रममा आउँदो निर्वाचनका लागि अघिल्ला निर्वाचनको भन्दा निर्वाचन आचारसंहिता धेरै परिवर्तन भएको जानकारी दिइएको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले  यस पटकको निर्वाचनमा दल र उम्मेदवारले गर्न हुने र नहुने कार्यबारेमा जानकारी गराउनुुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २६६ पटक पढिएको
  • देश बनाउने र बदल्ने शक्ति रूपान्तरित कांग्रेसमा रहेको नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाको भनाइ

    इटहरी । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस ुजेनजीु को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो । अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।कांग्रेसले १०६ जना नयाँ अन

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २१३ पटक पढिएको
  • झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ आतङ्क

    इटहरी । झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । बाघले बाख्रा खान थालेपछि स्थानीयहरू त्रसित भएका छन् । झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखिइएको हो । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  उहाँका अनुसार दुई वटा ब्याउने बाख्रा बाघले मार्दा करिब ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । बाघको खोजी भए पनि पत्ता नलागेको बताइएको छ । यसभन्दाअघि चितुवा पनि यस क्षेत्रमा देखिँदै आएको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २०२ पटक पढिएको
  • ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ

    इटहरी । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन ९हेक्याफ–३६०० ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो। स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दैआएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ। हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोहीअनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १४६ पटक पढिएको
  • रास्वपाद्वारा नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी

    इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरणलाई तीव्रता दिँदै सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरीद्वारा जारी गरिएको पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा पार्टीलाई बलियो, सुदृढ र व्यवस्थित बनाउँदै लैजान थापाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।पत्रअनुसार पार्टी निर्माण तथा संगठन विस्तारका लागि सचिवालयको कामकाज जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक ठानी थापालाई मनोनयन गरिए

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ५९७ पटक पढिएको
  • उच्च अदालत विराटनगरद्वारा जिल्ला अदालत मोरङको फैसला आंशिक उल्ट्याइयो, गोरे भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष जेल सजाय

    इटहरी। बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत मोरङले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद ९२० वर्ष० को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २१३ पटक पढिएको
  • ताप्लेजुङमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५५ पदकसहित मैवाखोला गाउँपालिका प्रथम

    इटहरी । ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार यहाँका आठ वटा स्थानीय तहलाई पछि पार्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो ।समिति अध्यक्ष लिम्बूका अनुसार १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २२० पटक पढिएको
  • झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना घाइते

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् । यही माघ २४ गते राति बुद्धशान्ति २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र।१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे। १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ६ का ३५ वर्षीय प्रविण आङदेम्बे र सोही मोटरसाइकलमा सवार पाँचथर फाल्गुनन्द ७ घर भई हाल बिर्तामोड १ बस्ने ४८ वर्षीय हरि आङदेम्बे घाइते हुनुभएको थियो । घाइते दुबै जनालाई उपचारका

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५७ पटक पढिएको
  • मेघालय कोइलाखानी विस्फोटमा मृत्यु भएका खोटाङ बराहपोखरीका तीन युवाको सिलाङमा अन्त्येष्टि, सरकारी सहयोग नपाएको आफन्तको गुनासो

    इटहरी। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो। माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो। पूर्णबहादु

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २१३ पटक पढिएको
  • खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडियो

    इटहरी  । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो ।खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोशीमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो ।  अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]