इटहरी । बराहक्षेत्र नगर अस्पतालले मासिक रूपमा मोतियाबिन्दुको अप्रेसन कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। चक्रघट्टीस्थित नगर अस्पतालअन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमार्फत बिरामीहरूको निःशुल्क आँखा परीक्षण गर्नुका साथै मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउँदै आइएको हो। वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठान र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो। नगर क्षेत्रका आर्थिक रूपमा विपन्न तथा दूरदराजका नागरिकहरूलाई आफ्नै क्षेत्रमा सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले निःशु
इटहरी स् रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुन्दरहरैँचा र शिवसताक्षीका दुई दाजुभाइको कुशको शवको आकृति बनाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ।सुतार कार्की कुलपूजा समाजका सदस्यसमेत रहेका शिवसताक्षी–१०, टेक्राका कुलबहादुर कार्की र सुन्दरहरैँचा–१२, काफ्ले टोलका सूर्यबहादुर कार्की भदौ १० गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ। बेपत्ता दुवै जनाको खोजी गर्दा समेत अवस्था पत्ता लाग्न नसकेपछि सुतार कार्की कुलपूजा समाजमा आबद्ध बन्धुबान्धवबीच छलफल र सरसल्लाह गरी कुशको शवको आकृति बनाएर धार्मिक विधिअनुसार
इटहरी स् नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट–३।०’ झापाको बिर्तामोडमा सुरु भएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्।कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श व्यवसायीलाई विद्यार्थी विदेश पठाउने भूमिकामा मात्र सीमित नरही कोशी प्रदेशको शैक्षिक विकासमा समेत योगदान गर्न आग्रह गरे। उनले विदेश अध्ययनका लागि विद्यार्थी पठाउनेसँगै नेपालमै, विशेषगरी कोशी प्रदेशमा विभिन्न विषय अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना बनाउनुपर्ने बताए। प्रदेश सरकारले त्यस्ता योजनाम
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ९३ लाख ७२ हजार २५० रुपियाँ खर्च भएको छ । शनिबार फुङलिङ बजारको तोक्मेडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो ।प्रतियोगिता सम्पन्न भएको १५ दिनमै आयोजक लाखेजात्रा सञ्चालन समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो । सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताबाट हालसम्म ६५ लाख ८८ हजार ५९९ रुपियाँ समितिको खातामा प्राप्त भएको छ । बोलकबोल तथा सम्झौता भएका ३५ लाख पाँच हजार रुपियाँ भने प्राप्त हुन बाँकी रहेको छ । उक्त रकम प्राप्त भएपछि प्रतियोगितामा खर्च भएको रकम
इटहरी। संविधान जारी भएको एक दशकमा कोशी प्रदेशका हिमालदेखि तराईसम्मका नागरिकले राज्यसँगको पहुँच बढाएको अनुभूति गर्न थालेका छन् । स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहसम्म निर्वाचित जनप्रतिनिधिमार्फत शासन सञ्चालन, महिला तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व, मौलिक हकको संवैधानिक सुनिश्चितता र राज्यका सेवामा नागरिक सहज पहुँच पुग्नु संविधानको महत्त्वपूर्ण उपलब्धि भएको कोशी प्रदेशका विभिन्न पेसाकर्मीको भनाइ छ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक तथा लैङ्गिक विभेद अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्यायसहि
इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १० औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। शनिबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो। इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ। कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो। नयाँ बिक्री केन्द्रबाट ग्राहकले स्मार्ट घडी, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंक लगायत अल्टिमाका विभिन्न उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन्। १०औँ बिक्री केन्द्र उद्घाटनको अवसरमा कम्पनीले ग्र
इटहरी स् इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका छन् ।शुक्रबार साँझ इटहरी–१२ संविधान चोकस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र।१–०२–०४७ प २९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका दर्जीलाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउकोमा चोट लागेका दर्जीलाई तत्काल वेदान्त अस्पताल इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उपचारका क्रममा राति १०ः३५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–४ का ३७ वर्षीय मम
इटहरी स् बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई १० दिनदेखि सम्पर्कविहीन भएकी छन्। भदौ २३ गते घरबाट निस्किएकी उनी त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन्।परिवारका अनुसार मनिलाको खोजीका लागि आफन्त, चिनजानका व्यक्ति तथा सम्भावित स्थानमा खोजी गरिएको छ। उनको अवस्थाबारे इलाका प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको परिवारले जनाएको छ। घरबाट निस्किएपछि मनिलालाई बिर्तामोड पश्चिम स्टेन्ड आसपासमा देखिएको जानकारी परिवारले पाएको थियो। त्यसपछि भने उनको अवस्था अज्ञात रहेको उनका दाजु सोमबहादुर राईले बताए।‘नौ दिन भयो, घरबाट हिँडेको अहिलेसम्म पत्ता लागेको छैन। सबैतिर खोजी गरिसक्यौँ,’ सोमबहादुरले भ
इटहरी स् ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक व्यक्ति सुनसरीबाट १ हजार ४ सय ५४ किलोभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।प्रहरीले इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई शनिबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गर्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पिकअपमा ४७ पोका गाँजा लोड गरिएको अवस्थामा यादव पक्राउ परेका हुन्। बरामद गाँजाको नापतौल गर्दा १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम रहेको कोशी प्रदेश प्रहरी प्रवक्
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। झापामा भने वडा अधिवेशनको तयारी अघि बढाउँदै १३१ वटै वडाका लागि निर्वाचन अधिकृत तोकिएको छ।नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रको एकताबाट मात्रै देश निर्माण र समृद्धिको आधार तयार हुने बताए। नेपाली कांग्रेस झापाले बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखे। थापाले पार्टीको इतर पक्षलाई समेत असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आग्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.