All Posts By कोशी प्रेस

    Showing ३,२४१-३,२५० of १३,५७२ items.
  • नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको चेतावनी

    इटहरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल नारा लगाएर मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ द्वारा बिहीबार धरानमा आयोजित प्रतिबद्धता घोषणा सभा लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।उपसभापति शर्माले विगत ७५ वर्षदेखि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको पूर्ण कार्यकाल चलाउन नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नै विकासको बाधक भएको टिप्पणी गर्नुभयो ।गत भदौको युवा आन्दोलन ९जेनजी० का क्रममा ज्यान गुमाएका युवाको प्रसङ्ग स्मरण गर्दै उपसभापति शर्माले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने चेतावन

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २०४ पटक पढिएको
  • प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान सम्पन्न

    इटहरी। आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न नमुना मतदानमा ८० जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका थिए ।नमुना मतदानमा अपाङता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने रु मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको थियो ।  मतदान पछि आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नमुना मतदानमा मतदाता, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि व्य

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २०३ पटक पढिएको
  • देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ

    इटहरी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ । मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडेका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुझाउनुभएको छ । भोट दिने कार्य छोरी दि

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २१२ पटक पढिएको
  • लायन्स र लियो क्लबका नयाँ नेतृत्वको संयुक्त पदस्थापन समारोह सम्पन्न

    इटहरी  | लायन्स / लियो क्लब इटहरी पाथिभरा, लायन्स क्लव अफ इटहरी प्रोफेसनल र लायन्स क्लव अफ इटहरी पचरूखीको संयुक्त पदस्थापन  समारोह सम्पन्न भएको छ।२०२५–२६ कार्यकालका लागि लायन्स क्लब अफ इटहरी पाथिभराका अध्यक्ष कमल प्रसाद तिम्सिना , लायन्स क्लव अफ इटहरी प्रोफेसनलका अध्यक्ष देबेन्द्र शाह लायन्स क्लव अफ इटहरी पचरूखीका अध्यक्ष  चन्द्र गुरागाई ,लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुश डुङ्गेल , उपाध्यक्ष सन्जिप तिम्सिना सहित अन्य सदस्यहरूलाई पदस्थापन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सि का गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • ४३० पटक पढिएको
  • पहिलो पटक भोजपुरमा आमाको नामबाट नागरिकता जारी

    इटहरी । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ । गरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, पत

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १७८ पटक पढिएको
  • खोटाङ जिल्ला अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया सुरु

    इटहरी । खोटाङ जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिनुभयो । अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यक

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २३२ पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

    इ्रटहरी ।  झापाको बाह्रदशी गाउँपालिका–१, बोक्राझारीमा बिहीबार बिहान जङ्गली हात्तीको आक्रमणबाट परेर एक महिला गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ५ः३० बजेतिरको समयमा स्थानीय लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीलाई घरमा नै हात्तीले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बनाउँदै गरेको पक्की घरमा बिहान उठेर पानी  हाल्ने क्रममा एक्कासि हात्तीले आक्रमणमा गरेको प्रारम्भिक रूपमा जानकारी प्राप्त भएको छ । उहाँका अनुसार नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट उक्त हात्ती आएको हो । हात

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १६३ पटक पढिएको
  • भोजपुर बस दुर्घटनामा घाइते सबै नेपाली सेना खतरामुक्त

    इटहरी । भोजपुरमा निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परी घाइते भएका सबै सेनाका जवानहरू खतरामुक्त भएका भएका छन्।दुर्घटनामा परेकामध्ये १७ जनालाई उपचारका लागि काठमाडौं लगिएकोमा उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं लगिएकोहरूमा १५ जना नेपाली सेनाका जवान तथा बसका चालक र सहचालक गरी दुई जना सर्वसाधारण रहेका छन्। यसअघि गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं र अन्यलाई इटहरीस्थित सैनिक अस्पताल पठाइएको भनिए पनि पछिल्लो अपडेट अनुसार गम्भीर र मध्यम घाइते गरी १७ जनालाई नै काठमाडौंमा

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २१२ पटक पढिएको
  • षडानन्द नगरपालिकाद्वारा आङ्ग खस्ने समस्या न्यूनीकरण अभियान, पाँच महिलाको सफल शल्यक्रिया

    भोजपुर | षडानन्द नगरपालिका ले महिलाहरूमा देखिने आङ्ग (पाठेघर) खस्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले पाँच जना महिलाको सफल शल्यक्रिया गराएको छ।“महिलाहरूको आङ्ग खस्ने समस्या मुक्त नगर” बनाउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत यस वर्ष नगरपालिकाका चौध वटै वडाका स्वास्थ्य चौकीहरूमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको थियो। स्क्रिनिङपछि शल्यक्रिया आवश्यक पर्ने पाँच जना महिला पहिचान भएका थिए।पहिचान भएका सबै महिलाले शल्यक्रियामार्फत उपचार गराउने निर्णय गरेपछि जिल्ला अस्पताल धनकुटा का चिकित्सकहरूको प्राविधिक सहयोग र भोजपुर जिल्ला अस्पताल को समन्वयमा सफल शल्यक्रिया  गरिएको हो।अस्पताल प्रश

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • ३७९ पटक पढिएको
  • मेची भन्सारको सात महिनामा ९ अर्ब ९२ करोड राजस्व सङ्कलन

    इटहरी । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]