इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। २ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा ४५ वर्षीया विमला राईलाई धारिलो हतियार हँसियाले गर्दनमा प्रहार गरेका थिए । शनिबार मरणासन्न हुनेगरी घाइते बनाएर आफैँ अस्थाई प्रहरी पोष्ट माडिबास पुगी जानकारी गराएको चापागाईँले जानकारी दिनुभयो । घटनापछि प्रहरी टोलीले घाइते विमलालाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएकोमा उपचारको क्रममा गएराति १ बजेतिर चिकित्सकले मृत घोषणा
इटहरी। झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले राससलाई जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । छातीमा गम्भीर चोट लागेका उहाँको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्
इटहरी। नेपालीका काँग्रेसको पन्ध्रौँ महाधिवेशन अन्तरगत धनकुटाका सात स्थानीय तहका ६० वडामै वडा अधिवेशन सम्पन्न भएको छ ।शनिबार साँझसम्म लगाएर सम्पूर्ण वडामा अधिवेशन सम्पन्न गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । सम्पूर्ण वडामा नयाँ कार्यसमिति चयन गरी क्षेत्रीय प्रतिनिधि छनौट गरिएको पार्टीका जिल्ला सहसचिव राम रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ६० वडाबाट कुल वडासभापति बाहेक एक हजार तीन सय ८० प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।पार्टी सभापति दिनेश राईका अनुसार सबै वडामा शान्तिपूर्ण रूपमा निर्विरोध वडा समिति र प्रतिनिधि चयन भएका हुन् । जिल्ला वडा अधिवेशन सम्पन्न भएसँगै नगर र जि
काठमाडौं । नेपाली फिल्ममा एक्सन र मनोरञ्जनलाई केन्द्रमा राखिएको बहुप्रतीक्षित फिल्म आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। फिल्मका निर्माता, निर्देशक तथा मुख्य अभिनेता निखिल उप्रेतीले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन्।ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको ट्रेलर तीव्र द्वन्द्व, आकर्षक भिजुअल र एक्सनले भरिपूर्ण छ। ट्रेलरमा समावेश संवाद तथा दृश्यहरूले फिल्म बदला, द्वन्द्व र एक्सनको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।ट्रेलरमा ‘तू तबाही है, मैं विनाशक हूँ’ र ‘नो रिभाइभ, नो अन, सिर्फ एक्सन’ जस्ता संवाद समावेश छन्। निखिल उप्
इटहरी। सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।चम्राही टोलमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक हजार चार सय ५४।८७ केजी ९साढे १४ क्विन्टल बढी० गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार भोक्राहा नरसिंह गाँउपालिका वडा नं। ५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई को १ च ८२७९ नम्बरको टाटा पिकअप गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । बरामद गरिएको गाँजा, पिकअप गाडी र नियन्त्रणमा लिइएका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्
इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११औं वर्ष प्रवेश गरेको ऐतिहासिक दिनको स्मरण गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ ।२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको संविधान जारी भएको अवसरमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरेको हो । शनिबार बिहान विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कवाज प्रदर्शन गरेका थिए भने विभिन्न १६ जातजा
इटहरी स् जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले संविधानका व्यवस्था र यसको मर्मबारे विद्यार्थी तथा युवाले बुझ्न जरुरी रहेको बताएका छन्।संविधान दिवस २०८३ को अवसरमा शनिबार सुनसरीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मेहताले संविधानबारे सही जानकारी नहुँदा विभिन्न समयमा अनावश्यक द्वन्द्व सिर्जना हुने गरेको बताए। उनले नेपाली जनताले बनाएको वर्तमान संविधानका सकारात्मक पक्षबारे विद्यार्थी र युवालाई जानकारी गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नेपालको संविधान देशको मूल कानुन भएकाले यसको मर्म र
सुन्दरहरैचा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन प्रक्रिया सुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ मा भने अधिवेशन अघि बढ्न सकेन। अधिवेशन रोकिएसँगै यसको कारणलाई लिएर कांग्रेसभित्रै विवाद चर्किएको छ।मोरङ–६ मा वडा अधिवेशन रोकिएको विषयमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले क्रियाशील सदस्यता व्यवस्थापन तथा अधिवेशन तयारीमा देखिएको विवादकै कारण वडा अधिवेशन प्रभावित भएको दाबी गरेका छन्।कार्यकर्ता तहमा क्रियाशील सदस्यता वितरणमा संग्रौलाको प्रभाव र हस्तक्षेप रहेको आरोपसमेत उठेको छ। नेताहरूका अन
इटहरी । मोरङको सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीको सृजनशील बाल क्लबको आयोजनामा ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ। सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी प्रतियोगितामा १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा १०५ अङ्क सहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय द्वितीय, ९५ अङ्क सहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तृतीय र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएका छन्। विजयी विद्यालयहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना हुने टोलीलाई ट्रफी, मेडल
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उप– प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.