All Posts By कोशी प्रेस

    Showing २,७६१-२,७७० of १३,५६४ items.
  • इटहरीको जनसहयोग माविमा लागू औषध विरुद्ध विद्यार्थी सचेतना

    इटहरी । लागू औषध दुव्र्यसनको बढ्दो जोखिमबाट युवा पुस्तालाई जोगाउन इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित जनसहयोग माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ बाल सञ्जालको आयोजना, वडा नं. २ वडा कार्यालयको समन्वय र जनसहयोग माध्यमिक विद्यालयको सह–आयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा ११ का ३५ जना विद्यार्थीहरू सहभागी थिए । वडा नं. २ बाल सञ्जालका अध्यक्ष सविन तिम्सिनाले कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। सञ्जालको तर्फबाट युवा र विद्यार्थीहरूलाई सामाजिक विकृति विरुद्ध गोलबन्द गर्ने अभियानको नेतृत्व गरिरहनुभएका तिम्सिनाले कार्यक्रमको उद्देश

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १५७ पटक पढिएको
  • क्यान्सर उपचारबारे फैलिएको भ्रमप्रति बीपी प्रतिष्ठानको खण्डन

    इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरीय नहुने भन्ने भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सामाजिक सञ्जाल मार्फत फैलाइएका तथ्यहीन दाबीले प्रतिष्ठान प्रति अविश्वास सिर्जना गर्न खोजिएको बताइएको छ । प्रतिष्ठानका अनुसार स्थापना काल देखि नै करिब तीन दशक देखि क्यान्सर बिरामीको उपचार हुँदै आएको छ । पूर्वी नेपालमा क्यान्सर सम्बन्धी शल्यक्रिया सेवा सुरु गर्ने पहिलो संस्थामध्ये यो अग्रणी रहेको दाबी गरिएको छ । हाल क्यान्सर उपचारका दुई प्रमुख स्तम्भ शल्यक्रिया र सिस्टेमिक थेरापी नियमित र गुणस्तरीय रूपमा सञ्चालनमा छन् भने रेडियोथ

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २०९ पटक पढिएको
  • रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

    इटहरी।  रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रूपमा विकास गरिएको हो ।सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताउनुभयो । कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उहाँले बताउनुभयो । शङ्करबेली वन उपभोक्ता स

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १८२ पटक पढिएको
  • वीरेन्द्र शाहको नेतृत्वमा चलचित्र पत्रकार संघ कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

    इटहरी । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन हुनुभएको छ ।  महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन हुनुभएको छ । सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन हुनुभएको छ ।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई सुमित्रा, विकल श्रेष्ठ चयन हुनुभएको छ । चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको सभापतित्वमा विराटनग

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १४५ पटक पढिएको
  • विराटनगर–१९ बैजनाथपुरमा हाइब्रिड चार्जिङसहित आधुनिक फ्युल सेन्टर सञ्चालन

    इटहरी । विराटनगर महानगरपालिका–१९, बैजनाथपुरमा पुरानो पेट्रोल पम्प न्यु कान्तिपुर फ्युल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलाल चोक–विराट चोक सडकखण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोल पम्पपरिसरमा अहिले विद्युतीय ९इभी० चार्जिङ स्टेसन पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारीलक्षित पुनर्संरचना गरिएको चार्जिङ तथा फ्युल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्ने छ । त्यसबाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुने छ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोल पम्पलाई पनि नयाँ र त्यही परि

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १९५ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङमा अस्पताल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही प्रक्रिया सुरु

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७÷७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ३०१ पटक पढिएको
  • झापाको दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

    इटहरी । झापाको दमक नगरपालिका वडा नं १० स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण फैलिन नदिन २० मिटर वरिपरि क्षेत्रलाई संकटग्रस्त घोषित गरी विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।  संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। सञ्चा

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १९५ पटक पढिएको
  • विश्व क्षयरोग दिवसः मोरङमा सङ्क्रमण र मृत्युदर बढ्दो

    इटहरी। सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएर रोकथाम, नियन्त्रण र उपचारमा सक्रियता देखाइरहेको भएपनि मोरङमा रोगको सङ्क्रमण र त्यसबाट हुने मृत्युदरमा कमी आउन सकेको छैन ।जिल्लामा स्वास्थ्य क्षेत्रको निरन्तर निगरानी र उपचारका प्रयास जारी रहँदा पनि क्षयरोगको सङ्क्रमण र मृत्युदर दुवै ग्राफ बढ्दा सरकारी लक्ष्यप्राप्तिमा चुनौती देखिएको छ ।स्वास्थ्य कार्यालय मोरङको पछिल्लो ३२ महिनाको तथ्याङ्क अनुसार जिल्लामा क्षयरोगको अवस्था नियन्त्रणतर्फ भन्दा पनि प्रशारणतर्फ उन्मुख देखिएको हो । यस अवधिमा मात्रै तीन हजार ४४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १०५ जनाले ज्यान गुमाइसकेका छन् । स्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २१७ पटक पढिएको
  • सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    इटहरी। झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमबार साँझ करिब ६ः३० बजे बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११–सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक कचनकवल–४ का ५० वर्षीय सुकदेब गणेशको मृत्यु भएको हो । घाइते गणेशलाई उपचारका लागि ओमसाइ पाथिभरा अस्पताल लैजानसाथ चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ । दुर्घटनामा संलग्न सिटी सफारी चालक कचनक

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ११५ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

    इटहरी  । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु भएको छ ।प्रहरीकाअनुसार सोमबार पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ बस्ने हरि श्रेष्ठका छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आफ्ना अभिभावक र आफन्तसँग आएका अढाइ वर्षीय बालक सोहन पाथीभरा दर्शन गरेर फर्कने क्रममा बिरामी भएका थिए ।पाथीभरा दर्शन गरी फर्कदै गर्दा बाटोमै बिरामी भएका बालकलाई दिउँसो ३ बजेतिर उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो । उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएका बालकलाई करिव ३स्२० बजे चिकित्सक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]