All Posts By कोशी प्रेस

    Showing २,५८१-२,५९० of १३,५५६ items.
  • ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि योजनामा साढे एक करोड खर्चिँदै

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपियाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपियाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपियाँ लागत साझेदारी रहने छ ।त्यस्तै कफ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १७७ पटक पढिएको
  • पाँचथरको फाल्गुनन्द गाउँपालिकामा हजार दिनका आमालाई पोषण सामग्री वितरण

    इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो । वितरण गरिएका सामग्रीमा अण्डा, चना, मटर दाल र आयोडिनयुक्त नुनलगायत रहेका छन् । पोषण अभाव न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । यसैबिच, वडामा निर्माण सम्पन्न स्वास्थ्य चौकी भवन उदघाटनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । नवनिर्मित भवनको उदघाटन गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले गर्नुभयो । उक्त कार्यक्

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २०२ पटक पढिएको
  • ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका स्थितआम्बेगुदिन माध्यमिक विद्यालयमा अक्षयकोषबाट ५६ विद्यार्थी सम्मानित

    इटहरी । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट ५६ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यहाँको आम्बेगुदिन माध्यमिक विद्यालयमा रहेको अक्षयकोषबाट सो सङ्ख्यामा विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।विद्यालयको ७५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमका बीच सोही विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई अक्षयकोषको रकमबाट सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईका अनुसार विद्यालयमा रहेका १३ वटा अक्षयकोषको रकमले विभिन्न विधामा छनोट भएका ५६ जना विद्यार्थीलाई एकैसाथ सम्मान गरिएको हो ।अक्षयकोषबाट सम्मानित विद्यार

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १६० पटक पढिएको
  • विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८ औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने

     इटहरी ।  कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।प्रतियोगितामा नेपालका वि

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८२ पटक पढिएको
  • ओखलढुंगामा दुई घरमा आगलागी हुँदा ५७ लाख बढीको क्षति

    इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान विद्युत् सर्ट भएर आगो सल्किँदा आचार्यका दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा भएका लत्ताकपडा, फर्निचर र सुनचाँदी लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख नगद समेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १७० पटक पढिएको
  • वराहक्षेत्रमा वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण र नृत्यकलाको प्रशिक्षण

    इटहरी । वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिनुभयो । कक्षा ६, ७ र  ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको थियो । प्रशिक्षण ५ दिनसम्म संचालन भएको थियो । शनिबार सम्पन्

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १४८ पटक पढिएको
  • झापामा सम्पन्न ‘मेरो कविताः द रिदम अफ पोएट्री’ सिजन–१, सोनाम पाल्जोर तामाङ विजेता

    इटहरी । झापाको दमकमा काव्य रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले सम्पन्न भएको छ । नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो रिदम एन्ड रियालिटी प्रतियोगितामा सिक्किमका सोनाम पाल्जोर तामाङ विजेता घोषित हुनुभएको हो । उक्त प्रतियोगिताको फिनाले विजेता तामाङले नगद ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ  । यस्तै , धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ हात पार्नुभएको छन् भने टोली प्रसाद राजवंशी दोस्रो उपविजेताले ७५ हजार रुपैयाँ र सेसे थामसुहाङ तेस्रो उपविजेता बन्दै ५० हजार रुपैयाँ सहित  भव्य समार

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १७४ पटक पढिएको
  • कोशी प्रदेशका स्वास्थ्य मन्त्री लिम्बूद्वारा ओखलढुङ्गा र सोलुखुम्बुका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन, जनसेवालाई थप प्रभावकारी बनाउन निर्देशन

    इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले ओखलढुङ्गा र सोलुखुम्बुको  जिल्ला अस्पतालहरू, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिनुभएको छ । दुवै जिल्लाका विभिन्न स्वास्थ्य अस्पताल तथा केन्द्रहरूमा अनुगमन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार केवल प्रक्रिया वा कागजी व्यवस्थापनको विषय नभई बिरामीको अनुभव, विश्वास र सेवाप्रतिको भरोसासँग जोडिएको विषय भएको बताउनुभएको छ । उहाँले अस्पतालहरूमा देखिएको समस्याहरू पहिचान गरी  आगा

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २१३ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाको दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२ र ८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले यस अवधिसम्म सम्पन्न भएका काम, सञ्चालनमा रहेका योजना र समग्र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म ४३.१४ प्रतिशत योजनाको काम सम्पन्न भई खर्च भइसकेको छ भने अ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • ३३३ पटक पढिएको
  • सवारी दुर्घटनामा अम्मर भुजेलको निधन

    इटहरी । इटहरी कान्छीचोक निवासी तथा हाल इटहरी–२ तरहरास्थित इपिल्यान्ड नजिक बसोबास गर्दै आउनुभएका समाजिक ब्यक्तित्व ५२ वर्षीय अम्मर भुजेलको सवारी दुर्घटनामा निधन भएको छ।परिवारका अनुसार, उहाँ २० गते बेलुकी करिब ७: १५ बजे तरहरा होम्सबाट घर फर्किने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा हस्पिटल पुर्‍याउँदा धरान घोपा क्याम्प डक्टरले  मृत्यु भइसकेको बताएको थियो ।उहाँको पार्थिव शरीरको पोस्टमार्टम आज दिउँसो करिब १:३० बजे सम्पन्न गरिएको छ। त्यसपछि दिउँसो २ बजे शान्तिनगरबाट कान्छीचोकस्थित घरमा ल्याइने र करिब ४ बजे बुढीगंगा मुक्तिघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]