All Posts By कोशी प्रेस

    Showing २,४४१-२,४५० of १३,५५६ items.
  • ताप्लेजुङको सिरिजङ्घाका मुख्य बजार क्षेत्रमा सीसी टिभी जडान

    इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) जडान गरिएको छ । अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सीसी टिभी जडान गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार चोरी, डकैतीसहितका अपराधजन्य घटना नियन्त्रण गर्न साथै नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सीसी टिभी जडान गरिएको हो । त्यस्तै, अपराधिक गतिविधिको अनुसन्धानमा सहजत ल्याउन र ट्राफिक व्यवस्थापन तथा सडक नियमन गर्ने उद्देश्यलेसमेत सीसी टिभी जडान गरिएको आङ्देम्बेले बताउनुभयो । उहाँका अनुसार ग

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १३६ पटक पढिएको
  • मेचीनगरमा सवारी दुर्घटना, प्रहरी हल्वदारको मृत्यु ,६ घाइते

    इटहरी। नयाँ वर्षको दिन झापामा अत्यधिक सवारी बढेको  छ । दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रहनुभएको छ । मङ्गलबार नयाँ वर्षका दिन  साँझ ५ः३० बजे मेचीनगर – २ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको मे ७ प ९६५ नं। मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम १२ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार वर्ष ३५ का सचिन तामाङ गंभीर घाइते हुनुभएको थियो  । त्यस्तै मोटरसाइकल चालक झापा अर्जुनधारा १ घर भई बीओपी बाहुनडाँ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १६५ पटक पढिएको
  • सिरुवा पर्वले सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ,मुख्यमन्त्री हिक्मत कुमार कार्कीको भनाइ

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तराई क्षेत्रमा बसोबास गर्ने थारू र मैथिली समुदायले मनाउने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा सिरुवा पर्व बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने उल्लेख गर्नुभएको छ । वैशाख महिनाको सुरुवातमा मनाइने यस पर्वमा पानी छ्यापेर एकअर्कालाई आशीर्वाद दिने तथा शीतलता बाँड्ने मौलिक परम्पराले समाजमा न्यानोपन र सहिष्णुता फैला

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १७४ पटक पढिएको
  • लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण

    इटहरी।  हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५  टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो । स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ । हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागुपदार्थ दुव्र्यसनबाट टाढा राख्ने तथा सामाज

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ११२ पटक पढिएको
  • कोशी कटानबाट बस्ती जोगाउन स्थायी तटबन्ध निर्माण सुरु

    इटहरी । कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा बिगबोल्ड अर्थात् ठुला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षा आउनुअगावै कटान रोकथामको काम सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय विराटनगरले दुई करोड ३२ लाख ९८ हजार ६९० रुपियाँको लागतमा ठेक्का सम्झौता गरी दुई छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत एक किलोमिटर लम्बाइ, नौ मिटर स्लोप उचाइ र डेढ मिटर धुरीको चौडाइ भएको बिग बोल्डर अर्थात् ठुला ढुङ्गा लगाएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको काम गरेको हो । विगतमा सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसे

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १६० पटक पढिएको
  • १७८ सुपरीवेक्षकसहित मोरङमा आर्थिक गणना

    इटहरी ।  मुलुकको आर्थिक सूचकांकको वास्तविक चित्र उतार्न बुधबार्देखि देशव्यापी रुपमा सुरु भएको तीन महिने ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ अभियानमा मोरङका १७८ जना सुपरीवेक्षक खटिनुभएको छ । आगामी असार पहिलो सातासम्म मोरङका १७ वटै स्थानीय तहहरुमा रहेका व्यवसायिक प्रतिष्ठानको विवरण संकलन गरिनेछ । जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले स्थलगत गणनाका लागि जनशक्ति परिचालित भइसकेको जानकारी दिनुभयो । यस गणनामा साना पसल र स्वरोजगारदेखि ठुला उद्योग, कलकारखाना, सरकारी तथा निजी विद्यालय, अस्पताल र गैरसरकारी संस्थासम्मको सम्पूर्ण विवरण संकलन गरिने बताइएको छ । आर्थिक गणनामा विशेषगरी १८ व

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १०६ पटक पढिएको
  • विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

    इटहरी ।  विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएAको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ५० औँ मिनेटमा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १९९ पटक पढिएको
  • हतुवागढी गाउँपालिका लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    इटहरी ।  भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् । लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो । उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविध

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १३६ पटक पढिएको
  • मुन्दुम पदमार्ग प्रवद्र्धनका लागि भोजपुरको चखेवामा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन

    इटहरी । मुन्दुम पदमार्ग प्रवद्र्धन तथा विकासलाई लक्षित गर्दै भोजपुर जिल्लाको चखेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन आयोजना गरिएको छ । सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्यका रूपमा रहेको मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सोमबार देखि चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा चखेवामा सुरु भएको रैथाने खाना महोत्सवअन्तर्गत मंगलबार अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा नेपालका सातै प्रदेशका प्रतिनिधिसँगै भारत, भुटान, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड र संयुक्त राज्य अमेरिका लगायत करिब एक दर्जन देश

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ३८५ पटक पढिएको
  • कोशी प्रदेशमा ६ आकस्मिक सेवा केन्द्र बन्दै, सुनसरीको योजना बजेट अभावले रोकियो

    इटहरी । कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । हालसम्म पाँच स्थानमा स्थापना प्रक्रिया अगाडि बढिसकेको छ भने सुनसरीमा भने आवश्यक बजेट व्यवस्थापन नहुँदा योजना अन्योलमा परेको छ । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वीस सरकारको सहकार्यमा स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा यी सेवा केन्द्रहरू स्थापना गरिने भएका हुन्। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा सेवा केन्द्र स्थापना प्रक्रिया अघि बढिसकेको छ ।  प्रत्येक केन्द्रमा कम्तीमा तीन वटा दमकल, शववाहन, उद्धार सामग्री तथा वाटर बोट लगायतका उ

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ३३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]