All Posts By कोशी प्रेस

    Showing २,४२१-२,४३० of १३,५५६ items.
  • उदयपुरमा सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र।३–०१–००६ ख ०३७५ नम्बरको ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार घाइतेहरू उदयपुरको बेलका नगरपालिका–६ लामिडाँडा बस्ने अन्दाजी ४० वर्षीय गजुरमान राई र उहाँकी ३५ वर्षीया बहिनी शान्ति राई रहनुभएको छ । घटनालगत्तै इलाका प्रहरी का

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १२० पटक पढिएको
  • दिक्तेलमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव

    इटहरी । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख ७ गतेसम्म सञ्चालन हुने मह

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १९७ पटक पढिएको
  • बर्जु गाउँपालिकामा गैँडाको खागसहित चार जना पक्राउ

    इटहरी ।  सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिनुभयो । झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १५६ पटक पढिएको
  • भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सव सम्पन्न

    इटहरी । रैथाने खाना र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यले भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सव सम्पन्न भएको छ । टेम्केमैयुङ गाँउपालिका , पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपि र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम टे«ल अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा चैत ३० गतेदेखि सञ्चालन भएको महोत्सव बुधबार सम्पन्न भएको हो । महोत्सवको समापन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारूङको प्रमुख आतिथ्यतामा गरिएको थियो । समापन अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएक

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १९० पटक पढिएको
  • चाररातेमा आयोजित साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

    इटहरी । तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । नवौँ फालेलुङ चौँरी पर्यटन महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा तीन सिमाना जनसेवा समाज, मेमेङलाई पराजित गर्दै सुर्योदय विजेता बनेको हो । उपाधिसहित सुर्योदयले ४० किलो चौंरीको घिउ पुरस्कार पायो । उपविजेता तीन सिमाना जन सेवा समाजले २० किलो घिउ पायो । २०७४ सालदेखि निरन्तर आयोजना हुँदै आएको फालेलुङ चौँरी पर्यटन महोत्सव यस वर्ष नवौँ संस्करणमा पुगेको छ । चौंरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सवका  चाररातेमा

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २१७ पटक पढिएको
  • नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक

    इटहरी ।  पूर्वेली लोकसंगीतको मिठास बोकेर उदाउँदै गरेका प्रतिभाशाली नवगायक दिलिप लिम्बुले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण सुरुवात गर्दै एकै साथ दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  मोरङको केराबारीमा जन्मिएर हाल सुन्दरहरैंचा–गोठगाउँमा बसोबास गर्दै आएका लिम्बुले “लैजाउला हङकङ सहरमा” र “मुलघाटैको पुलमा” बोलका गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरेका हुन्। नवप्रवेशी भए पनि संगीतप्रतिको गहिरो लगाव, निरन्तर मेहनत र आत्मविश्वासले भरिएका लिम्बुले प्रस्तुत गरेका यी गीतहरूमा पूर्वेली लोकसंस्कृतिको सुगन्ध पाइन्छ। दुवै गीतमा चर्चित गायिका सुनिता थेगिमको सुमधु

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २८४ पटक पढिएको
  • दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा

    इटहरी ।  दिक्तेल बजारमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा आएको छ । स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले कृषि मार्ट सञ्चालनमा ल्याएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभएको कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वाङ्गे दाल, लेकाली मकै, भटमास,सातु, कागुनो, नफलेको (ब्राउन) स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्याख्ला, जुवाइँ

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १६१ पटक पढिएको
  • प्रशासन कार्यालयद्वारा नौ महिनामा सोह्र हजार बढी सेवाग्राहीलाई सेवा प्रवाह

    इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नौ महिनाको अवधिमा सोह्र हजार बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । प्रशासन कार्यालयले पछिल्लो नौ महिनाको अवधि अर्थात चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चैत मसान्त सम्ममा कुल १६ हजार ३२ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ । प्रशासन कार्यालबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीसम्बन्धी र अन्य सेवा सेवाग्राहीलाई प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।  उहाँका

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २०९ पटक पढिएको
  • ठाडाराई अधिकारी सेवा समाजले बैशाख ५ गते देखि ९ दिने महापुराण आयोजना गर्ने

    इटहरी । ठाडाराई अधिकारी सेवा समाजले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि  पुराण आयोजना गर्ने भएको छ । झापाको सुरुङ्गा कोटीहवन स्थित समाजको आफ्नै भवनमा आगामी  बैशाख ५ गतेदेखि  १३ गते सम्म ९ दिने नारद महापुराण महायज्ञ  हुन लागेको हो । देश विदेशमा छरिएर रहेका सम्पूर्ण ठाडाराई अधिकारी बन्धुहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी भेटघाट गराउने र बंशावली खोज अनुसन्धान गर्ने उद्देश्यले २०५० सालमा डम्बर बहादुर अधिकारीको नेतृत्वमा बंशावली खोजबिन समिति नामको संस्था दर्ता गरी २ वर्ष लगातार पुराण लगाइयो ।  विविध कारणले यसलाई निरन्तरता दिन सकिएन । २०६७ साल फाल्गुण ८ गते पुनः

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २३३ पटक पढिएको
  • पुलमुनि नवजात शिशुको शव फेला, एक जना नियन्त्रणमा

    इटहरी । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए राति नवजात शिशु (छोरा) को शव फेला परेको हो । घटनाको बारेमा स्थानीयले जानकारी गराए लगतै प्रहरी चौकी धरमपुरको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]