All Posts By कोशी प्रेस

    Showing २,२०१-२,२१० of १३,५५३ items.
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा घर आँगनमै भत्ता पाएपछि वृद्धवृद्धा दङ्ग

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका वृद्धवृद्धा घर आँगनबाटै भत्ता रकम पाएपछि दङ्ग भएका छन् । गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेर घर आँगनमै सामाजिक सरक्षा भत्ता पाएपछि उनीहरु दङग भएका हुन् ।मैवाखोला गाउँपालिकाले वडा नम्बर ६ फाकुम्बामा बुधबार एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । फाकुम्बास्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित घुम्ती शिविरमा वृद्धवृद्धा अर्थात ज्येष्ठ नागरिकसहित ७८ जना लाभग्राहीले भत्ता रकम बुझेका छन् । घर आँगनमै आयोजित घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम पाएपछि लाभग्राही खुसी भएका हुन् । भत्ता रकमका लागि बैङ्क र कुनैबेला वडा कार्यालय धाउ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २१२ पटक पढिएको
  • माई, पुवा र जोगमाइ खोलामा बेलीब्रिज निर्माणको काम सुरु

    इटहरी। गएको असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलीब्रिज बगाएपछि पुनः इलामको पुवा खोला र जोगमाइ खोलाको बेलीब्रिजको काम थालिएको छ । मेची राजमार्गको वैकल्पिक मार्गका रुपमा निर्माण भइरहेका केचना कञ्चनजंघा सडकअन्तर्गत पर्ने पुवाखोला र मेची राजमार्गको गोदकस्थित सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाइ खोलामा पुनःबेलीब्रिजको काम थालिएको हो । मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक पटक–पटक पहिरो गएर भरपर्दो नभएपछि वैकल्पिक मार्गमा पर्ने खोलामा पुल निर्माणलाई तीब्रता दिइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।   केचना कञ्चनजंघा सडकबिचमा पर्ने माइखोलाको भासिएको बेलासे पुलमा प

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १७४ पटक पढिएको
  • इलामको कन्याममा सञ्चालनमा आउँदै देशकै पहिलो चिया परीक्षण तथा अनुसन्धान केन्द्र

    इटहरी । इलामको सूर्योदय नगरपालिका –७ कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि केन्द्र सञ्चालनमा आउने भएको हो । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड बढी लगानीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषिमन्त्री

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६६ पटक पढिएको
  • विराटनगरमा प्रहरी र परिवारका लागि निःशुल्क आँखा शिविर,२९९ जना लाभान्वित

    इटहरी । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबिच बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ । सातै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबिचमा  सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अभियानको सुरुआत कोशी प्रदेशबाट गरिएको छ । नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, तिनका परिवार तथा पूर्वप्रहरी कर्मचारीका लागि मङ्गलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा  २

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १३७ पटक पढिएको
  • अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार

    इटहरी । खोटाङ जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।  प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ । गृह मन्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १४५ पटक पढिएको
  • मैवाखोलामा घुम्ती शिविरबाट २ दिनमै १,७२१ जनाले सेवा पाए

    इटहरी ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं। १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् । पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८२ पटक पढिएको
  • त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुल्चोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो उक्त झोलुङ्गे पुलको निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्थानीयले सञ्चालनमा ल्याएका हुन्  । उक्त पुलबाट त्रियुगा नदी वारपार गर्न सर्वसाधारणलाई खुला गरिएको जानकारी दिँदै स्थानीय उपभोक्ता समितिका अध्यक्ष अमृतबहादुर अधिकारीले बर्सौंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १४० पटक पढिएको
  • जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट जंगली च्याउ टिपेर पकाएर खानासँगै खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्। बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। बिरामी हुनेमा हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बु, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बु र ७३ वर्षीया दलमाया लिम्बु रहनुभएको छ। उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १८९ पटक पढिएको
  • कोशीमा पत्रकारिता सुदृढीकरणमा जोड, मन्त्री पराजुलीको प्रतिबद्धता

    विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली सहभागी हुनुभएको थियो। साथै महासंघका केन्द्रीय सदस्य कमल रिमाल, सल्लाहकारहरू, विभिन्न सञ्चार संस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता, पेशागत मर्यादा तथा वर्तमान चुनौतीहरूका विषयमा खुला र

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २२५ पटक पढिएको
  • मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु

    इटहरी । मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा मंगलबार बिहान ११ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी परीक्षा दिएर फर्किदैँ गरेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]