All Posts By कोशी प्रेस

    Showing २,१२१-२,१३० of १३,५४० items.
  • कालाज्वर सङ्क्रमण देखिएका वडामा सचेतना र कीटनाशक अभियान

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाले गत वर्ष कालाज्वर देखिएका विभिन्न वडाहरूमा कीटनाशक विषादी छर्कने तथा चेतनामूलक अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ५, ६ र ७ मा कालाज्वर सङ्क्रमित व्यक्तिका घर तथा गोठहरूमा पुगेर कीटनाशक विषादी छर्केको हो । यो अभियानसँगै स्थानीयवासीलाई रोगको लक्षण, सावधानी र उपचारका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।यस गाउँपालिकामा विगत तीन वर्षयता ३४ जनामा कालाज्वर पुष्टि भइसकेको छ । तथ्याङ्क अनुसार गत वर्ष मात्रै नौ जनामा कालाज्वर सङ्क्रमण पुष्टि भएको अभिलेख छ । स्वास्थ्य शाखाका अनुसार कालाज्वर नियन

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २५१ पटक पढिएको
  • खेलमै जीवन समर्पित गरेका अनिरुद्र चौधरी : परालको ओछ्यानदेखि राष्ट्रिय खेलकुदसम्मको प्रेरणादायी यात्रा

    सुनसरी/ सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा जन्मिएका अनिरुद्र चौधरीले पठनपाठनसँगै खेलकुदलाई आफ्नो जीवनको मुख्य आधार बनाउँदै २०४५ सालदेखि एथलेटिक्समार्फत खेल यात्रा सुरु गर्नुभएको हो।कोशी अञ्चलबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै उहाँले दोस्रो, तेस्रो हुँदै कतिपय समयमा पहिलो स्थानसमेत हासिल गर्नुभएको छ। “सानैदेखि मलाई दौड अत्यन्त मनपर्थ्यो, त्यसैले एथलेटिक्स खेल रोजें,” चौधरीले भन्नुभयो।परिवारको निरन्तर साथ र समर्थनकै कारण खेल यात्रालाई निरन्तरता दिन सफल भएको उहाँ बताउनुहुन्छ। खेल क्षेत्रमा अहिलेको जस्तो सुविधा नभएको स्मरण गर्दै उहाँले त्यतिबेला खेलाडीहरूले निकै कठिन परिस्थितिमा समेत खेलप्र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,०७९ पटक पढिएको
  • किरात राई समाजद्वारा स्पेनमा मनाए उभौली साकेला

    इटहरी । किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् । स्पेनको राजधानी म्याड्रिडमा मे १० तारिक सोमबारका दिन किरात राई समाजले किरात सम्बत ५ हजार ८६ उभौली चाडको अबसरमा साकेला नाच नाचेर मनाएका हुन् । उक्त उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत–संगीत तथा नुत्य प्रस्तुत गरेका थिए । किरात राई समाज स्पेनका अध्यक्ष युबराज चाम्लिङ राई सहित प्रवासमा रहेका किरात राई समुदायका अग्रज व्यक्तित्वहरुले विधिवत रूपमा पुजा गरि उभौलि साकेलाको उद्घाटन गनुृभएको थियो । समाजका अध्यक्ष राईले  किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गरी  धुमधामका साथ उभौली चाड विगत ३ वर्षदेखि स्पेनमा मनाउदै आएक

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २७२ पटक पढिएको
  • दशनामी समाजको केन्द्रीय महिला समिति विस्तार, सपना गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    इटहरी । दशनामी समाजले आफ्नो साङ्गठनिक संरचनालाई थप सुदृढ बनाउँदै केन्द्रीय महिला समिति विस्तार गरेको छ । पोखरामा सम्पन्न महिला समितिको प्रथम अधिवेशन मार्फत कास्कीकी सपना गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रा पुरी गिरी (कर्णाली), उपाध्यक्षमा तुलसा गिरी (मोरङ), सचिवमा तारा गिरी (सुनसरी), सहसचिवमा अस्मिता गिरी (बागमती), कोषाध्यक्षमा रेखा गिरी (सुनसरी) र सहकोषाध्यक्षमा रेनुका गिरी (स्याङ्जा) चयन हुनुभएको छ । सदस्यहरूमा राधिका भारती, तुलसी गिरी, जानकी गिरी, ममता पुरी र कोपिला गिरी फुटी रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४०९ पटक पढिएको
  • अमन थापा मगर बने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगका च्याम्पियन

    इटहरी । धरानमा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग एनपिपिएलको ओभरअल एक्युरेसीतर्फ अमन थापा मगर च्याम्पियन बनेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै नगद १ लाख ५० हजार सहित उपाधि हात पारेका हुन् । प्रतियोगितामा सागर नेपाली दोस्रो हुँदै १ लाख सहित मेडल प्राप्त गर्न सफल भए भने भारतका अक्ष कुमार तेस्रो स्थानमा रहँदै  ७५ हजार सहित मेडल जिते । खुला महिलातर्फ भारतकी श्रेयसी तामाङ प्रथम भइन् भने ईक्सा राई दोस्रो र विद्या राई तेस्रो स्थानमा रहिन् । उनीहरूले क्रमशः ४० हजार,  २५ हजार र १५ हजार पुरस्कार प्राप्

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • २३६ पटक पढिएको
  • विराटनगरमा जेठ २ र ३ गते ’वृहत प्राविधिक तथा व्यावसायिक शिक्षा मेला’ हुने

    इटहरी । एसइइ दिएका विद्यार्र्थीहरूलाई लक्षित गर्दै वृहत प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आगामी  जेठ २ र ३ गते विराटनगरमा मेला सञ्चालन हुने भएको हो । “सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त मेलाले विशेषगरी एसइइ दिएका विद्यार्थीहरूलाई आफ्नो भविष्यको अध्ययन तथा करिअर छनोट गर्न महत्वपूर्ण सहयोग पु¥याउने (सिटिइभीटी)  अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, सा

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १९५ पटक पढिएको
  • सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न

    इटहरी ।  सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक  निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो ।  भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’  र स्तरोन्नति गरिएको हो ।खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण ९कोशी० सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले  जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबह

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १२३ पटक पढिएको
  • उदयपुरको रौतामाईमा प्रविधिमैत्री शिक्षामा जोड ,१० बर्खे शैक्षिक योजनाअनुसार विद्यालयमा स्मार्ट बोर्डदेखि इन्टरनेट विस्तार

    इटहरी । उदयपुरको रौतामाई गाउँपालिकाले सामुदायिक शिक्षाको गुणस्तर विकासमा जोड दिएको छ । पालिकाले १० बर्खे शैक्षिक योजना तर्जुमा गरी सोही अनुरूप लगानी बढाएर प्रविधिमा आधारित गुणस्तरीय र जीवनपयोगी शिक्षामा जोड दिएको हो । दुर्गम पहाडी क्षेत्रको भौगोलिक धरातलमा अवस्थित सो पालिकाले सार्वजनिक शिक्षालाई बहुआयामिक बनाउन सामुदायिक विद्यालयमा इन्टरनेट सेवालाई विस्तार गरी सूचना प्रविधिको पहुँच सुनिश्चित गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विगत दुई वर्षदेखि विभिन्न कायक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको पालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताउनुभयो ।अध्यक्ष मगरका अनुसार ‘प्रविध

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १५१ पटक पढिएको
  • मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

    इटहरी। मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १४३ पटक पढिएको
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    इटहरी । जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका(७, कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका(७, कौवाई बस्ने ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगरलाई अस्थाई प्रहरी पोस्ट सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका निजलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]