इटहरी। मोरङको उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारी नौ वर्षदेखि सर्प उद्धारमा तल्लीन हुनुहुन्छ । भण्डारीको २० वर्षको उमेरमा छिमेकी प्रेम विष्टसँग सङ्गत भयो । विष्ट वन कार्यालयको सुरक्षाकर्मी हुनुहुन्थ्यो । सर्प उद्धारमा सिपालु विष्टको सङ्गत गर्दागर्दै रमेशमा पनि सर्प उद्धारको भोग जाग्यो । प्रेम विष्टसँग ठुला र विषालु सर्प कुनै पनि उपकरणबिना च्याप्प समात्ने कला थियो । विष्टसँग सर्प उद्धार गर्न सिक्दासिक्दै रमेशले पनि पहिला विष नभएका सर्प समात्न थाल्नुभयो । पहिलो वर्ष विष नभएका सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्धार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि म
इटहरी । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । बुधबार आयोजित विशेष समारोहका बीच सिटी हलको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ । स्थानीय तहको महत्त्व बढेका बेला लौकही सिटी हलको भव्य उद्घाटन समारोह पनि यसकै एउटा उत्कृष्ट उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको भन्दै राष्ट्रपति पौडेलले यो परियोजनाले विकासका कार्यमा ती
इटहरी। लामो समयदेखि कर्मचारी अभावका कारण बन्द रहेको ताप्लेजुङको उत्तरी क्षेत्रस्थित पुनः सञ्चालनमा आएको छ । भन्सार कार्यालयमा नायब सुब्बा स्तरका कर्मचारी प्रदीप धिताल भन्सार प्रमुखका रूपमा कार्यभार सम्हाल्न फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला पुग्नु भएपछि कार्यालय सञ्चालनमा आएको हो । नवनियुक्त भन्सार प्रमुख धिताललाई वडा नं। ७ का वडा अध्यक्ष छेतेन शेर्पाले स्वागत गर्नुभएको छ । स्थानीयवासीले लामो समयपछि भन्सार सेवा पुनः सञ्चालनमा आउनुलाई सकारात्मक रूपमा लिएका छन् ।नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङगोला हो । करिब ४० वर्षअघि निर्मा
इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको आयोजनामा गाउँपालिकाको सिँवा बजार र तापेथोक क्षेत्रमा दुई दिने शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत कुल २२८ जनाले स्वास्थ्य सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका अजयकुमार झाले जानकारी दिनुभयो । उहाँको अनुसार सिँवा बजारमा ४१ पुरुष र ८५ महिला गरी १२६ जना लाभान्वित भएका छन् भने तापेथोकमा ४१ पुरुष र ६१ महिला गरी १०२ जनाले सेवा लिएका छन् ।शिविरमा सहभागी नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको ज
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र स्थानीय सरकारको ३५ प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भएको ६ कोठे भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो । एक करोड ६० लाख रुपियाँमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले गर्नुभएको हो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की साथै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमम
इटहरी । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१(८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल्लो वर्ष बेरुजु कम गर्दै कोशी प्रदेशमा पहिलो र नेपालकै दोस्रो कम बेरुजु भएको नगरपालिकाले यस वर्ष बेरुजु प्रतिशत शून्यमा झारेको हो । नगरपालिकाको कुल एक अर्ब ६९ करोड ६३ लाख २६ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा शुन्य प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। सोलुदुधकुण्ड नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखि स्थानीय शासनको अभ्यास गर्दै सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद
इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ । हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उहाँकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको न्यौपानेले जनाउनुभयो । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पु¥याइए
इटहरी। ताप्लेजुङका स्थानीय तहको आर्थिक वर्ष २०८१ र ८२ को बेरुजु रकम करिव स्रोह करोड रुपियाँ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहको उक्त रकम बराबर बेरुजु रहेको पाइएको हो । एक नगरपालिका र आठ वटा गाउँपालिकासमेत जिल्लाका नौ स्थानीय तहको कुल बेरुजु १५ करोड ९९ लाख ५६ हजार रुपियाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मैवाखोला गाउँपालिकाको ५.२५ प्रतिशत अर्थात चार करोड ३६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा न्युन फक्ताङ्लुङ गाउँपालिकाको बेरुजु ०.९ प्रतिशत अर्थात ८४ लाख ४१ हजार रुपियाँ
इटहरी । पाँचथरका आठ स्थानीय तहमा सात करोड ४२ लाख ६२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले जिल्लाका आठवटै पालिकामा खर्च तथा लेखा व्यवस्थापनमा कमजोरी औँल्याएको हो । आर्थिक वर्ष २०८१ र ८२को प्रतिवेदन अनुसार याङवरक गाउँपालिकामा प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु देखिएको छ । गाउँपालिकाको ८६ करोड ५० लाख ९० हजार रुपियाँ को लेखा परीक्षण गर्दा १ करोड ७४ लाख ५१ हजार रुपियाँ बेरुजु फेला परेको छ । यो कुल परीक्षण रकमको २।०२ प्रतिशत हो । रकमका हिसाबले भने फिदिम नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ९५ करोड ६० लाख ४२ हजार रुैियाँको लेखा परीक्
इटहरी । जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उहाँको भनाइ छ । विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.