All Posts By कोशी प्रेस

    Showing २,०४१-२,०५० of १३,५४० items.
  • प्रदेश सहयोग कार्यक्रम (पि एस पि) विषयमा स्विस एम्बेसी टोलीसँग मन्त्री पराजुलीको छलफल

    इटहरी । इन्द्रमणि पराजुली ले स्विस एम्बेसीका प्रतिनिधिहरूसँग भेटघाट गर्दै कोशी प्रदेशमा सञ्चालन भइरहेको प्रदेश सहयोग कार्यक्रम (पि एस पि) दुई वर्षका लागि थपिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सञ्चालन भइरहेको उक्त परियोजनाबारे भएको छलफलमा आगामी दुई वर्षको अवधिमा आपत्कालीन सेवा, सडक सुरक्षा, सुशासन तथा आर्थिक विकासका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम अगाडि बढाउने विषयमा विशेष छलफल भएको थियो । मन्त्री पराजुलीले प्रदेश सरकार विकास साझेदारीका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँनुभयो । उहाँका अनुसार आपत्कालीन सेवालाई अगाडि बढाउन प्रदेश सरकार लागत साझ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ४६४ पटक पढिएको
  • राजारानीमा सम्पन्न रारा गोल्ड कपको नाफा ५ लाखभन्दा बढी

    इटहरी ।  चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपियाँ नाफा गरेको जनाएको छ ।  रारा फुटबल क्लब राजारानीले बुधबार सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार प्रतियोगितामा कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपियाँ आम्दानी भएको थियो भने ३३ लाख ७३ हजार १ सय ८९ रुपियाँ खर्च भएको आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । त्यस्तै गेट टिकट बिक्रीबाट ११ लाख ४ हजार रुपियाँ तथा बिभिन्न संघ सस्थाबाट संकलन भएका रारा फुटबल क्लबका अध्यक्ष मणिकु

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ३२० पटक पढिएको
  • केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित

    इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ । इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग हुनुभएको छ । मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले ख

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २५१ पटक पढिएको
  • ‘गणतान्त्रिक मूल्य अनुरूप काम गरौँ’ः राष्ट्रपति रामचन्द्र पौडेल

    इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनापछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटीहल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता र आदर्श अनुरूपका काम साकार बनाउन स्थानीय तहले सदैव क्रियाशील हुनुपर्ने बताउनुभएको हो । उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकास कार्य तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले शान्ति, विकास र सुशासनको माध्यमबाटै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुने प्रस्ट पार्नुभयो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १७० पटक पढिएको
  • टर्‍यो चिया निकासीको समस्या

    इटहरी । चिया निकासीका लागि सरकारले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गत मे १ देखि नेपाली चिया निर्यातमा भारतले कडाइ गरेपछि निकासी ठप्प भएको चियाका लागि तत्काल निकासी खुलेको जानकारी भारतीय पक्षबाट आए पनि त्यो दीर्घकालीन नहुने बुझाइ उनीहरूको छ । भारतको कडाइले १९ दिनसम्म चिया निकासी भएको थिएन । आज भने भारतले त्यसलाई खुकुलो गरेकाले तत्कालीन समाधान पाएको हो । यसको असर यस वर्षभरि नै उत्पादन हुने चियामा पर्ने पनि उत्पादकको बुझाइ छ । भारतको कडाइ नयाँ नभई करिब नौ वर्षयताको रहेको किसान प्रतिनिधि तथा केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । यसअघि भारतले सन्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १६२ पटक पढिएको
  • दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगिता

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २१८ पटक पढिएको
  • झापाको चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    इटहरी।  झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् । केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो च

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १२८ पटक पढिएको
  • कोशी प्रदेशको नीति तथा कार्यक्रम, प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्दै

    इटहरी। कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेशसभाको नवौँ अधिवेशन बुधबारदेखि सुरु भएको हो । अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १६३ पटक पढिएको
  • सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदीसँगै बग्दै गएको बस्ती

    इटहरी । सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको छ । प्रत्येक वर्ष बसोबास भूभाग बाढी र कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो । दशकौँदेखि बसोबास क्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् । नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको छ ।  टप्पुुमै जन्मिएर हुर्किएका अनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १८० पटक पढिएको
  • धनकुटा चौबिसे गाउँपालिकाको मगर र जनजाती सङ्ग्रहालय ओझेलमा

    इटहरी। धनकुटा चौबिसे गाउँपालिका(२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो । सङ्ग्रहालययसँगै सो स्थानमा हामस्टे सञ्चालन गर्ने तयारी गरेपनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्ष पहिले निर्वाचन क्षेत्र

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]