All Posts By कोशी प्रेस

    Showing २,०३१-२,०४० of १३,५४० items.
  • कोशी प्रदेशमा बसाइँसराई न्यूनीकरण र भ्रमण वर्ष घोषणासहितको नीति तथा कार्यक्रम प्रस्तुत

    इटहरी । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । बिहिवार विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १२८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख खापुङलाई नीति तथा कार्यक्रम सम्बोधनका लागि हस्तान्तरण गर्नुभएको थियो । स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउने देखि प

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ४९३ पटक पढिएको
  • औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार नारासहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय विराटनगर, मोरङको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ, वाणिज्य महासंघ पथरी शनिश्चरे नगर कार्य समितिको समन्वयमा उद्योग, वाणिज्य दर्ता तथा नियमन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ पथरी उद्योग वाणिज्य सङ्घको नवनिर्मित सभा हलमा सम्पन्न कार्यक्रममा नगरभित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाल सरकारले घरेलु तथा साना उद्योग स

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १५८ पटक पढिएको
  • पाँचथर प्रहरी हिरासतको अनुगमन

    इटहरी। पाँचथर कारागार र प्रहरी हिरासतको अनुगमन गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरका मुख्य न्यायाधिवक्ता, उप–न्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरमा कैदी राख्ने स्थलको निरिक्षण र अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा टोलीले हिरासत कक्षको भौतिक अवस्था, थुनुवालाई उपलब्ध गराइँदै आएको सेवा–सुविधा, सुरक्षा व्यवस्थापन तथा मानव अधिकार सम्बन्धी जानकारी लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णले बताउनुभयो । यसैगरी न्यायिक हिरासतमा रहेका थुनुवासँग प्रत्यक्ष छलफल समेत गरिएको थियो । छल

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ८५ पटक पढिएको
  • पाँचथरमा पिकअप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

    इटहरी । पाँचथरमा भएको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ का ३५ वर्षीय गोपाल भट्टराई रहेका छन् । याङवरक गाउँपालिका–६ अर्चलेस्थित क्षेत्रमा च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा चालक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार पिकअपमा चालकसहित तीन जना सवार थिए । अन्य दुई यात्रु पिसाब फेर्न गाडीबाट ओर्लिएका कारण सुरक्षित रहेका छन् । ओरालो बाटोमा यात्रुहरू पिसाब फेर्न ओर्लिएको समयमा पिकअपभित्र रहेका चालकसहितको गाडी

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २३२ पटक पढिएको
  • १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकपमा ८ टिमको सहभागिता

    इटहरी । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा)सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब(इटहरी, सुनसरी), बेलबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर), सहलेश युवा क्लब (सिराहा), सातदोबाटो युथ क्लब (ललितपुर) र जर्जियन फुटबल क्लब (कालिङ्पोङ, भारत)को सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १२५ पटक पढिएको
  • धनकुटास्थित सल्लेरीमा प्रभावकारी बन्दै शिरोधारा उपचार

    इटहरी  । जिल्ला सदरमुकाम धनकुटास्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेसँगै शिरोधारा आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेसँगै सेवाग्राहीको समेत सङ्ख्या उल्लेखनीय रूपमा बढेकोे पाइएको छ । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति हो । शिरोधारा निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर उपचार गर्ने गरिन्छ । बिरामीको प्रकृति हेरे

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १२९ पटक पढिएको
  • फिल्म ‘वर्णशङ्कर नारदे’को अवधारणा कपि गरे कानुनी उपचार खोज्ने निर्देशक रितेशको चेतावनी

    इटहरी । चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोग नगर्न कडा चेतावनी दिएका छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दै उनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणा गरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमा छलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यश

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ३८९ पटक पढिएको
  • फ्राईडे रिलिजः बक्स अफिसमा स्टारहरूको भिडन्त

    इटहरी ।  शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कासँग भिड्दै रिलिज भएका हुन् ।  ‘काजी’ र ‘मितज्यू’ एकसाथ रिलिज हुनुलाई फिल्म क्षेत्रमा ‘स्टार वार’ का रूपमा हेरिएको छ । किनभने यी दुई फिल्ममार्फत पछिल्लो समयका ठूला स्टारहरू विपिन कार्की एकातिर तथा दयाहाङ राई र सौगात मल्ल अर्कोतिर भएर एक–अर्कासँग भिड्दैछन् । यद्यपि, देशभरका फिल्म हलहरूमा यी दुवै फिल्मले मात्र एकल कब्जा जमाउन भने पाएका छैनन् । काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । ‘क्लासिक लभस्टोरी’ बताइएको य

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २८० पटक पढिएको
  • ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण गर्नुभएको छ । बुधबार अर्थात मे २० का दिन बिहान १२ बजेको समयमा शेर्पा कञ्चनजङ्घाको चुचुरोमा पुग्नुभएको हो । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार शेर्पाले आठ हजार ५८६ मिटर उचाइ रहेको विश्वको तेस्रो तथा दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । शेर्पाले कञ्चनजङ्घाको सफल आरोहणसँगै कञ्चनजङ्घा चुचुरोमा गाउँपालिकाको झण्डा र लोगो (प्रतीक चिन्ह) फहराउनुभएको छ । शेर्पाले चौथो पटक कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १७४ पटक पढिएको
  • ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा

    इटहरी ।  ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय रहेको जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भए सँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]