All Posts By कोशी प्रेस

    Showing २,०११-२,०२० of १३,५४० items.
  • दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने तयारी

    इटहरी ।  दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिता हुने भएको छ । आगामी जेठ १५ देखि १७ गतेसम्म हुने दोस्रो सिरिजङ्घा महोत्सवको अवसरमा साहसिक म्याराथन प्रतियोगिता हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गर्न लागिएको क्लबका सचिव नरेश गुरुङले जानकार दिनुभयो ।  उहाँका अनुसार विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोही अवसरमा साहसिक म्याराथन प्रतियोगिता पनि हुने भएको हो । ४२ किलोम

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १७४ पटक पढिएको
  • धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय कामविहीन

    इटहरी ।  धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय कामविहीन बनेको छ । प्रदेशको स्थायी राजधानी माग गर्दै धनकुटामा आन्दोलन भइरहँदा तत्कालीन प्रदेश १ को राजधानी विराटनगर कायम गरेर प्रदेश सरकारले २०७६ वैशाखमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिएको थियो । कार्यालयबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाका सेवाग्राहीलाई सेवा दिएर प्रदेश राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्ने भन्दै सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो तर कार्यालय स्थापना गरेको सात वर्ष बितिसक्दासमेत कार्यालयले सेवा प्रवाह गर्न सकेको छैन ।  कार्यालय पनि अहिले कार्यालय सहयोगी

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • १४५ पटक पढिएको
  • सुन्दहरैंचाको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा

    इटहरी | मोरङको सुन्दहरैंचा नगरपलिका वडा नम्बर ६ मा रहको सुन्दर जनसेवा टोल विकास संस्थाको सातौं वार्षिक साधरण सभा गरिएको छ । शनिबार आयोजना गरिएको संस्थाको वार्षिक उत्वसमा सुन्दर जनसेवा टोल विकास संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवि देभराज तामाङको प्रमुख अतिथिमा गरिएको थियो ।संस्थाको प्रतिवेदन अध्यक्ष अर्जुन कुमार खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उहाँले संस्थामा टोल विकासको हकहितमा लगेर काम गरेको बताउनु भयो । टोल विकासका स्थानियहरू एकजुट हुन् महत्वपुर्ण रहेको उहाको भनाइ छ ।कार्यक्रमका प्रमुख अतिथि समाजसेवि देभराज तामाङले टोल विकासलाई आगामि दिनमा स

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ३८२ पटक पढिएको
  • स्थानीय सरकारमा सामाजिक न्यायबारे दलित जनप्रतिनिधिसँग नीति संवाद सम्पन्न

    इटहरी । “स्थानीय सरकारमा सामाजिक न्याय” भन्ने नारासहित दलित जनप्रतिनिधिहरूसँग नीति संवाद कार्यक्रम सुनसरीको इटहरीस्थित सत्संग भवनमा सम्पन्न भएको छ । स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालद्वारा आयोजित उक्त कार्यक्रम दलित लाईभ्स म्याटर ग्लोबल एलायन्सको समन्वय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम विराटनगर, कोशी प्रदेशको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालका अध्यक्ष दीपक विश्वकर्माले गर्नुभएको थियो। उद्घाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने समापन सत्रका प्रमुख अ

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २६९ पटक पढिएको
  • कांग्रेस कोशी भेलाः प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’ सार्वजनिक

    इटहरी । सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।यही विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमबाट विधिको शासनप्रति जवाफदेही बनाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउनेसहित २८ बुँदे निर्णय गर्दै कोशी सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सङ्कल्प पत्रमा सङ्घीय सरकारलाई विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २९६ पटक पढिएको
  • झापामा एक कैदीबन्दीको मृत्यु

    इटहरी । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।अस्पतालको सघन उपचार कक्ष ९आइसियु० मा राखेर उपचार भइरह

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २६१ पटक पढिएको
  • झापामा चिया बगानभित्रै सुपारी खेती, नयाँ अभ्यासको थालनी

    इटहरी । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो ।  चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिए ।झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १४४ पटक पढिएको
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु,सिसिटिभी नचल्दा अनुसन्धान प्रभावित

    इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहराको पानीपिया जंगलमा नवजात शिशु फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलमा आएका दुई युवकले नवजात शिशु जंगलमा छाडेर फरार भएका हुन्। तर, प्रभावकारी सिसिटिभी प्रणाली नहुँदा अनुसन्धान थप जटिल बनेको छ। गत शनिवार बिहान फोहोरको डंगुर नजिक रोइरहेको अवस्थामा करिब ७ देखि १० दिनको नवजात शिशु फेला परेको थियो। स्थानीय महिलाले घाँस काट्न जाँदा शिशु देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसयता इलाका प्रहरी कार्यालय इटहरी र तरहरा प्रहरी चौकीले घटनाको अनुसन्धान गरिरहेका छन्।घटनास्थलबाट शिशुको उद्धारपछि स्वास्थ्य परीक्षण गरी

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १८३ पटक पढिएको
  • भदौ २४ को घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभापति थापाको माग

    इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । शनिबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो मातहतमा राख्न खोज्नु कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभयो । शक्ति सन्तुलनको सिद्धान्तमाथि प्रहार भएको टिप्पणी गर्दै उहाँले सरकारलाई जिम्मेवा

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १७४ पटक पढिएको
  • शतप्रतिशत नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्यागोडा मोडलद्वारा बधाई तथा शुभकामना

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ स्थित प्यागोडा मोडल माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई खादा मालाले सम्मान गरिएको थियो । यस वर्षको एसईई परीक्षामा विद्यालयका मेधावी छात्र रोहन पौडेल र छात्रा दिक्षा रेग्मीले समान ३.९१ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन् । एसईई परीक्षामा सहभागी १९ जना विद्यार्थी सबै उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका हुन् । विगत १६ वर्षदेखि लगातार शतप

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • २२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]