All Posts By कोशी प्रेस

    Showing १,९९१-२,००० of १३,५४० items.
  • चार दिनदेखि हराएकी महिलाको शव फेला

    इटहरी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइरहनु भएको थियो । उहाँको शव मङ्गलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि इलाका प्रहरी कार्यालय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीयका अनुसार शव फुलिएको अवस्थामा फेला परेको  थियो । मृतकको पहिचान उहाँले लगाएको कपडाका आधारमा श्रीमानले गर्नुभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको इ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १५८ पटक पढिएको
  • “इनरुवा डे” लाई उत्सवका रूपमा मनाउदै इनरुवा नगरपालिका

    इनरुवा, सुनसरी / इनरुवा नगरपालिकाले आगामी जेठ १५ गते पहिलो पटक “इनरुवा डे (दिवस)” उत्सवका रूपमा मनाउने तयारी गरेको छ। दिवसको अवसरमा झण्डोत्तोलन, सांस्कृतिक झाँकी प्रदर्शन, रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ।नगर प्रमुख केदार भण्डारीले “इनरुवा डे” ले इनरुवाको ऐतिहासिक पहिचान, सामाजिक एकता र विकासको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले इनरुवालाई थप व्यवस्थित, सुन्दर र पहिचानयुक्त नगरका रूपमा विकास गर्ने लक्ष्यसहित दिवस मनाउन लागिएको बताउनुभयो।नगरपालिकाले विगतका तिता–मिठा

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २६४ पटक पढिएको
  • प्रति मतदाता २६३ रुपैयाँ खर्च, आगामी निर्वाचन थप मितव्ययी बनाउने आयोगको तयारी

    इटहरी । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समिक्षा कार्यक्रममा सहभागिहरुले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए । उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिर्पूण,

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २२९ पटक पढिएको
  • सुन्दरहरैंचामा उद्घोषण तथा लेखा व्यवस्थापन तालिम सुरु

    इटहरी । इन्द्रपुर समस्त भजन संजालको आयोजना तथा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको सहयोगमा आठ दिने विशेष तालिम सुरु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित ज्येष्ठ नागरिक सभाहलमा जेठ ११ गतेदेखि ’उद्घोषण, निर्णयपुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन एवं क्षमता अभिवृद्धि तालिम’ सुरु भएको हो। स्थानीय धार्मिक तथा सामाजिक संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिमको उद्घाटन संजालकी अध्यक्ष गीता लम्साल गौतमको अध्यक्षता र शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले धार्मिक तथा सामाजिक संस्थाहरूलाई व्यवस्थित

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १८२ पटक पढिएको
  • प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो सम्पन्नः महर्षी प्रथम

    इटहरी । सुनसरी (आई.टि.एफ.) तेक्वान्दो संघको आयोजना, द शान्तिनगर युथ क्लबको सह–आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नं. २ को समन्वयमा “प्रथम जुनियर इटहरी नगरस्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता–२०८३” बुढासुब्बा खेल मैदानमा सम्पन्न भएको छ ।  प्रतियोगितामा महर्षी इङ्लिस स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ । महर्षीले १३ गोल्ड, ५ सिल्भर र १ ब्राउन्ज पदक हात पार्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। त्यसैगरी, प्याराडाइज इङ्लिस स्कुल ११ गोल्ड, ६ सिल्भर र ३ ब्राउन्ज पदक सहित दोस्रो स्थानमा रह्यो भने एप्पल ट्रि मन्टेश्वरी ९ सिल्भर र ४ ब्राउन्ज पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भयो। व्यक्ति

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५५० पटक पढिएको
  • इटहरीमा कार्यस्थलमा हुने महिला हिंसा र एचआईभी सचेतना कार्यक्रम सम्पन्न

    सृजना ठाकुर इटहरी । कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौनजन्य दुव्र्यवहार, र एचआईभी÷एड्सको जोखिम न्यूनीकरणका लागि इटहरीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला सहयोगी समूह इटहरीको आयोजना तथा टेवा संस्थाको सहकार्यमा आयोजित उक्त सचेतना कार्यक्रममा करिब १५ जना महिला सहभागिता रहेको थियो । कार्यक्रममा विशेष गरी होटल, क्याबिन र रेस्टुरेन्ट जस्ता अनौपचारिक क्षेत्रमा काम गर्दा हुन सक्ने सम्भावित हिंसा, दुव्र्यवहार, शारीरिक तथा मानसिक तनाव र त्यसका असरहरूबारे विस्तृत जानकारी गराउँदै कानुनी उपचार र बच्ने उपायहरू सिकाइएको थियो। कार्यक्रममा विज्ञ तथा अभियन्ताहरूले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १८५ पटक पढिएको
  • लिखु–४ जलविद्युत् आयोजनाको खर्च विवरणमाथि प्रश्न

    इटहरी । खिजीदेम्बा गाउँपालिकामा सञ्चालित लिखु–४ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा खर्च गरेको दुई करोड ५१ लाख ६३ हजार ९१० रुपियाँको विवरण सार्वजनिक भएपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठेको छ । ग्रिन भेन्चर्स लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको आग्रहपछि २०८३ जेठ ७ गते खर्च विवरणसहितको प्रतिवेदन बुझाएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले हस्ताक्षर गरी पठाउनु भएको प्रतिवेदनमा वडा नं। १, २ र ३ मा विभिन्न शीर्षकमा रकम खर्च गरिएको उल्लेख गरिएको छ । आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २२८ पटक पढिएको
  • प्राङ्गारिक मल तथा बायोग्यास उद्योग उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

    इटहरी। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्यास उद्योग स्थापना गरेको पाँच वर्ष भयो । करिब पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैतल २१ गते तामझामका साथ उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको उद्योगमा नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदानवापत तीन करोड ३२ लाख तथा नग

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २४९ पटक पढिएको
  • जौटार सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै

    इटहरी। धनकुटाको पाख्रिबास नगरपालिका–३ अन्तर्गत रहेको जौटार सामुदायिक वन पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यो क्षेत्र वडा नं. २, ३ र ४ को सीमाक्षेत्रमा पर्दछ । कच्ची तथा हिलाम्मे सडकको स्तरोन्नतिसँगै सवारी आवागमन सहज बनेको छ । ग्रामीण सडकमा ढुङ्गा सोलिङ गर्नुका साथै खाल्डाखुल्डी पुरिएपछि यात्रा सहज भएको छ । साथै जौटार पार्कको जीर्णोद्धार, खानेपानी व्यवस्थापन तथा सडक मर्मतपछि पर्यटकको आगमन बढेको स्थानीय लक्ष्मी मगरले बताउनुभयो । उहाँका अनुसार यहाँको चिसो मौसम, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले पर्यटकको मन जित्ने गरेको छ । पार्कबाट रमणीय दृश्यावलोकनसँगै आकर्षक हि

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ११० पटक पढिएको
  • टक्सार पहुँच र संरक्षण पर्यटन विस्तारको आधार, बजेट विनियोजन

    इटहरी। ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा टक्सारलाई संरक्षण गर्दै सर्वसाधारणको पहुँचमा ल्याउन सके नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । धनकुटाबाट निष्कासन गरिएका सिक्का (ढ्याक), सिक्का बनाउने मेसिन, कच्चा सिसा तथा टक्सार घर अझै पनि धनकुटामै सुरक्षित अवस्थामा रहेका छन् । मुद्रा निष्कासनको इतिहास रोचक भए पनि यस विषयमा खोज तथा अनुसन्धान कम भएको पाइन्छ ।धनकुटाका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक सम्पदाहरू पञ्चकन्या देवीको गुफा, दक्षिणकाली मन्दिरका घण्टहरू, मधुगङ्गा, धर्मगङ्गा, छिन्ताङ देवी मन्दिर, निशान भगवती मन्दिर, विश्रान्ति मन्दिर, गुम्बा, भ

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]