All Posts By कोशी प्रेस

    Showing १,९७१-१,९८० of १३,५४० items.
  • सुनसरीको वराहक्षेत्रस्थित गहने खोलाको दहमा दलदलमा फसेर एक जङ्गली हात्तीको बच्चा मृत फेला

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।बिहीबार बिहान हात्तीको बच्चाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा प्रहरी र डिभिजन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ९८ पटक पढिएको
  • कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

    इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १९४ पटक पढिएको
  • हावाहुरीले झापामा साढे ३ करोड बढीको केरा खेती नष्ट

    इटहरी। मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये ३२ बिघामा ठुलो क्षति पुगेको हो । स्थानीय किसानहरूले व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । क्षतिको प्रारम्भिक अनुमान करिब तीन करोड ६० लाख रुपियाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो ।कृषि ज्ञान केन्द्र झापाक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • १५२ पटक पढिएको
  • सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाट फेरी सेवा बन्द, आवतजावत र ढुवानी ठप्प हुँदा स्थानीयलाई सास्ती

    इटहरी। पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो । खाँदबारी नगरपालिका–९, सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।सतिघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि य

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ९२ पटक पढिएको
  • इटहरीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक, तीन दिनमै ५४ गाडी बिक्री

    इटहरी । इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइल द्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागिता सहित जारी रहेको छ । जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ। मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४३१ पटक पढिएको
  • शिक्षा सन्देश इङ्गलिस स्कुलमा ’डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुने

    इटहरी । मोरङको बेलबारी–२ मा रहेको प्रतिष्ठित शैक्षिक संस्था शिक्षा सन्देश इङ्गलिस स्कुलले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। स्कुलले मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरी यसै वर्षदेखि ’डिप्लोमा इन होटल म्यानेजमेन्ट’  कोर्ष सञ्चालन गर्न लागेको हो। विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालयबाट युरोस्किल टेक्निकल एण्ड भोकेसनल एकेडेमी मार्फत इजाजत प्राप्त गरी यो कार्यक्रम अन्तिम तयारीमा पुगेको प्रिन्सिपल राजेश खत्रीले जानकारी दिनुभयो ।  प्रिन्सिपल खत्रीले यस क्षेत्रमै पहिलोपटक यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय विश

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २६० पटक पढिएको
  • पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएपछि मेची राजमार्गको राजदुवाली–भन्ज्याङ सडकखण्ड जोखिममा

    इटहरी । पुवाखोला जलविद्युत् आयोजनाका लागि लगिएको पानी चुहिएर भौतिक पूर्वाधारमा ठुलो क्षति भएको छ । यसै कारण बर्सौंदेखि जमिन नै भासिँदा र बग्दा मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा समस्या आएको छ । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख र प्राविधिकसहितको टोलीले आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पानी चुहिएको भेट्टाएको हो । पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म निरीक्षण गर्दा दुई सय मिटर लम्बाइमा धेरै चर्किएको पाइएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । २०७२ सालको भूकम्पपछि त अझ बढी समस्या भएक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २७४ पटक पढिएको
  • खोटाङकी रेश्मिका परियार हत्या प्रकरण,उच्च अदालत ओखलढुङ्गाको आदेशपछि किटानी जाहेरीका आधारमा थप तीन जना मङ्गलबार पक्राउ

    इटहरी । खोटाङको  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला पर्नुभएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।यसअघि रेश्मिका हत्या प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४०४ पटक पढिएको
  • चतरा–चौँरीखर्क रेलमार्गदेखि भाषा ऐनसम्मका योजना समेटिएको कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

    इटहरी   । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम मङ्गलबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभामा सांसदहरूले उठाएका जिज्ञासा र आलोचनाको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विस्तृत जवाफ दिएपछि सभाले यसलाई सर्वसम्मत पारित गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले सरकारको लक्ष्य र क्षमतामाथि कडा प्रश्न उठाएका थिए । पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्र राईले सरकारले नीति तथा कार्यक्रममा ठुला र कार्यान्वयन नहुने योजना ल्याएर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले आयोजना गरेको लगानी सम्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २८१ पटक पढिएको
  • भोजपुरको रामप्रसाद राई गाउँपालिकाका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

    इटहरी ।  भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएप

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]