इटहरी । सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी(१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु चार लाख बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मङ्गलबारेबाट खटिएको
इटहरी । मोरङको पथरी शनिश्चरेमा कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले स्वर्गीय लेखक दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरेको छ। आज आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला ‘दुर्गा’लाई विशेष समारोहबीच सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो र वरिष्ठ साहित्यकार मनु मञ्जिलले उहाँलाई दोसल्ला ओढाई २५ हजार रुपैयाँ नगद, स्वर्गीय तिम्सिनाको अर्धकद चित्र तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो। स्वर्गीय दिपेन्द्रराज तिम्सिनाले पथरी शनिश्चरेलाई आफ्नो कर्मथलो बनाए
इटहरी । झापाको मेचीनगर नगरपालिका–८, जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।अन्दाजी ३५ देखि ४० वर्ष उमेरका ती पुरुष उत्तानो परेको अवस्थामा फेला परेका हुन्। शवको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
इटहरी / मोरङको बुढीगंगा तेक्वान्दो डोजाङले आगामी जेठ १७ गते आयोजना हुने अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ सम्बन्धी जानकारी प्रेस मिटमार्फत सार्वजनिक गरेको छ।पाथीभरा बोर्डिङ स्कुलको सभाहलमा हुने प्रतियोगितामा ७ वटा डोजाङबाट १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रेस मिटमा बुढीगंगा तेक्वान्दो डोजाङका अध्यक्ष अबिनास थापाले प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा कोषाध्यक्ष मन्दिरा राईले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सफल
इटहरी । बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–० गोलले हरायो । बेलबारीको जितमा सलमान किङले सबै गोल गर्नुभयो । सलमान प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले ६ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
इटहरी । सुनसरीको रामधुनी नगरपालिका(६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ ९गुलाबी० रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो । फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताउनुभयो । साथीसँग शङकरबेली सिमसार घुम्न पुग्नुभएकी मोरङ बेलबारीका सरिता श्रेष्ठले पछिल्लो समय टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा यो
इटहरी । मोरङको पथरी शनिश्चरेमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको मनोहर पार्कमा आयोजित कार्यक्रममा स्थानीय सर्जक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सर्जकहरूको कृतिमाथि सिर्जना विमर्श समेत गरिएको छ। कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जंग कार्कीले गर्नुभएको थियो। उहाँले गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न प्रेरणा मिलोस् भन्ने भावसहित शुभकामना कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा कृष्ण प्रसाद अध
इटहरी। सुनसरीको इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरूलाई इनरुवा नगरपालिकाले १९ औँ गणतन्त्र दिवस तथा ‘इनरुवा डे’ को अवसरमा सम्मान गरेको छ ।वि।सं। १९८८ जेठ १५ गते झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व। धनबहादुर श्रेष्ठका नातिहरू रमेश श्रेष्ठ ९होमबहादुर श्रेष्ठका छोरा० र क्याबिनेट श्रेष्ठ ९दिलबहादुर श्रेष्ठका छोरा० लाई शुक्रबार आयोजित विशेष समारोहमा सम्मान गरिएको हो । इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी
इटहरी । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताउनु भएको छ । १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गर्नुभयो । उहाँले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्र मार्फ प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि नदी कटानका कारण उपयोग विहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गर्नुभएको हो । गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजी भन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताउनुभयो । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगा सम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.