All Posts By कोशी प्रेस

    Showing १,८८१-१,८९० of १३,५३९ items.
  • रास्वपा पाँचथरको नेतृत्वमा प्रकाश गुरुङ चयन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवे

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २९९ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको सभापतिमा थापा

    इटहरी  । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आइतबार सम्पन्न अधिबेसनबाट नवगठित समितिको सभापतिमा भुवन थापा चयन हुनुभएको छ ।समितिको उप–सभापतिमा नारद बहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सह–सचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन हुनुभएको छ ।यस्तै, सदस्यहरूमा फडिन्द्र थापा, प्रेम बहादुर कार्की, बिमला गहतराज, मनोज खड्का तथा पुजन गिरी चयन हुनुभएको छ । पार्टीको जिल्ला संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने सभापति थापाले बताउनुभयो ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २१७ पटक पढिएको
  • दुर्गम किमाथाङ्कामा इन्टरनेट बन्द हुँदा बैंकिङ र सरकारी कामकाज प्रभावित, प्राविधिक टोली पठाउन माग

    इटहरी । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका(१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट ९फोरजी० सेवा अवरुद्ध भएको छ ।भोटखोला(१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन् । ‘इन्टरनेट’मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्का

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २१२ पटक पढिएको
  • सुन्दरहरैंचामा माता सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । ज्येष्ठ नागरिक सेवा समाज नेपाल, मोरङ सुन्दरहरैंचा–३ को आयोजना तथा वडा कार्यालयको सहयोगमा लक्ष्मीनारायण मन्दिरको सभाहलमा “माता सम्मान कार्यक्रम–२०८३”सम्पन्न भएको छ। “ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–३ का वडाध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगाना र अध्यक्ष कार्कीले आमाको योगदान अतुलनीय रहेको चर्चा गर्दै ज्येष्ठ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २६३ पटक पढिएको
  • लेटाङको दुर्गम हैकले गाउँ सडक सञ्जालसँग जोडियो

    इटहरी । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।तर,नगरपालिकाको वडा नं। १ अन्तर्गत पर्ने दुर्गम हैकले गाउँबासीका लागि जेठ २३ गते विशेष दिन रह्यो । पहिलो पटक गाउँसम्म मोटरबाटो पुगेपछि स्थानीयवासीले खुसियाली मनाउँदै लेटाङ नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार लावती, वडा नं। १ का वडाध्यक्ष विष्णुकुमार मगर तथा नगरको टोलीलाई फूलमाला लगाएर भव्य स्वागत गर्नुभयो ।वडा नं। १ को पहल र नगरपालिकाको सबै गाउँमा मोटरबाटो पु¥याउने लक्ष्यमा स्थानीयले जनश्रमदान समेत गरेपछि हैकलेसम्म मोटरबाटो पु¥याउन सम्भव भएको हो । वडाध्यक्ष विष्णुकुमार मगर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २१६ पटक पढिएको
  • रास्वपा सङ्खुवासभाको प्रथम अधिवेशन सम्पन्न, सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सङ्खुवासभाको प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका श्रेष्ठ स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनील श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाईं र सहसचिवमा सन्तोष बस्नेत निर्विरोध चयन हुनुभएको छ । अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको रास्वपा सङ्खुवासभाले जनाएको छ ।नवनिर्वाचित सभापति

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ६७९ पटक पढिएको
  • मेची राजमार्गको माई खोलास्थित राजदुवालीमा सडक बगेपछि आवतजावत ठप्प: दुई दिनदेखि ठूला मालबाहक सवारी साधन बाटोमै रोकिँदा पहाडी जिल्लामा खाद्यान्न ढुवानी संकटमा

    इटहरी । विगत दुुई दिन यता ठुला मालबाहक सवारी पार हुन नसक्दा मेची राजमार्गको माई खोलास्थित राजदुवाली माथिपट्टिको सडक थप कस्टकर बन्न थालेको छ । गएको असोज १८ गतेको वर्षापछि राजमार्गमा गएको पहिरोका कारण अहिले पनि सो सडक खण्डमा सवारी साधन पार हुन ठुलो समस्या रहेको छ । पहिरो माथि नै ट्रयाक खोलेर अस्थाइ रूपमा बनाइएको सडकको अवस्था अहिले पनि त्यहि रहँदा समस्या उस्तै रहेको छ । खोलादेखि नै कङ्क्रिट वाल लगाएर सडकलाई उठाउन थालिए पनि पटक–पटक माथिबाट सडक नै बग्ने, पहिरो खस्ने र माईखोलामा बाढी आउने कारण निरन्तर काम गर्न नसक्दा समस्या उस्तै रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनु

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २०३ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम

    धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो।  कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोज

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४८३ पटक पढिएको
  • विराटनगरमा पत्रकारहरूका लागि ३ दिने समाचार लेखन तथा आचारसंहिता तालिम सम्पन्न

    सृजना ठाकुर इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको समन्वय र सहयोगमा विराटनगरस्थित होटल रुविजमा सञ्चालित ३ दिने ’समाचार लेखन तथा आचारसंहिता सम्बन्धी तालिम’ आज सम्पन्न भएको छ । जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित यस तालिमको मुख्य उद्देश्य मोफसलका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित, निष्पक्ष एवं जिम्मेवार बनाउनु रहेको थियो। महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सञ्चालित यस कार्यक्रममा सुनसरी, झापा, मोरङ र भोजपुरक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ६१५ पटक पढिएको
  • धनकुटाको नाम्जेमा ‘अन्तर यात्रा’ योग–ध्यान शिविर , मानसिक शान्तिदेखि आत्मजागरूकतासम्म

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश, इटहरी तथा ज्ञान मन्दिर योग केन्द्र को आयोजनामा ‘अन्तर यात्रा’ नामक विशेष आवासीय योग तथा ध्यान कार्यक्रम सुरु भएको छ। २२ गते शुक्रबारबाट सुरु भएको योग शिविरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ५० जनाभन्दा बढीको सहभागिता रहेको छ।२६ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सहभागीहरूलाई स्वस्थ जीवन, शारीरिक तन्दुरुस्ती तथा अनुशासित जीवनका लागि योगको महत्त्वबारे शिक्षा प्रदान गरिएको छ। साथै, साधना एवं भक्ति दर्शनमार्फत जीवनलाई सरल र सार्थक बनाउन सकिने विषयमा पनि प्रशिक्षण दिइएको छ।प्राकृतिक तथा शान्त वाता

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]