All Posts By कोशी प्रेस

    Showing १,७७१-१,७८० of १३,५३९ items.
  • ब्लड बैंक स्थापना गर्न इटहरीवासीको एकमत

    इटहरी । इटहरीमा ब्लड बैंक स्थापना गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले ब्लड बैंकको आवश्यकता औंल्याउँदै यसको स्थापनाका लागि स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्ने बताएका हुन्। कार्यक्रममा रेडक्रस इटहरीका अध्यक्ष दिनेश भट्टराईले रगतको अभाव हुँदा धरान र विराटनगरमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न इटहरीमै ब्लड बैंक आवश्यक रहेको बताउनुभयो । उहाँले करिब ३५ लाख रुपैयाँ लगानीमा ब्लड बैंक सञ्चालन गर्न सकिने जानकारी दिनुभयो  । वक्ताहरूले इटहरीमा सक्रिय सामाजिक संघसंस्थाहरू

    • प्रकाशित मितिः असार ६, २०८३
    • १९८ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढी नगरपालिकामा भूमि प्रशासन सेवा सञ्चालनमा

    इटहरी । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पहिलो पटक स्थानीय तहले गर्ने जग्गा प्रशासन सम्बन्धी कारोबार शुक्रबारबाट प्रारम्भ गरेको छ । चौदण्डीगढी नगरपालिकाको कार्यालय भवनबाट शुरु गरिएको भूमि प्रशासन सम्बन्धी कार्यको नगर प्रमुख कालुमान लामाले प्रारम्भ गर्नु भएको छ । चौदण्डीगढी नगरपालिकाभित्रका जग्गा जमिन सम्बन्धी कारोबार यस अघि जिल्ला सदरमुकामबाट हुँदै आएको र करिब २२ किलोमिटर टाढा रहेका कारण जान आउन समस्या, समयमा काम नहुने, ढिला सुस्ती हुने समय लाग्ने र खर्च बढी हुने गरेको थियो । काम नभएमा बास बस्नु पर्ने अवस्था आउने गरेको थियो । तर अब पालिकामै भूमि प्शासन सम्बन्धी सेवा संचालन भए पछि पालिकाभ

    • प्रकाशित मितिः असार ६, २०८३
    • १८४ पटक पढिएको
  • इलामको राजदुवाली–भन्ज्याङ सडक खण्ड भासिने क्रम नरोकिएपछि मेची राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

    इटहरी । मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथि राजदुवाली–भन्ज्याङ सडक खण्डमा सडक भासिने क्रम नरोकिए पछि जिल्ला प्रशासन कार्यालय इलामले रातको समयमा सवारी सञ्चालन रोक लगाएको छ ।मेची राजमार्गको उक्त खण्डमा बढी जोमिख रहेकाले बेलुका ८ बजेदेखि विहान ५ बजे सम्म ठुुला– साना सबै सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । प्रशासन कार्यालयले आज एक सुुचना जारी गरि बिरामी बोकेका एम्बुुलेन्स, अत्यावश्यक सवारीलाई स्थानीय प्रहरी सँग समन्वय गरेर यात्रा गर्न भनिएको छ ।  सुुचनामा वर्षादको समय शुुरु भएकाले मेची बाढी, पहिरोबाट हुुनसक्ने क्षति प्रति सर्वसाधारणलाई सचेत गराउँदै राजमार्ग सहित अन्य सडकहर

    • प्रकाशित मितिः असार ६, २०८३
    • १५८ पटक पढिएको
  • उदयपुरमा बस दुर्घटना ः एक जनाको मृत्यु, ३१ जना घाइते

    इटहरी । उदयपुरको उदयपुरगढी गाउपालिका वडा ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ। महोत्तरीको गौशल्लाबाट चतरा धामतर्फ जाँदै गरेको वा २ ख ६४६८ नम्बरको दिप इग्निस एकेडमी बोर्डिङ गौशला नपा २ महोत्तरीको बस अनियन्त्रीत भइ  दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३१ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार बर्दिवासका ६५ वर्षिय विमलेस दत्तको मृत्यु भएको छ । घाइतेहरुमा गौशल्ला २ कि ३८ वर्षिया रसिलाकुमारी चौधरी र उहाँको छोरा १२ वर्ष को सन्देशकुमार चौधरी, ४५ वर्षको जितन प्रसद यादव र निजको श्रीमती ३८ वर्षिया पिंकी यादव हुनुहुन्छ। यसैगरी घाइते हुन

    • प्रकाशित मितिः असार ६, २०८३
    • ११९ पटक पढिएको
  • समूह नै गठन गरी पन्चैबाजा संरक्षणमा महिला

    इटहरी । सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित तुम्लिङटारका स्थानीय महिला समूह नै गठन गरी पन्चैबाजा संरक्षणमा लागिपरेका छन् । विभिन्न धार्मिक कार्य विवाह, व्रतबन्ध  वा अन्य सामाजिक समारोहमा नौमती पन्चैबाजा बजाउन थालिएको छ । परम्परागत  संस्कृतिलाई जोगाई राख्न स्थानीय महिला सव्रिmय रूपमा लाग्दै आएका छन् । स्थानीय तहले पनि यसलाई प्रोत्साहन गर्दै आएको छ । परम्परागत बाजाको संरक्षण गर्न खाँदबारी नगरपालिका–९ को वडा कार्यालयमा महिलाले नौमती बाजाको  माग  प्रस्तुत गरेको स्थानीय कुमारी मगरले बताउनुभयो । त्यसो त विगतमा कुनै निश्चित समुदायका मानिसले मात्र नौमती वा पन्चैबाजा बजाउने गर्थे त

    • प्रकाशित मितिः असार ६, २०८३
    • १५२ पटक पढिएको
  • मनसुन सुरु नहुँदै मेची राजमार्गमा समस्या

    इटहरी । मनसुुन सुुरु नहुँदै  मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथि राजदुवाली–भन्ज्याङ सडकखण्ड सवारी पार गर्न समस्या भएको छ । गत असोज १८ गते रातिको वर्षाका कारण पहिरो गएको सो खण्डमा पहिरोमाथि नै ट््याक खोलेर यातायात सञ्चालनमा ल्याइएको थियो ।  बिहीबारदेखि निरन्तर वर्षा हुुन थालेपछि उक्त खण्डमा निरन्तर सडक बग्ने र हिलोका कारण  सवारीसाधनलाई सञ्चालनमा समस्या भएको हो । बिहीबार राति माईखोलामा आएको बाढीले सो स्थानमा मर्मतका सामग्री बगाएको छ । बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । यहाँ खोलाबाटै वाल उठाएर सडक मर्मतको काम हुँदै थियो । खोलाबाटै

    • प्रकाशित मितिः असार ६, २०८३
    • १६४ पटक पढिएको
  • खैरो हेरोइनसहित फुङलिङबाट दुई जना पक्राउ

    इटहरी ।  ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २४० मिलिग्राम पदार्थ बरामद भएको छ । पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका –२ घर भई हाल फुङलिङ नगरपालिका –४ बस्दैआएका २३ वर्षीय सचिन लिम्बू साँवा र पाँचथरको हिलिहाङ गाउँपा

    • प्रकाशित मितिः असार ६, २०८३
    • १३५ पटक पढिएको
  • हिमालय इङ्गलिस स्कुलमा स्काउटको ७५ औँ स्थापना दिवस सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्गलिस स्कुलको हिमालय स्काउट ग्रुपले विविध सामाजिक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै ७५ औँ स्थापना दिवस मनाएको छ । स्काउटिङको मूल भावना अनुरूप आयोजित उक्त विशेष समारोहमा केक काटेर स्थापना दिवस मनाइनुका साथै कुकिङ प्रतियोगिता, वृक्षारोपण तथा सरसफाइ जस्ता विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा बोल्दै स्काउट लिडर बब्लु कुमार शाहले नेपालमा २००९ सालदेखि सुरु भएको स्काउट अभियानको लामो इतिहास स्मरण गर्दै यसले युवापुस्तालाई सकारात्मक मार्गमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । त्यस्तै, हिमालय स्काउट ग्रुपका प्रशिक्षक स

    • प्रकाशित मितिः असार ५, २०८३
    • २४८ पटक पढिएको
  • स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता शनिबारदेखि सुरु हुने

    इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजना तथा लियो क्लब अफ इटहरी स्मार्ट सिटीको सह–आयोजनामा हुन गइरहेको ’स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । इटहरीमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यस सम्बन्धी जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन, स्वस्थ प्रतिस्पर्धा, अनुशासन, र नेतृत्व क्षमताको विकास गर्न तथा स्वर्गीय लायन नारनाथ सापकोटाले समाजसेवामा पु¥याएको योगदानको सम्मान स्वरूप यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। मोरङ र सुनसरीका ८ वटा लियो क्लबहरूले

    • प्रकाशित मितिः असार ५, २०८३
    • २१६ पटक पढिएको
  • प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि दाजुभाई फुटबल क्लबलाई

    इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आयोजित ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३’ को उपाधि दाजुभाई फुटबल क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा टाडीँ फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै दाजुभाई फुटबल क्लब च्याम्पियन बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दाजुभाईले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो । दाजुभाईका जर्सी नम्बर १६ का अप्सन गुरुङले ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नम्बर १४ का सनम तामाङले ४० औँ मिनेटमा दोस्रो गोल थपे । खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर १० का ओसन राईले गोल गर्दै टोलीको

    • प्रकाशित मितिः असार ५, २०८३
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]