इटहरी । सशस्त्र प्रहरी बल, नेपाल नं। १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।असार ९ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल नं। ४ गण मुख्यालय, सुनसरीमा सञ्चालन भएको तालिममा धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका लगायतका स्थानीय तहका १९ जना प्रशिक्षार्थी सहभागी भएका थिए। समापन समारोहका प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा समुदायको भूमिका अत्यन्
इटहरी । झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोर पछाडिको कोठामा जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ छापा मार्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको हो ।पक्राउ पर्नेमा मेचीनगर–१० हिमालय टोलका ३५ वर्षीय पंच नारायण राजवंशी, मेचीनगर–११ धाईजनका ५० वर्षीय तेज राज प्रसाई, मेचीनगर–१० बस्ने लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी र भद्रपुर नगरपालिका–२ का ५६ वर्षीय कालुमान लिम्बु रहेका छन् ।प्रहरीले उनीहरूको साथबाट
इटहरी । मोरङमा मंगलबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित तरुण चोकमा उर्लाबारी–मधुमल्ला सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खसेर उर्लाबारी–६ निवासी २० वर्षीय देवेन्द्र मगरको मृत्यु भएको हो ।बिहान करिब ७ः१० बजे भएको दुर्घटनामा गम्भीर घा
इटहरी । ताप्लेजुङमा यस वर्ष धान रोपाइँ वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ वृद्धि भएको हो ।गत वर्षको यही अवधिमा १७।८५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको हालसम्ममा करिब २५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा भएकाले धेरै रोपाइ हुन सफल भएको हो । विगतका केही वर्षको तुलनामा यस वर्ष समय अगावै वर्षा भएकाले रोपाइँँ पनि धेरै भएको केन्द्रका निमित्त कार्यालय प्रमुख कृषि प्रसार अधिकृत विजय श्रेष्ठले बताउनुभयो ।गत वर्ष समयमै वर्षा नहुँदा कृषकले समयमै धान र
इटहरी। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो । त्यस्तै, सुकप्रसाद राईको चार जनाको, मिरा राईको पाँच जनाको धनमान राईको
इटहरी । कोशी प्रदेशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न जनचेतनामूलक तथा कृषिमुखी कार्यव्रmम आयोजना गरी उत्साहका साथ मनाइएको छ । प्रदेशका १४ वटै जिल्लाका किसान खेतमा धान रोप्न व्यस्त छन् भने सरकारी निकाय, स्थानीय तह, कृषि कार्यालय तथा विभिन्न सङ्घ संस्थाले रोपाइँ महोत्सव, कृषक सम्मान, कृषि प्रविधि प्रदर्शन, अन्तर्व्रिmयालगायत कार्यव्रmम सञ्चालन गरेका छन् । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी धान उत्पादनका दृष्टिले अग्रणी जिल्ला हुन् भने इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, सङ्खुवासभालगायतका पहाडी जिल्लामा पनि स्थानीय अनुकूल जातका धानको खेती हुँदै आएको छ ।
इटहरी । जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ । प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी
इटहरी । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर तेह्रथुम जिल्ला अदालतले जिल्ला अदालतको सभाहलमा ‘पत्रकारसँग अदालत’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अदालतले आर्थिक वर्षको वार्षिक लक्ष्य र प्रगति, मुद्दाको प्रकृतिअनुसार दर्ता तथा फछ्र्योटको अवस्था, थुनुवा मुद्दाको विवरण, सेवा प्रवाह र न्याय सम्पादनलाई प्रभावकारी बनाउन गरिएका व्यवस्थापकीय कार्यबारे जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश, श्रेष्तेदार, सूचना अधिकारी, अदालतका कर्मचारी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष टि.आर. सेनेहाङ सहित जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागी पत्
इटहरी । साजीलाल माध्यमिक विद्यालय, सुन्दरहरैंचाका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी पीताम्बर दाहालद्वारा लिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ को विमोचन सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तित्व, कृतिकारका पूर्व विद्यार्थी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा लेखककी नातिनी सारांशिका दाहालले आफ्नो भनाइ राख्दै हजुरबुबाको जीवनसंघर्ष, इमान्दारिता र शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताउनुभयो। त्यसैगरी, अर्की नातिनी स्मारिका दाहालले कृतिभि
इटहरी । धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानबाट ७९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका क्षेत्रको कोलबोटेमा जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा २५ वटा पोकामा ३१ किलोका दरले ७७५ किलोग्राम गाँजा बरामद गरेको हो। प्रहरीले मिनी ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। सोही घटनामा धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.