All Posts By कोशी प्रेस

    Showing १,५८१-१,५९० of १३,५२५ items.
  • सुनसरीका निजी विद्यालयमा शैक्षिक सुधारका लागि ’सिएएस ’ तालिम सम्पन्न

    इटहरी । नेशनल प्याब्सन सुनसरीको आयोजनामा आइतबार इनरुवामा निरन्तर मूल्याङ्कन प्रणाली सिएएस सम्बन्धी एकदिवसीय शिक्षक तालिम सम्पन्न भएको छ। सुनसरीका ३० वटा निजी विद्यालयका १ सय भन्दा बढी प्राथमिक तहका शिक्षक–शिक्षिकाको तालिममा सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्रबहादुर मल्लले परीक्षा केन्द्रित शिक्षा भन्दा विद्यार्थीको निरन्तर सिकाइ, व्यवहार र सीपको मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षण शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूलाई समयानुकूल तालिम आवश्यक रहेको बताउनुभयो । त्यस्तै, नेशनल प्याब्सन कोशी प्रदेशका अध्

    • प्रकाशित मितिः असार २१, २०८३
    • १५२ पटक पढिएको
  • भोजपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोली गाउँमै पुग्यो,अशक्त संरक्षकका कारण सनाखत हुन नसकेकी ममताले घरमै पाइन् नेपाली नागरिकता

    इटहरी । भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ।असक्त संरक्षकका कारण सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्था बनेपछि प्रशासनले सेवा घरमै पुर्‍याएको हो। ममताका बुबा लामो समयदेखि बेपत्ता छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएको पारिवारिक विवरणमा उल्लेख छ।अदालतले ममताको कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो। तर संरक्षक स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल र स्पष्ट बोल्नसमेत नसक्ने अवस्था रहेको जनाइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी राजन पौडेल

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४२२ पटक पढिएको
  • झापाको मेची प्रादेशिक अस्पतालमा म्यामोग्राफी सेवा सुरु,स्तन क्यान्सरको प्रारम्भिक परीक्षणका लागि अब भद्रपुरमै सुविधा, चार जिल्लाका महिलालाई राहत

    इटहरी । पूर्वी नेपालका महिलाले स्तन क्यान्सरको प्रारम्भिक परीक्षणका लागि अब काठमाडौं वा धरान धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने भएको छ। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले म्यामोग्राफी सेवा सञ्चालनमा ल्याएसँगै कोशी प्रदेश सरकार मातहतका सरकारी अस्पतालमा यस्तो सेवा उपलब्ध गराउने पहिलो संस्था बनेको छ।स्तनमा देखिने सामान्य गाँठोभन्दा धेरै अघि नै क्यान्सरको संकेत पहिचान गर्न सक्ने अत्याधुनिक उपकरण जडान गरिएपछि रोगको प्रारम्भिक अवस्थामै उपचार सम्भव हुने अपेक्षा गरिएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सञ्जय गुप्ताका अनुसार म्यामोग्राफी परीक्षणले हातले छामेर थाहा पाउन सकिने अवस्थाभन्

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३४० पटक पढिएको
  • झापामा दुई मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालक घाइते

    इटहरी । झापाका बिर्तामोड र दमकमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन्।राति ११स्२० बजे बिर्तामोड नगरपालिका–५ स्थित सुब्बा चोकको भित्री सडकमा महानन्द चोकबाट कनकाई रोडतर्फ जाँदै गरेको मे ११ प ३२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–५ निवासी ३१ वर्षीय रुद्रबहादुर कार्की घाइते भएका छन्।उनको बायाँ आँखाको छेउ र दाहिने हातको कुहिनामा चोट लागेको छ। उपचारका लागि कनकाई अस्पताल पठाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी सहायक हव

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३३७ पटक पढिएको
  • मोरङमा भिरबाट लडेर ४० वर्षीय पुरुषको मृत्यु

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–२ चुलीपोखरीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन् । प्रहरीका अनुसार असार २० गते साँझ करिब ६ बजे बाख्रा चराएर घर फर्किने क्रममा उनी भिरबाट लडेका थिए ।घटनाबारे असार २१ गते बिहान ६स्१० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा अर्को प्रहरी टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३५५ पटक पढिएको
  • म्याद सकिन लाग्दा पनि काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्ड अलपत्र, स्थानीय र व्यवसायी मर्कामा

    इटहरी ।  पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो।आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। निर्माणको गति सु

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०० पटक पढिएको
  • रामसार सूचीमा सूचीकृत कोशी टप्पु सिमसार क्षेत्र , पर्यापर्यटनको प्रचुर सम्भावनासँगै पूर्वाधार विकास र संरक्षणको चुनौती

    इटहरी । नेपालको पहिलो तथा सबैभन्दा ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधता, सिमसार संरक्षण र पर्यापर्यटनका दृष्टिले देशकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुको आश्रयस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित छ। सन् १९८७ डिसेम्बर १७ मा रामसार सूचीमा सूचीकृत भएको कोशी टप्पु रामसार क्षेत्रको क्षेत्रफल १७ हजार ५०० हेक्टर छ। कोशी नदीको बाढी मैदानमा अवस्थित यस क्षेत्रमा नदी, सिमसार, घाँसे मैदान, दलदल र स–साना तालहरूको मिश्रित पारिस्थितिक प्रणाली रहेको छ। कोशी टप्पुको सबैभन्दा ठूलो विश

    • प्रकाशित मितिः असार २१, २०८३
    • १५३ पटक पढिएको
  • कोशी प्रदेशको बजेटमा किचलो, संसदभन्दा बाहिरै बजेट मिलाउने सहमति गरेपछि विराटनगरमा सांसदहरू रुष्ट

    इटहरी । कोशी प्रदेश सरकारले बजेट पारित भएपछि त्रुटि सच्याउने भनी सत्ता पक्षकै सांसदसँग प्रतिबद्धता जनाएसँगै सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा संसदभन्दा बाहिरै बजेट संशोधन गर्ने सहमति गरेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । सांसदले सदनमा भइरहेको छलफलको औचित्यमाथि नै प्रश्न उठाउँदै विपक्षी दलका सांसदले सरकारले नै सच्याउँछु भनेको बजेट र विनियोजनमाथि छलफल गर्नु औचित्यहीन भएको बताएका हुन् । सत्तापक्षका सांसदले पनि विनियोजनमा बजेट सन्तुलन नमिलेको र सरकारका मन्त्रीको क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै सहमति अनुसार बजेट सच्याइने विश्वास व्यक्त गरेका थिए । प्रदेश सभा बैठकमा बोल्दै नेपाल

    • प्रकाशित मितिः असार २१, २०८३
    • १५७ पटक पढिएको
  • बुवाको विरासतबाट छोराको नेतृत्वसम्म जीवनाथले रोपेको उद्यमको बीउ, नवराजले बोकेको इटहरीको सपना

    इटहरी / मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । नवराजको जन्म वि.सं. २०३४ स

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४०२ पटक पढिएको
  • लक्ष्मीपुर–कालाबन्जारमा पानी निकास विवाद चर्कियो सबै पक्षलाई न्याय हुने दीर्घकालीन समाधानको माग

    बराहक्षेत्र  — बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर र गौरी टोलमा वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्यालाई लिएर स्थानीयवासी र वडा कार्यालयबीच विवाद चर्किएको छ। वडा कार्यालयले गौरी टोलका स्थानीयको मागअनुसार पानी निकास व्यवस्थापनको काम अघि बढाउन खोजेपछि प्रभावित लक्ष्मीपुरवासीले सबै पक्षको सहमति, प्राविधिक अध्ययन तथा दीर्घकालीन समाधानको माग गर्दै विरोध जनाएका हुन् ।नगरपालिकाका अनुसार गौरी टोलबाट पानी निकास व्यवस्थापनको माग आएपछि आवश्यक सुरक्षा तथा समन्वयका लागि नगर प्रहरी कमान्डरलाई लिखित निर्देशन दिइएको थियो। त्यसपछि नगर प्रहरी, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः असार २०, २०८३
    • ६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]