All Posts By कोशी प्रेस

    Showing १,५७१-१,५८० of १३,५२५ items.
  • धरान उपमहानगरपालिकामा सडक निर्माणमा स्थानीयको सहयोग

    इटहरी । धरान उपमहानगरपालिकामा सडक निर्माणमा जनसहभागिताको अभ्यास बलियो बन्दै गएको छ ।नगर गौरवका ठूला आयोजना बाहेक अधिकांश भित्री सडक स्थानीयवासीको आर्थिक तथा श्रम योगदानबाट निर्माण भइरहेका छन् । कतिपय सडकमा स्थानीयले ६० प्रतिशतसम्म लागत व्यहोरेका छन । कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाका अनुसार धरानका सडक निर्माणमा स्थानीयको १० देखि ६० प्रतिशतसम्म योगदान रहेको छ । उहाँले आफूले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेयता ८ हजार २५० मिटर सडक निर्माण सम्पन्न भएको र थप सडक निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।धरानमा जनसहभागिता मार्फत विकास आयोजना सञ्चालन गर्ने अभ्यास भन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २७५ पटक पढिएको
  • झापाको भद्रपुरमा नयाँ शैलीको तस्करी, मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने दुई जना मेची पुलबाट पक्राउ

    इटहरी। भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्वारभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् । पहिलो घटनामा स्कुटी चालक चन्द्रप्रसाद राजवंशी र दोस्रो घटनामा पैदल यात्री रोहित कुमाल पक्राउ परेका हुन् ।  दुवैको शरीरभित्र प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । आइतबार उनीहरुले मलद्वारमा हालेर लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २१५ पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापामा

    इटहरी । गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि  झापा पुग्नुभएको छ । आइतवार साँझ झापा आएर यतै बास बस्नुभएका गुरुङ्गले सोमवार विहानै झापामा रहनुभएका जेन्जी आन्दोलनका घाइतेको घरमा पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।  गृहमन्त्री गुरुङ्गले जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका बुद्धशान्ति गाउँपालिका –६ हापेन चौकका अङ्कित शर्माको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुभएको हो । यसैबिच गृहमन्त्री गुरुङ्गले नेपाल–भारत सिमास्थित पूर्वीद्वार मेची पुल र मेची भन्सार क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । अवलोकनलको क्रममा गृहमन्त्री गुरुङ्गले मेचीनगर नगरपालिका

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२२ पटक पढिएको
  • धनकुटाको छथर जोरपाटीमा बजार नपाउँदा करोडौँको मूला बारीमै कुहियो, किसान मारमा

    इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेको मूलाले बजारमा उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा परेका छन्। नयाँ बाली लगाउने समय नजिकिँदै गर्दा पनि मूलाको बिक्री हुन नसक्दा उत्पादन खेतमै नष्ट हुन थालेको हो। छथर जोरपाटीलाई कोशी प्रदेशकै तरकारी उत्पादन क्षेत्रका रूपमा पनि चिनिन्छ। जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका किसान व्यावसायिक रूपमा मूला खेती गर्दै आएका छन्। यो समयमा पुरानो बाली उठाएर नयाँ बाली लगाउने समय भए पनि उत्पादनले बजार नपाउँदा बारीमै कुहिन थालेको छ।स्थानीय कृषक अम्बिका भट्टराईका अ

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२० पटक पढिएको
  • संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माविमा सिभिल इन्जिनियरिङको पढाइ, गाउँमै प्राविधिक शिक्षा पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

    इटहरी । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा अवस्थित श्री मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । गाउँमै माध्यमिक शिक्षा ९कक्षा ९ देखि १२ सम्म० अन्तर्गत सिभिल इन्जिनियरिङको अध्ययन सुरु भएपछि विद्यार्थीको चासो उल्लेख्य रूपमा बढेको हो ।विश्वकै सबैभन्दा होचो भूभागमध्ये पर्ने अरुण उपत्यका ९समुद्री सतहबाट ४५७ मिटर उचाइ० मा रहेको यो विद्यालय वि।सं। २०१६ सालमा स्थापना भएको हो । वि।सं। २०७३ सालदेखि माध्यमिक तहमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरिएको थियो । हाल प्राविधिक धारतर्फ १०३ जना विद्यार्थी अध्य

    • प्रकाशित मितिः असार २२, २०८३
    • १५७ पटक पढिएको
  • पाँचथरको शिवालय–रानीटार सडकखण्डको नाम्दु खोलामा आधुनिक आर्क आरसीसी पुल निर्माण सम्पन्न, बाढीको अवरोध छिचोल्दै यातायात सहज

    इटहरी। पाँचथरको शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत नाम्दु खोलामा आर्क प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न भएको छ ।कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, पाँचथरले उक्त पुल निर्माण गरेको हो । ‘नाम्दु खोला पुल निर्माण आयोजना’ अन्तर्गत ३०।३८ मिटर लम्बाइको आधुनिक आर्क आरसीसी पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, पाँचथरले जनाएको छ। पुल निर्माणको जिम्मा संजीव निर्माण सेवा प्रालि, फिदिमले पाएको थियो ।  यो आयोजना २०८० वैशाख १४ गते सुरु भई हालै सम्पन्न भएको हो। २०८२ सालभित्र निर्माण सम्पन्न गर

    • प्रकाशित मितिः असार २२, २०८३
    • १७२ पटक पढिएको
  • स्वास्थ्यमन्त्री निशा मेहता इनरुवामा, जलन उपचार कोषदेखि निःशुल्क शय्यासम्मका उपलब्धि सार्वजनिक

    इटहरी  । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आफ्नो १०१ दिनको कार्यकालमा सार्थक काम गरेको बताउनुभएको छ । आइतबार सुनसरीको इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले सय दिनको कार्यकाल सफलतापूर्वक पार गरेकोमा धेरै सार्थक काम गरेको बताउनुभयो ।उहाँले स्वास्थ्य सुधार कार्यविधि र निर्देशिका लागुदेखि सुलभ फार्मेसी सेवासम्बन्धी मापदण्ड कार्यान्वयन, निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनदेखि जलन उपचार सेवा विस्तारसम्मको काम गरेको बताउनुभयो । पार्टीका सभापति सागर दाहालसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि ‘अस्पताल स

    • प्रकाशित मितिः असार २२, २०८३
    • २५८ पटक पढिएको
  • धनकुटाको छथर जोरपाटी गाउँपालिका द्धारा आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक

    इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। ’पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। पर्यटन क्षेत्रको विकासका लागि ’पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकाला

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४५९ पटक पढिएको
  • न्यायिक पहुँच सहज बनाउन बेलका नगरपालिकामा ‘प्रत्यक्ष मेलमिलाप कार्यक्रम’ सम्पन्न

    इटहरी । न्यायिक पहुँचलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थानीय तहमा ‘न्याय सम्पादनका लागि मेलमिलाप प्रवद्र्धनमा आधारित १ दिने अन्तरक्रिया तथा प्रत्यक्ष मेलमिलाप कार्यक्रम’ सम्पन्न भएको छ । बेलका नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरपालिकाको सभा हल, रामपुरमा आयोजित कार्यक्रममा न्यायिक क्षेत्रका उच्च पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमा उत्पन्न हुने विवादलाई अदालतसम्म पुग्न नदिई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनु रहेको उदयपुर जिल्ला अदालतका मु्ख्य न्या

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३८० पटक पढिएको
  • व्यापक अनियमितता र घाटाको दलदलमा फसेको नेपाल वन निगम खारेज गर्न काष्ठ व्यवसायीको माग

    इटहरी। नेपाल वन निगम लिमिटेडलाई खारेज गर्नुपर्ने पूर्वी नेपालका काष्ठ व्यवसायीले माग गरेका छन् । डिभिजन वन कार्यालयमार्फत अधिकतम एक हजार २५० रुपैयाँ क्युबिक फिटका दरले सखुवा प्रजातिको गोलिया खरिद गरी त्यसबाट उत्पादन हुने करिब ८० प्रतिशत चिरान काठलाई चार हजार ३५० रुपैयाँका दरले सर्वसाधारण उपभोक्तालाई बिक्री गर्दै आएको निगम निरन्तर घाटामा गएपछि व्यवसायीले खारेजीको माग गरेका हुन् ।खरिद मूल्यभन्दा करिब तेब्बर बढी मूल्यमा बिक्री गर्दा पनि घाटा गइरहेको संस्था किन सञ्चालन गरिरहेको भन्दै अध्यक्ष खतिवडाले प्रश्न गर्नुभयो । तथ्याङ्क अनुसार वन कार्यालय मार्फत ए बी र सी ग्रेडका काठ क्रमशः एक हजार २५०, नौ

    • प्रकाशित मितिः असार २१, २०८३
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]